Wednesday, September 7, 2011

बाबुराम सरकारसंगै प्रचण्ड, वैद्य र पुनको परीक्षाको घडी सुरु


सपथग्रहण लगत्तै मुस्तांग म्याक्स चढेर स्वदेशी उत्पादनलाई बढावा दिने र सरकारी व्यय कम गराउने लक्ष्य लिएका डा.बाबुराम सरकारमा जानेबित्तिकै सबैमा एउटा तरंग पैदा भएको छ| कोहि बाबुरामले केहि गर्छन भन्नेमा आशाबादी छन्, त केहि बाबुरामले चाहेर मात्रै केहि गर्न सक्दैनन् प्रचण्डले गर्न दिदैनन भन्ने तर्क राख्छन, यद्यपी उनले केहि गर्दैनन् उनि पनि कान चिरेकै जोगी सरह हुन् जसरी पुराना पूर्वप्रधानमन्त्रीहरुले फोटो झुन्ड्याए त्यसैगरी जाने मात्रै हुन् भनेर अड्कलबाजी गर्नेहरु पनि नभएका होइनन| सपथ ग्रहणलगत्तै दुइ सदस्यीय मन्त्रीमण्डल गठन गरेर संबिधानसभाको मितिलाई ३ महिना लम्ब्याएका उनले केहि दिनमै मन्त्रीमण्डल पूर्ण गराउन मन्त्रालय टुक्र्याउने जस्ता कार्य पनि गरे| लगत्तै शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन क्यान्टोनमेन्टका लडाकुका हतियार भण्डारण गरिएका कन्टेनर चाबी बिशेष समितिलाई बुझाएर महत्वपुर्ण कदम चाल्नुका साथै सैनिक कमाण्डरलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिए| जसबाट उनि पार्टीमा वैद्य खेमाका लागि बिरोधको बिषय बने भने जनता र केहि बुद्धिजीवीहरु भनाउदाहरुको माझमा सैनिक कमाण्डरलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर देशलाई कता लैजान खोज्दै छन् भन्ने बिषयको बहसमा चर्चाका पात्र बने|

अब डा. भट्टराईमाथि बिश्वास गर्नेहरुले भट्टराईले केहि गर्छन भन्ने ठुलो सपना बुनेका छन् तर भट्टराई एक्लैले केहि गर्न सक्दैनन्| अहिले भट्टराई सरकारका अगाडी थुप्रै बाटोहरु छन् भने थुप्रै कठिनाई हरु पनि छन्| क.प्रचण्ड बाबुरामलाई प्रधानमन्त्री भएको देख्न चाहदैनथे तर जनताको बिश्वास जितिसकेका उनलाई अन्य दलहरुबाट पनि समर्थन हुने र भारतले पनि केहि लचकता प्रदर्शन गर्ने देखेपछि क.प्रचण्डले बाबुरामलाई असक्षम बनाउन यो तिन/चार महिना गरि खाओस न त भन्ने हेतुले बाबुराम लाई प्रधानमन्त्री हुन दिएको विश्लेषण गर्नेहरुमझ डा.भट्टराई सरकारलाई क.प्रचण्डले समर्थन गरेर शान्ति प्रक्रिया र संविधान निर्माणलाई मंग्सिर १४ सम्ममा टुंगो लगाउने चुनौती देखा परेको छ|

यसै पनि कांग्रेस र एमाले जस्ता दोश्रा र तेस्रा ठुला दलहरु प्रतिपक्षी भएको अवस्थामा शिविरका हतियारका कन्टेनरहरुका चाबी बिशेष समितिलाई बुझाउने निर्णय गराएर कार्यान्वायन गराउने बित्तिकै देखि वैद्य खेमाले उनको बिरोध सुरु गरिसकेको अवस्था छ| एकातिर दोश्रा र तेस्रा ठुला दलहरु प्रतिपक्षमा छन् भने अर्कातिर आफ्नै पार्टीबाट असहयोग र विरोध सुरु भएको अवस्थामा भट्टराई सरकारलाई कम गर्न हम्मेहम्मे पर्ने निश्चित छ| स्वच्छ छवी भएका र जनताको बिश्वास जित्न सफल भएका भट्टराईको प्रधानमन्त्रीत्वमा बनेको सरकारमा मधेशका मुद्धालाई पुल बनाएर राजनीतिमा लागेकाहरु पनि परेका छन् जसले भट्टराई सरकारको स्वच्छ छविमाथि प्रश्नचिन्ह खडा गर्न नसक्ला भन्न सकिन्न| त्यसैले भ्रष्टाचारमा विद्यावारिधि गरेका यी महारथिहरुलाइ इन्जिनियरिंगमा विद्यावारिधि गरेका बाबुरामले ‘भ्रष्टाचार गर्नु महापाप’ हो भन्ने बुझाउन सक्नु पर्छ जुन कार्य अत्यन्तै कठिन र लगभग असम्भव नै छ|

सैनिक कमाण्डरलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकाले बर्षमानले हतियारमा लगानी गर्ने हुन की देशबिकाशमा गर्ने हुन् भन्दै भट्टराई सरकारको आलोचना गर्नेहरुलाई भट्टराई र बर्षमानले देखाउनु छ कि बर्षमानको अर्थनीति कस्तो छ? डा, र वैद्यको झगडाले देशलाई फेरी कता पुर्याउने हो भन्नेहरुलाई भट्टराई र वैद्य फेरी पनि मिलेर देखाउन सक्नुपर्छा जसरि प्रचण्डलाई पार्टीमा एक्ल्याउना उनीहरु मिलेका थिए| अन्य डाक्टरहरुले बिरामीको उपचार गर्थे तर डा.भट्टराईले देशको उपचार कसरि गर्लान कुन्नि?? भन्ने हरुलाई केहि गरेर देखाउनु छ भट्टराईले| त्यसैले अहिलेको समय बाबुराम भट्टराई र भट्टराई सरकारको परीक्षाको मुख्य घडी त हुदै हो साथसाथै क.प्रचण्ड, क.वैद्य र क.पुनको पनि परीक्षाको समय हो यो! त्यसैले हेर्नु छ को को उतिर्ण हुन्छन र को को अनुतिर्ण हुन्छन यो परिक्षामा??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |