Monday, August 15, 2011

नसुध्रने पागल प्रेमीहरु र नचेत्ने पागल प्रेमिकाहरु

प्रेम यस्तो सम्बन्ध हो जसलाई कसैले पनि अहिलेसम्म सबैलाई चित्तबुझ्दो गरि परिभाषित गर्न सायदै सकेका होलान | प्रेम भन्नाले कस्तो सम्बन्ध बुझिन्छ भनेर पनि परिभाषित गर्न सायदै सम्भव हुन्छ | अहिले प्रेमलाई बुझ्ने युवाजमातले खाली प्रेमी र प्रेमिका बिचको सम्पूर्ण खाले सम्बन्धलाई नै प्रेम मान्छ |

तर प्रेमको परिभाषा सिमित र परिभाषित गर्न सकिने खालको भने अवश्यै पनि छैन | प्रेम व्यक्तिगत र नितान्त व्यक्तिगत कुरा हो यद्यपी यदाकदा समाचारमा छाइरहने बिषय पनि हो यहि प्रेम | प्रेमलाई समाचारमा ल्याउन मुख्य भूमिका खेल्ने दुइ किसिमका पत्रहरु हुन्छन ति न कुनै सकारात्मक हुन्छन न त कुनै नकारात्मक नै ति हुन्छन त केवल पुलिंगी वा पुरुष(प्रेमी) र स्त्रिलिंगी वा महिला(प्रेमिका)|
Hatred ever kills, love never dies. Such is the vast difference between the two. What is obtained by love is retained for all time. What is obtained by hatred proves a burden in reality for it increases hatred.

प्रेमी र प्रेमिका बिचको असमझदारी, झगडा वा रिस र डाहाले नै प्रेमलाई प्राय: समाचारमा ल्याउन मुख्य भूमिका खेल्छ | जसको पछिल्लो उदाहरण बनेका छन् लण्डनमा बसोबास तथा पढाई गरेर आएका पागल प्रेमी सुवास उप्रेती | उनले पनि केहि पुराना अभियुक्त जस्तै युवतीको अपरहण पश्चात हत्या गरि फिरौतीको लागि बार्गेनिंग गरेका थिए |

तर फिरौती असुल्न भने उनि असफल भए | चाहे ख्याती प्रकरण होस् वा त रोजी प्रकरण वा अन्य कुनै प्रकरण समाजमा हुने अपराधमा पागल प्रेमी र पागल प्रेमिकाको कारणले समाजमा अपराध बढिरहेको यो पंक्तिकार ठहर गर्दछ |

तर अचम्म यो समाजमा समाचार सुन्ने वा पढ्ने र त्यसलाई मनन गरि आफूलगायत आफ्ना साथी वा दाजुभाई दिदीबहिनी छोराछोरीहरुलाई निगरानीमा राख्ने तथा सहि बाटोमा हिड्न उत्प्रेरित गर्ने मानिस छैनन् जस्तो छ | नत्र यस्तो घटना बारम्बार घट्दा घट्दै र समाचारमा आइरहदा रहदै किन प्रेमिकाहरु अन्धो भएर प्रेमिहरुसंग दिनरात नभनिकन लहसिएर हिड्छन, किन ख्याती वा रोजी आफु हुन सक्ने बारेमा सोच्दैनन्?

कुरा आजको हो जब मा कार्यालयबाट घर फर्कदै थिए तब दुइजना मस्त लड़किहरु दुइ जना ट्यापे पाराका केटाहरुसंग मस्केर बसिरहेका थिए | छनलाई त उनीहरु बसभित्र थिए तर उनीहरुको हर्कत देख्दा लाग्थ्यो कि उनीहरु पब्लिक बसमा होइनन कुनै क्याफे वा कुनै पार्क अथवा आफ्नै प्राइभेट कारभित्र थिए | उनीहरुलाई देख्दा लाग्थ्यो यिनीहरु पनि कुनै दिन रोजी वा ख्याती हुन बेर लाउदैनन |

अरे यार! अचेलका महिलाहरु पनि बुझिनसक्नुका छन् बा! उनीहरुको शरीर चाही देखाउने पर्ने त्यस्तो के रहेछ बरु मछिन्द्रनाथको भोटो ठुलो हुन्छ होला ति केटीहरुको कपडा त्यो भन्दा छोटो र सानो हुन्छ | हामीलाई सानातिना कट्टु लगाउदा पनि लाज लाग्छ तर यी महिलाहरुलाई भने पाए देखि अन्डरवयर मात्र लाउन पाए अझ खुसि होलान जस्तो पो छ त बा! खैर यी त भए केटीहरुका स्वभाव |

प्रेमको नाममा हुने विकृतिमा जति दोष पुरुषको हुन्छ उति दोष महिलाको हुन्छ, जति दोष प्रेमी-प्रेमिकाको हुन्छ उति नै दोष प्रेमी-प्रेमिकाका बाबु-आमाको पनि हुन्छ भन्ने यो पंक्तिकारको ठहर छ | यद्यपी प्रेम आफैमा पबित्र र व्यक्तिगत कुरा हो तर पनि कहिलेकहिँ रोजी महर्जनको अन्धो प्रेम र सुवास उप्रेतीको धोकालाई सम्झने हो भने त प्रेमदेखि नै घृणा लगेर आउँछ |

यद्यपी यसो भन्दैमा प्रेम नै नगर्नु भन्ने मेरो तर्क होइन तर प्रेम गर्दा र डेटिङ्ग जाँदा केहि कुरामा केहि ख्याल गर्ने हो भने रोजी महर्जन हुनबाट जोगिन केहि सम्भव हुन्छ भन्ने मात्रै मेरो मान्यता हो | प्रेम गर्दा र डेटिङ्ग जाँदा निम्न कुराहरुमा मात्रै ख्याल गरे पनि केहि हदसम्म राम्रो हुन्छ भन्ने पंक्तिकारको ठहर हो |

१. आफ्नो प्रेमी वा प्रेमिकाको आचरण कस्तो छ ? उसको पारिबारिक धरातल कस्तो छ र उ कस्तो पृष्ठभूमिको मान्छे हो?

२. आफुलाई उसले साच्चै प्रेम गर्छ/गर्छे वा समय कटाउने मेलो मात्रै बनिरहेको छ/छे!

३. उसले भेट्न बोलाउंदा कस्तो ठाउँमा बोलाउँछ/बोलाउंछे?? एकान्तमा भए सकेसम्म जाँदै नजानु वा जनै परेपनि साथी लिएर जानु राम्रो हुन्छ |

४. उसका समस्याहरुलाई सुनिदिने, समाधान गर्ने प्रयास गर्ने जस्ता कार्यहरुबाट पनि केहि सुधार हुनसक्छ |

५. अफुहरुमा बिचमा भएको Miss understandingलाई ठुलो Issue नबनाईकन सकेसम्म चांडो भन्दा चांडो समाधान गर्ने |

हरेक दिन समाचारमा आउने हत्या हिंसाको घटना भन्दा नितान्त फरक खालका यस्ता घटना फिल्मी झैँ लागे पनि साच्चै नै समाजमा घटना सक्छ भन्ने प्रशस्त उदाहरणहरु आँखाको अगाडी हुँदा हुँदै पनि पुतलीले बत्ति खोजे झैँ नसुध्रिने पागल प्रेमी खोज्दै Dating जाने, नचेत्ने पागल प्रेमिकाहरुलाई भीरबाट खस्न लागेको गाईलाई झैँ राम राम भन्नु बाहेक काँध थाप्न जान सकिदैन भन्ने यो पंक्तिकार ठहर गर्दछ | यदि प्रेमी प्रेमिकाहरुले आफ्नो आचरणमा सुधार गर्ने र आफ्नो लवाई-खवाईमा ध्यान दिने हो भने समाजमा घट्ने यस्ता घटनालाई न्यूनीकरण गर्न मद्दत पुग्छ भन्ने यो पंक्तिकारको ठहर छ |

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |