आजको बन्दको प्रभाव बिध्यार्थिलाई बढी
सायद धेरै भएको थियो बन्द हुन छाडेको तर अहिले आएर महिना दिन बित्न नपाउदै क्रमिक रुपमा बन्द हुन थालेका छन् | आखिर यो बन्दले कसलाई फाइदा पुर्याउछ त ? बन्दकर्तालाई कि जनतालाई या सरकार वा बिदेशी कुटनीतिक संस्थाहरुका अधिकारीहरुलाई?? हुन त बन्दकर्तालाई के मतलब ? उनीहरुलाई त बन्द गर्नु जो छ तर प्रश्न गम्भीर छ | आज पनि जनजाती कि खस् क्षेत्री कुनी कुन समुहले बन्द गरेको भन्ने हल्ला भयो | हिजोसम्म त यो बन्द हुदैन भन्ने थियो तर आज एक्कासी सम्पूर्ण यातायात ठप्प भएपछी भने बन्द भएको पक्का भएको थियो | आजको बन्दको मारमा अन्य सर्वसाधारणको तुलनामा बिध्यार्थिहरु परेको देखियो | कारण थियो +२(१२ कक्षा)को अन्तिम परिक्षा यानी +२ बोर्ड परिक्षा | परीक्षार्थीहरुलाई यो परिक्षा "नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार" भएको थियो | कारण बोर्ड परिक्षा नदिउँ त आफ्नो भबिष्यको सवाल छ दिउँ भने परिक्षा केन्द्रसम्म पुग्न ४/५ बजेदेखि नै हिड्नु पर्ने बाध्यता छ | यस्तो आवस्थामा बिध्यार्थीहरुले कसरि परीक्षा दिने ? त्यत्रो २/३ घन्टाको बाटो हिडेर परिक्षा दिन जाने बिध्यर्थिले के लेख्न सक्ने आशा गर्न सकिन्छ ?? यो बिषयमा न त सरकारले कुनै चासो दिएको पाइयो न त आन्दोलनकारीहरुले नै कुनै चासो दिए | हुन त आफ्नै भविष्यको भर नभएकाहरुले अर्काको भविष्यको के वास्ता गर्थे र ! न त एउटा प्रेस परिचय पत्र नै हेर्न नजान्ने बन्दकर्ताहरुलाई नै पढाइको महत्व र बिध्यर्थिको मिहिनेतको बारेमा वास्ता हुन्छ ! त्यसैले यिनीहरुबाट उपर्युक्त कुराहरुमा ध्यानाकर्षण खोजिनु नै मुर्खता हो भन्ने यो पंक्तिकारको ठहर छ |Friday, May 13, 2011
Monday, May 9, 2011
पैसाको लागि के सम्म गर्छ मान्छेले?
साच्चै संसार स्वार्थी छ जसलाई पनि आफुलाई परेको पिर, मर्का, दु:ख, समस्या मात्रै ठुलो भयङ्कर समस्या जस्तो लाग्छ| साच्चै नढाँटि भन्नु पर्दा मलाई अनि तपाइलाई सबैलाई यस्तै हुन्छ | जसलाई पनि आफुलाई परेको समस्या भयङ्कर लग्नु स्वाभाविक हो | आखिर मानव स्वभाव नै यस्तै छ किनकि मानिस सामाजिक प्राणि हो रे जसको बुद्धि र बिबेक हुन्छ रे| खैर, यो त भयो सामान्य मानीसहरुको स्वभाव | यति सम्म कसलाई के समस्या तर जति जति समयक्रमको चक्र कुमालेको चक्र झैँ घुम्दै जान्छ उति उति समयक्रमसंगै मानिस पनि आफुलाई बिकसित र नक्कले/नक्कली बनाउदै जादै छ | यहि आफुलाई परिवर्तन गर्दै लाने क्रममा मानिसलाई विभिन्न किसिमका समस्याहरु आउछन| जब मानिसहरुलाई समस्या आउन थाल्छन यसक्रममा सबै समस्याको समाधान गर्ने एउटै मात्र मानब निर्मित यस्तो बस्तु हो पैसा! हजुर पैसा नै एउटा यस्तो बस्तु हो जसमा सबै कुराको समाधान लुकेको हुँदो रहेछ र त पैसाकै निम्ति यो संसारका मानिसहरु दिन-रात, भोक-प्यास, थकाई, निन्द्रा आदिको मायाँ मारेर काम गर्छन| या त्यो काम राम्रो र सहि मार्गको होस् वा गैर कानुनी, २नम्बरी र काला काम नै किन नहोस्। मान्छे जस्तो सुकै काम गर्न पछी नपर्दो रहेछ केवल पैसाकै निम्ती। नत्र न त यहाँ नेता भनाउदा रक्तपिपाशुरुपी मान्छेले जनता सँग झुटो बोल्थे न त कर्मचारीले कार्यालयलाई छल्थ्यो न त यो समाजमा भ्रस्टाचार र कुकर्मको बिउ रोपिन्थ्यो।
Labels:
Money,
New Constitution,
Politics
Thursday, April 28, 2011
प्रहरीद्वारा पक्राउ गरिएका कुख्यात डन चरीलाई छुटाउन एमाले नेता तथा कार्यकर्ताको लबिंग
चरीलाई छुटाउनकै निम्ति एमाले कार्यकर्ताहरु द्वारा राजमार्ग अवरुद्ध |
धादिंगमा १७ करोड रुपैयाँको टेन्डर मिलाएर फर्कने क्रममा पक्राउ परेका कुख्यात डन चरीलाई छुटाउन एमाले नेताहरु लागि पर्न थालेको समाचार प्रकाशमा आएको छ | कुख्यात डन चरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रधानमन्त्री झलनाथ खनालकै दलका कार्यकर्ताले पृथ्वीराजमार्ग अवरुद्ध पारेका छन्। डन चरी रिहाइको माग गर्दै एमाले कार्यकर्ताले पृथ्वीराजमार्गको मलेखु सडक खण्ड अवरुद्ध पारेका हुन्।
![]() |
| तस्बिर: कान्तिपुर |
Thursday, April 14, 2011
Wednesday, April 6, 2011
१५ करोड रुपैयाँसम्म 'अफर' आएको थियो।, भूमाफियाले स्वर्गद्वारीको स्वामित्वको ११ सय बिघा जग्गा हात पार्ने योजना बनाएछन्।
म इमानदार र निष्ठाप्रति प्रतिबद्व नभएको भए एउटै मुद्दामा १५ करोड रुपैयाँसम्म 'अफर' आएको थियो। त्यसैले यस्ता बिचौलियाले थापेको जालो चिरेर अघि बढ्नुपर्छ।
भूमाफियाले कानुनी प्रक्रिया पूरा गरेरै गुठी जग्गा हडप्दै आएका थिए। काठमाडौं महानगरको जग्गा केही रकम जम्मा गरेर रैकरमा परिणत गर्न पाइन्थ्यो। सहरमा गुठीको जग्गा किन्यो, गाउँमा भिरपाखा किनेर गुठी सारेर कौडी मूल्यमा जग्गा हात पार्ने धन्दा वर्षोंदेखि चलिरहेको थियो। विभिन्न प्रपञ्च मिलाएर गुठी जग्गा व्यक्तिले एकलौटी पार्न सक्ने तीनैवटा कानुन मैले नै खारेज गरिदिएँ।हुँदाहुँदा, भूमाफियाले स्वर्गद्वारीको स्वामित्वमा रहेको ११ सय बिघा जग्गा हात पार्ने योजना बनाएछन्। ५० बिघा राजमार्गमा जोडिने रहेछ। त्यो जग्गा जोगाइदिन पाउँदा सन्तोष मिलेको छ।
अवकासको एक महिनाअघि मंगलबारदेखि मुद्दा नहेर्ने निर्णय गरेका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले साँझ बालुवाटार निवासमा नागरिकका किरण भण्डारी र विमल गौतमलाई दिएको अन्तर्वार्ता:
न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रणमा तल्लीन हुने यहाँको प्रतिबद्धता कार्यान्वयन कस्तो रह्यो?
- मैले सकेसम्म आफ्नो वाचा व्यवहारमा उतार्ने कोशिस गरेँ। धेरै समयदेखि निष्त्रि्कय न्यापरिषद्लाई सक्रिय बनाउने कोशिस गरेँ। सर्वोच्चका न्यायाधीशहरू तपबहादुर मगर र बलराम केसीको अध्यक्षतामा छुट्टाछुट्टै जाँचबुझ समिति बनाए। ती प्रतिवेदनअनुसार सर्वोच्चकै न्यायाधीश रणबहादुर बमलाई महाभियोग लगाउनुपर्ने निष्कर्ष संसद्मा पठाइसकिएको छ।
जिल्ला र पुनरावेदनका अरू छजना न्यायाधीश पनि छानबिनका क्रममा छन्। न्यायपरिषद्मा परेको उजुरी टुंग्याउनेबारे बहाली हुँदै व्यक्त गरेको प्रतिबद्वतालाई हेक्का राखेर काम गरिरहेको छु।
कानुनमन्त्रीको कार्यव्यस्तताले परिषद् बैठक बस्न सकेको थिएन। आजै उहाँसँग कुरा गरेर सोमबार साढे १ बजेका लागि बैठक डाकेको छु। उक्त बैठकले धेरै उजुरी टुंग्याउनेछ।
न्यायप्रशासनको भ्रष्टाचार/अनियमितता नियन्त्रण गर्न धेरै कर्मचारीलाई कारबाही गरेँ। संख्या यकिन भन्न सक्दिनँ। न्यायाधीश र झगडियाबीच बिचौलिन हुन तम्सिने धेरैको सुरु कारबाहीस्वरूप दुर्गम र अपायक सरुवा भएको छ।
- भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सम्पत्तिको रक्षामा बढी केन्द्रित भएँ। सर्वोच्चका न्यायाधीशलाई फौजदारी, रिट र देवानी समूहमा बाँडिएको हुन्छ। मेरा पूर्ववर्तीहरू नबस्ने गरेको फौजदारी समूहमा रहेर भ्रष्टाचार मुद्दा हेरेँ। आगामी दिनमा न्यायालय भ्रष्टाचार मुद्दामा अग्रसर होस् भनेर भावी प्रधान न्यायाधीश खिलराज रेग्मीलाई पनि फौजदारीमै सँगै राखेँ।
हामीले नै पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको मुद्दा फैसला गर्यौँ। विशेष अदालतले जिताइदिएको भ्रष्टाचारका अरू मुद्दामा पनि झगडिया झिकाउने आदेश गरिदिएको छु। ठूलाठूला मुद्दा हेर्न प्रधानन्यायाधीश आफैँ कस्सिनुपर्छ भनेर मैले कुनै हिच्किचाहट गरिनँ।
सरकारमा बसेकाले मात्र होइन, संवैधानिक निकायले समेत अख्तियार दुरुपयोग गरेको देखियो। जिल्लादेखि सर्वोच्चसम्मबाट मुद्दा हारेर २/२ पटक जग्गा दर्ता गर्न असफलले अख्तियारका पदाधिकारीलाई हात लिएछन्। आनाको ४० /५० लाख रुपैयाँ पर्ने जग्गा व्यक्तिका नाममा बनाउन अख्तियारले निर्णय गरेछ।
निर्णय प्रस्ताव टाइपसमेत नगरी हातले लेखिएको छ। सचिव/सहसचिवले आयोगमा फाइल पेस गरेका समेत छैनन्। घर जाने बेला आयुक्तजस्तो जिम्मेवार पदमा बसेका आफैँ सक्रिय भएर निर्णय गरेको देखियो। अख्तियारमा विकृति, विसंगति, दुरुपयोग पनि चरम भएको रहेछ। त्यसैले आफ्नै बेन्चमा राखेर कारबाही गर्नुपर्यो भनेर फैसला गरिदिएको हुँ।
Labels:
Government Officers,
Law Commission,
Money
Tuesday, March 29, 2011
S .L.C., चिट, अनि विध्यार्थी सभासद अनि भ्रष्टाचारी नेता तथा मन्त्रिज्यूहरु !!
२/४ दिन अघिसम्म एउटा खबरले मार्केट निकै तातेको पाइयो | खबर थियो लौ अब S .L.C. आयो रे ! अनि यसपालिको S .L.C.मा चाही चिट चोर्न नदिन र नक्कली परीक्षार्थीलाई परीक्षा दिन बाट बन्चित गराउन निकै कडाई गरिएको छ रे भन्ने हल्ला खुब सुनियो | फेरी हिजो अस्ति भर्खर नयाँ हल्ला सुनियो कुनी कुन पार्टी बाट सभासद बनेकी बिध्यार्थी माननीयज्यूले आफ्नै छोरीलाई परीक्षा दिन लगाइरहेको अवस्थामा फेला पारियो त्यस्तै विदेश गएका बाउको परीक्षा दिंदा दिंदै छोरालाई पक्राउ गरियो | त्यस्तै ठुलो परिमाणमा चिटहरु परिक्षा केन्द्रहरु बाट बरामद गरियो | यति हुँदा हुँदै पनि खै कसलाई गरियो कारबाही न बिध्यार्थी सभासद जो छोरीलाई परीक्षा दिन लगाउछिन लाई कारबाही गरियो न उनकी छोरीलाई नै | अनि न त खुल्लम खुल्ला चिट चोराउने केन्द्राध्यक्षलाई नै कारबाही भएको खबर आएको छ | यो कसको कमजोरी त सरकारको, प.नी.का.को वा S .L.C. पास नगरी सभासद बनाउने पार्टीको या अरु कसैको ?? जवाफ को संग छ ?Thursday, March 24, 2011
जय लोडशेडिंग! जय S.L.C.!
यो लोडशेडिंगले आफ्नो ब्लगलाई सहिद बनाउनै लागेको बेलामा फेरी S.L.C. आएछ त्यै भएर लोडशेडिंग पनि दुइ घण्टा घट्यो रे !! हेर त कति जानेका अपराधीकरणका अधिकारी (अपराधि)हरुले पनि बहाना त!! साला हाम्रो देशमा २ घण्टा त अनाबश्यक लोडशेडिंग भैरहेको र'छ नि त नत्र त अपराधीकरणले दुइ घण्टा लोडशेडिंग घटाउन भुत्राको सक्नु !! अझ गफचाही उनीहरुकै ठुलो भन्छन विद्यार्थीको भविष्यलाई मध्यनजर गरेका रे !! यो नेपालको प्राधिकरण त अपराधीकरण नै हो हामीले S.L.C. दिंदा दिनको १६ घण्टा लोडशेडिंग हुन्थ्यो त्यो बेलामा चाही नसकेर नघटेको भन्दै १६ घण्टा लोडशेडिंग गरायो | सब विद्यार्थीलाई मैनबत्ती र टुकी बत्ति बालेर पढ्न लगायो बिहान परीक्षा दिन जाँदा नाकभरि कालो अनि कस्तो हुन्थ्यो होला हामी विद्यार्थीको हालत?? अहिले चाही नाटक गर्छ प्राधिकरण |
Labels:
Loadshedding
Wednesday, February 16, 2011
Thursday, February 3, 2011
नेता नै झल्लु देशको हालत के हुने होला?
आज भएको प्रधानमन्त्रीय निर्वाचनमा माओबादीको सहयोगमा ३६८ मत पाई बहुमतले बिजयी भएर झलनाथ खनाल"झल्लु" प्रधानमन्त्री भएका छन् | इंडियाले आफुलाई प्रधानमन्त्री बन्न नदिने पक्का हुदा हुदै पनि उम्मेद्वारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका प्रचण्ड आफ्नो पार्टीबाट बाबुराम प्रधानमन्त्री हुनुभन्दा एमालेबाट झल्लु प्रधानमन्त्री भए भने कौसीमा धोएर सुकाएको लुगासरि हल्लाउन सजिलो हुन्छ भन्ने सोच बोक्ने प्रकृतिका नेता हुन् भन्ने यो पंक्तिकारको ठहर छ | अनि आफ्नै पार्टीको नेतृत्वको सरकारलाई हटाएर आफु प्रधानमन्त्रि बन्ने झल्लु दाइको चाल पनि कम राम्रो त होइन, उता पुरानै गठबन्धन मात्रै भए पनि कायम राखेर कामचलाउ सरकारको आयु लम्ब्याएर अझै मोज गर्न साना दलहरु तथा कामचलाउ मन्त्रीहरुले गरेको प्रयास पनि कम त कहाँ हो र?? यसो विचार गर्दा पहिले सबै नेता खतम लाग्थे अब त झन् प्रधानमन्त्रि नै झल्लु अनि देशको हालत के होला?? उसै त देशको ताल P3 कम्प्युटर जस्तो ह्यांग भैरा'को बेलामा झन् झल्लु दाईको करामत कस्तो हुने हो त्यो भने हेर्न बाकी नै छ र त्यो त समयले देखाउछ पनि | सधै इंडियाले मात्रै हल्लाउने प्रधानमन्त्रिलाई हल्लाउन केहि हद सम्म पुष्पकमल दाहाल पनि अब सफल हुनेछन् | तर झलनाथ खनाललाई भने हम्मे हम्मे पर्ने लगभग निश्चित भैसकेको यो पंक्तिकारको ठहर छ, किनकि अब कहिले प्रचण्डले यताबाट तर्साउने त कहिले उता दिल्लीबाट थ्रेट आउने अनि झलनाथ खनाल चाही इंडिया र चीनको बिचको नेपाल जस्तै हुने पक्का भैसकेको छ |
सबै दलका प्रधानमन्त्रीको चाला देखिसकेका हामीलाई अब अनुमान लगाउन गार्हो पर्दैन कि यिनी पनि कान चिरेकै जोगी हुन् र यिनको नेतृत्वको सरकारले पनि आगामी जेठ १४ भित्रै संबिधान जारी गर्न सक्दैन | हामी नेपाली जनताहरुलाई थाहा भैसकेको कुरा हो कि कुनै दलको नेता पुर्व र कुनै दलका नेता पश्चिम फर्किदा देशमा अन्तरिम संबिधानमात्रै रहने भने पक्कै छ |
अब के हुन्छ ??
सबै दलका प्रधानमन्त्रीको चाला देखिसकेका हामीलाई अब अनुमान लगाउन गार्हो पर्दैन कि यिनी पनि कान चिरेकै जोगी हुन् र यिनको नेतृत्वको सरकारले पनि आगामी जेठ १४ भित्रै संबिधान जारी गर्न सक्दैन | हामी नेपाली जनताहरुलाई थाहा भैसकेको कुरा हो कि कुनै दलको नेता पुर्व र कुनै दलका नेता पश्चिम फर्किदा देशमा अन्तरिम संबिधानमात्रै रहने भने पक्कै छ |
अब के हुन्छ ??
Labels:
New Constitution,
Politics
Thursday, January 13, 2011
धर्मको व्यापार - परिवर्तन गर्ने शक्ति
अचेल शहरमा प्रत्येक खम्बा परिवर्तन गर्ने शक्ति लेखेको ब्यानरले ढाकिएको छ, पहिले अरु विज्ञापन देखिने होर्डिंगबोर्डहरुमा परिवर्तन गर्ने शक्ति लेखिएको छ | त्यति मात्रै नभएर प्रत्येक टेलीभीजन च्यानलहरुमा समय समयमा यहि परिवर्तन गर्ने शक्तिको बिज्ञापन र कार्यक्रमहरु चल्छ | सुरुसुरुमा बेरोजगार नेपालीहरुमा यसप्रति निकै नै चासो बढेको थियो होला, मेरो पनि मनमा खुल्दुली लागेको थियो | यसो फोन नम्बर हेरेको त १६६००१३३३९९ Toll Free Number रहेछ | फोकटमा गर्न पाउने भएपछी मैलेपनि एक कल गरि हेर्ने बिचारले कल गरेको त कुरा गर्दै जादा उसले त क्रिस्चियन धर्ममा लागे सब ठिक हुने जस्तो कुरा गर्न थाल्यो बा !!!! ए बा !! छक्क पर्नु छ बा !!!! अनि अझ गम्भीर रुपमा बुझ्न उनीहरुको website हेरेको त ए बा! त्यहाँ त डाक्टरले नै डाक्टरले पनि उपचार गर्न नसकेको बिरामीलाई प्रभु येसुले ठिक गरिदिनु भयो भनेको रहेछ यस्ता अन्य भनाइहरु त कति हो कति मर्न लागेको बिरामीलाई धर्म परिवर्तन गरेर क्रिस्चियन हुने बित्तिकै निको भयो रे अनि अरु अरु के के हो के के ???
Subscribe to:
Posts (Atom)









