Tuesday, May 31, 2011

रक्सी र मासु (छोटकरि महात्म्य)

एउटा गीतमा राजु लामा भन्थे "नतानुँ त तानुँ लाग्ने तानेपछी मात्ने, मातेपछी जताततै लडिबुढी खेल्ने के गरुँ रक्सीको जातै यस्तो हो! यो जँडियाको जातै यस्तो हो।" साच्चै यो रक्सी भन्ने चिज पनि अचम्मको रहेछ। गीत देखी प्रितसम्म पनि यस्को महात्म्य सानो होइन। कारण गीत गाउने गायक फिल्ममा प्रित लाउने नायकसम्मले त्यही रक्सी नै पिएको देख्न सकिन्छ। केही...

Sunday, May 29, 2011

सुन्दर बन्द

--प्रकाश आस्था  वास्तवमै सुन्दर छ बन्द! नेपालको 'राष्ट्रिय बाह्रमासे पर्व' बन्द रमाइलो छ। के कर्मचारी, के विद्यार्थी, के गुरु, के चेला, के राजासाब, के माड्साप, के गुरुजी, के खलाँसी, के साहुजी, के बाबुजी सबैको हितकारी छ यो बन्द। जसरी तीतै भएपनि करेला स्वास्थ्यको लागी अत्युत्तम तरकारी हो, उसैगरी लफडायुक्त भए पनि सर्वजन हितकारी छ बन्दवाण। स्वतन्त्रता, शान्ति, लोकतन्त्र, मानवअधिकार, संविधान, गणतन्त्र, स्वशासन र विकासका...

Tuesday, May 17, 2011

उपनामको खोजीमा

मान्छे साँच्चै अचम्मको प्राणी हो जसलाई आफुसंग भएको भन्दा नभएको बस्तु चाहिन्छ | जुन चिज आफुसंग छ त्यो चिज महत्वहीन बन्न पुग्छ भने जे चिज आफुसंग छैन त्यै चाही महत्वपुर्ण हुन पुग्ने रहेछ | त्यस्तै आवस्था बाट अहिले म आफै गुज्रिरहेको छु ! किनकि मलाई मेरो इमेल नहुन्जेल इमेल बनाउने ठुलो इच्छा थियो इमेल बनेपछि बिस्तारै इन्टरनेटको दुनियामा प्रवेश...

Monday, May 16, 2011

थपौँ थपौँ संबिधानको मिती ! जे सुकै होस हामीलाई यत्रै सित्ती !!

खेर गए जान्छ जनताको रगत र पसिना थपौँ थपौँ संबिधानको मिती ! हामीलाई त भत्ता आउछ जस्ले जे भनोस, जे गरोस् हामीलाई यत्रै सित्ती !! जनता आखिर भेडा नै हुन हाम्रै पछी आउछन ! एउटा सरकारी जागिर पाउन पनि हामीकैमा  धाउछन !! संबिधान सभा छऊन्जेल त हाम्रो पनि मानै ठुलो ! कुट्नितिक राहदानी बेचेर इज्जतमा मिसाए पनि धुलो !! जनताले मानेकै छन...

Friday, May 13, 2011

बन्द के र कसका लागी ?? नेपाली चढ्न नपाउने सडकमा विदेशीलाई खुल्लम खुल्ला यातायात...

आजको बन्दको प्रभाव बिध्यार्थिलाई बढी  सायद धेरै भएको थियो बन्द हुन छाडेको तर अहिले आएर महिना दिन बित्न नपाउदै क्रमिक रुपमा बन्द हुन थालेका छन् | आखिर यो बन्दले कसलाई फाइदा पुर्याउछ त ? बन्दकर्तालाई कि जनतालाई या सरकार वा बिदेशी कुटनीतिक संस्थाहरुका अधिकारीहरुलाई?? हुन त बन्दकर्तालाई के मतलब ? उनीहरुलाई त बन्द गर्नु जो छ तर प्रश्न गम्भीर छ | आज पनि जनजाती कि खस् क्षेत्री कुनी कुन समुहले बन्द गरेको भन्ने हल्ला भयो | हिजोसम्म...

Monday, May 9, 2011

पैसाको लागि के सम्म गर्छ मान्छेले?

साच्चै संसार स्वार्थी छ जसलाई पनि आफुलाई परेको पिर, मर्का, दु:ख, समस्या मात्रै ठुलो भयङ्कर समस्या जस्तो लाग्छ| साच्चै नढाँटि भन्नु पर्दा मलाई अनि तपाइलाई सबैलाई यस्तै हुन्छ | जसलाई पनि आफुलाई परेको समस्या भयङ्कर लग्नु स्वाभाविक हो | आखिर मानव स्वभाव नै यस्तै छ किनकि मानिस सामाजिक प्राणि हो रे जसको बुद्धि र बिबेक हुन्छ  रे| खैर, यो त भयो सामान्य मानीसहरुको स्वभाव | यति सम्म कसलाई के समस्या तर जति जति समयक्रमको चक्र ...