Monday, October 31, 2011
लाज नभएकाहरु, क-कसले देश र जनता लुट्दै छन्??
Friday, October 28, 2011
Thursday, October 27, 2011
गोबर्द्धन पुजा (हल तिहार)
सामान्यतय: तिहारको चौथो दिन पर्ने गोबर्द्धन पुजा कृष्णले सारा पृथ्वीको रक्षा गर्न र इन्द्रलाई पाठ पढाउन गोबर्द्धन पहाडको पुजा गरेको र इन्द्रले असिना पनि परेर सर गोकुलबासिलाई दुखबाट बचाएको र इन्द्रलाई पराजित गराएको उपलक्ष्यमा मनाइदै आएको बिश्वास गरिन्छ | यस दिनमा बर्षभरी खेतबारीको काममा प्रयोग गरिने गोरुको पनि पुजा गरि पिठो लगायतका खानेकुराहरु दिइन्छ| त्यसैले यस दिनलाई गोरु पुजा(हल तिहार) पनि भनिन्छ | यस दिनमा केटा मान्छेहरु देउसी खेलेर रमाइलो गर्छन | भने केटि मान्छे(आइमाई)हरु चाही भाइटीकाको तयारीमा ब्यस्त हुन्छन|

Labels:
Our Festivals
Wednesday, October 26, 2011
लक्ष्मी पुजा (गाई तिहार)
सामान्यतय: तिहारको तेस्रो दिन पर्ने तिथि/पर्व हो लक्ष्मी पुजा जसमा गाईलाई पनि पुजा गरिने हुदा गाई यस दिनलाई गाई पुजा पनि भानिन्छ| लक्ष्मी पूजा
गरेर वर्षा भरि आर्थिक आभाव नहोस भनि माताजी संग प्रार्थना गरिन्छ | खुसि
खुसि बाच्न सकौं भनेर मनाइने यस पर्वले हामीलाई “तमसो मा ज्योतिर्गमय” को
आवास दिन्छ | जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा
प्रवेश गर्न सकौं भन्ने संदेश यस पर्बले दिएको हुन्छ | यसै दिनलाई भारतमा दिपावली र दिवालिको रुपमा पनि ब्याख्या गरिन्छ | तर दुबैतिर धनकी देवी लक्ष्मीको पुजा गरेर र दिपावली गरेर मनाइन्छ| अभाव ग्रस्त जीवनलाई
परिपूर्ण बनाएर आत्म ज्योतिको दिब्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने
संदेश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला |
Labels:
Our Festivals
जन्मदिनको शुभकामना लक्ष्मी प्रसाद देवकोटाज्यू!
नेपाली भाषाका महाकवि लक्ष्मी प्रसाद देवकोटाको मृत्यु भएको बर्षौ बितिसके पनि उनको भौतिक शरीर मात्र मरेको र उनका कृतिहरुमा उनि जीवन्त रहेका छन्| त्यसैले भन्न मन लग्यो जन्मदिनको शुभकामना लक्ष्मी प्रसाद देवकोटाज्यू!
लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तिको अवसरमा मलाई मन परेको मध्येको एउटा उनको कृति पागल शिर्षकको कविता पढ्नुहोस् |
लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तिको अवसरमा मलाई मन परेको मध्येको एउटा उनको कृति पागल शिर्षकको कविता पढ्नुहोस् |
देशमै भए तिहारमा
-नील खड्का
देशमै भए तिहार राम्रो, ठान्थेँ म पनि !जस्तै भए नि खुसीसँगै, मान्थेँ म पनि !!
मूल घरमा बेग्लाबेग्लै, खाल जम्दाखेरि !कौडा समाइ एउटा दाउ, हान्थेँ म पनि !!
तिहारमा जुवा खेल्ने, चलन नै हो भन्छन् !
हारे फिस्स जिते पैसा, तान्थेँ म पनि !!
गाउँघरका मिल्ने साथी, सबै भेला पारी !नाच्दै नाच्दै देउसी खेल्न, जान्थेँ म पनि !!
पल्लाघरका कान्छादाइको. भाका कति मीठो !
भट्याउन उनै दाइलाई, लान्थेँ म पनि !!
Labels:
Guest Column,
Literature
Tuesday, October 25, 2011
Kukur tihar
The second day is called 'Kukur tihar', dogs day. A dog plays many roles
in our society. We have dogs in our houses as guardian of the house. As
the legend also says that there is a dog at yama's gate guarding the
gate to the underworld. The dog is also the steed of the fearful
Bhairab, the god of destruction. So on this day a big red tika is put on
a dog's forehead and a beautiful garland around the neck. After
worshipping the dog, it is given very delicious meal. This day the
saying 'every dog has his day' comes true; for even a stray dog is
looked upon with respect. We pray to the dog to guard our house as he
guards the gate of the underworld and to divert destruction away from
our homes. On this day you can see dogs running around with garlands on
their neck.
Labels:
Our Festivals
Monday, October 24, 2011
Sunday, October 23, 2011
हाम्रो चाडपर्व र भूत साहित्य
अबदेखि हामीले हाम्रो चाडपर्व(Our Festivals) र भूत साहित्य(Super-Natural Stories) गरि दुइवटा नयाँ स्तम्भहरु थप गरेका छौं| जस अन्तर्गत हाम्रो चाडपर्व(Our Festivals) स्तम्भमा हामीले हाम्रा चाडपर्वहरुको बारेमा जानकारी दिने गर्छौं| जसमा तपाईहरुको सहयोग पनि पाउने आशा गर्छौं| त्यस्तै भूत साहित्यअन्तर्गत समाजमा घटेका, सुनेका, केहि भोगेका, केहि देखेका भूतका कथाहरु, घटनाहरुबारेमा लेख्ने कोशिस गर्ने छौं| तपाईहरुसंग पनि यस्ता लेखहरु तथा रचनाहरु छन् भने हामीलाई तपाईको रचनाहरु हामीलाई मेल गर्नुहोस| हाम्रो मेल ठेगाना हो merothinking@gmail.com
Labels:
आफ्नै कुरा
Thursday, October 20, 2011
Libyan leader Muammar Gaddafi Killed [With Video]
लिबियाका शाषक मुहम्मर अल गद्दफिलाई गोलि हानी हत्या गरेको खबर यत्र, तत्र, सर्वत्र फैलिएको छ| उनको मृत्युमा कयौ खुसि छन् त कयौ दुखि पनि छन्| भन्नलाई बिद्रोहीहरुले हत्या गरेका भनी पनि यो हत्यामा अमेरिकाको पनि प्रत्यक्ष्य वा परोक्ष्य रुपमा हात रहेको कुरालाई नकार्न सकिन्न| आफ्नै गृहनगर सिर्टे जहाँ उनको जन्म भएको थियो,मा भूमिगत अवस्थामा रहेका गद्दाफिलाई गोलि हानी हत्या गरिएको पुष्टि अल्जजिरा टेलिभिजन तथा BBC लगायतका संचारमाध्यमहरुले गरेका छन्|
See how was Gaddafi taken out before Killed
हुसैन देखि गद्दाफीसम्म आइपुग्दा अमेरिका
Labels:
News and Views
Monday, October 3, 2011
बडादशैं २०६८ शुभ होस् | शुभकामना दशैंको ....
![]() |
| बडादशैं २०६८को हार्दिक मंगलमय शुभकामना |
Labels:
Festival
NCELL-Here to loot Nepal
![]() |
| NCELLको रिचार्ज कार्ड जति देखिएको हो त्यतिमै बेच्नुपर्ने कार्डलाई उपभोक्ता ठगेर बेच्ने गरिन्छ, गल्ति कसको?? |
Labels:
NCELL,
Science and Technology
परदेशीको दशैं
--नील खड्का
यसपल्ट त्यस्तै भयो, आउने आशा मार्नु होला !
टीका लाउने साइतमा, फोटो पर सार्नु होला !!
कहिले आँसु कहिले हाँसो, यस्तै रै'छ जिन्दगानी !
हुन्न जित सधैंभरि, यस वर्ष हार्नु होला !!
याद आउला घरिघरि, कोठा मेरो रित्तै देख्दा !
भुल्नू मलाई दसैंभरि, बरु कोठा बार्नु होला !!
नदुखाउनु चित्त धेरै, बाँचे आउँला अर्को दसैं !
पराइले देख्लान् फेरि, लुक्दै, आँसु झार्नु होला !!
पाइन मैले अहिलेको साल, दसैं खर्च पठाउन !
ऋणसापट गरेर नि, दुःख सुख टार्नु होला !!
यसपल्ट त्यस्तै भयो, आउने आशा मार्नु होला !
टीका लाउने साइतमा, फोटो पर सार्नु होला !!
कहिले आँसु कहिले हाँसो, यस्तै रै'छ जिन्दगानी !
हुन्न जित सधैंभरि, यस वर्ष हार्नु होला !!
याद आउला घरिघरि, कोठा मेरो रित्तै देख्दा !
भुल्नू मलाई दसैंभरि, बरु कोठा बार्नु होला !!
नदुखाउनु चित्त धेरै, बाँचे आउँला अर्को दसैं !
पराइले देख्लान् फेरि, लुक्दै, आँसु झार्नु होला !!
पाइन मैले अहिलेको साल, दसैं खर्च पठाउन !
ऋणसापट गरेर नि, दुःख सुख टार्नु होला !!
Labels:
Festival,
Guest Column,
Literature
Subscribe to:
Comments (Atom)















