भर्खरै मात्रै नेपाली(बिशेष गरि हिन्दु महिलाहरुको) महान चाड तीज सकिएको छ | तर सधै भन्दा यसपालिको तीजमा संस्कृति जोगाउने भन्दा पनि बिगार्ने प्रतिस्पर्धात्मक बिकृति भित्रिएको मेरो आफ्नै अनुभव छ | मैले जाने बुझे सम्म तीज महिलाहरुले आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बसेर मनाउने पर्व हो | अनि तीजमा दर खाने प्रचलन पनि तीजसंगै जोडिएर आउने प्रसङ्ग हो भने तीजमा रमाइलोको लागि गरिने गीत-नृत्य पनि संगै जोडिएर आउने प्रसंगहरु हुन् | तर अचेल यस्तो बिकृति भित्रिएको छ कि तीज आउन एक महिना बाँकी हुदा देखि नै यहाँ तीजको दर खाने प्रसङ्ग सुरु भैसकेको हुन्छ त्यो पनि घरमा हो र 5 STAR होटेल अनि Party Palaceहरुमा | अनि ति ठाउँमा छरपस्ट हुन्छ नेपाली चेलीको हिन्दी गीतमा कट्टु/जिन्स अनि टिसर्टको नृत्य | यस्ता सार्वजनिक ठाउँमा नै एक महिना अगाडी देखि तीज मनाउने नाममा यस्तो गरेपछि के हुन्छ चाडपर्वको महत्व अनि के हुन्छा हाम्रो संस्कृति ??
Monday, September 13, 2010
Friday, September 10, 2010
कांग्रेसका युवा उम्मेदवार नै बूढा
नयाँ पत्रिका
काठमाडौं, २४ भदौ
सबैभन्दा बढी युवा उम्मेदवार खडा भएको भनिएको कांग्रेसको १२औँ महाधिवेशनका सबैजसो 'युवा' ४५ नाघेका छन् । युवाको विश्वव्यापी मापदण्डलाई पार गरिसकेका कांग्रेसका नेताले आफूलाई युवानेताको दाबी गर्दै पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।
युवाका नाममा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्ने अधिकांश नेता विश्वव्यापी मापदण्डमा 'युवा' पर्दैनन् । युवा नेताको रूपमा चर्चामा रहेका हृदयराम थानी ५०, बालकृष्ण खाँण ५३, नारायण साउद ४८, अजयकुमार चौरसिया ४६, धनराज गुरुङ ४५, गगनकुमार थापा ३५, विश्वप्रकाश शर्मा ३९, बालकृष्ण दाहाल ४०, महेन्द्र यादव ४७, नवीन्द्रराज जोशी ४४, रामकृष्ण यादव ४९, शोभाकर पराजुली ५२, उमा अधिकारी (रेग्मी) ५६, रामहरि खतिवडा ४१, मित्रसेन दाहाल ४९, किशोरसिंह राठोर ४५, शंकर भण्डारी ४७, प्रदीप पौडेल ३४, सुरेन्द्र पाण्डे ४६ उमेरका छन् ।
Sunday, September 5, 2010
नेपाली चाही मान्छे होइनन?, किन सधै किरा र लेदो बेच्छ डाबर नेपाल ?? अनि किन चुप लाग्छ नेपाल सरकार ??
आज फेरी काठमाण्डुंमा रियल जुसमा लेदोलगायत अखाध्य बस्तु पाइएको भन्दै उपभोक्ता संरक्षण मंचले फेरी रियल जुसको बिक्रि वितरणमा नै प्रतिबन्ध लगाउन माग गरेको छ यसका साथै रियल जुस बिक्रि नगर्न र उपभोग नगर्न ब्यापारी तथा उपभोक्ताहरुलाई पुन आह्वान गरेको छ | योभन्दा अगाडी पनि ५/६ ठाउँमा रियल जुसमा अखाध्य बस्तु पाइएको र यसकै कारणले पोखरा लगायत १/२ ठाउँमा पासलाई भन्दा भएको खबर पनि प्रकाशनमा आएको थियो अनि उपभोक्ता संरक्षण मंचले रियल जुसको बिक्रि वितरणमा नै प्रतिबन्ध लगाउन माग गर्नुका साथै रियल जुस बिक्रि नगर्न र उपभोग नगर्न ब्यापारी तथा उपभोक्ताहरुलाई आह्वान गरेकै थियो | यसै बीच संसदमा भने रियल जुस प्रतिबन्धित भएको समाचार आएको थियो| सबैले सोचेका थिए होलान अब रियल जुस उत्पादक डाबर नेपाललाई कारबाही होला |
Labels:
Dabur Nepal,
Politics
Saturday, August 28, 2010
सपना त्यसै गर्भमा नै तुहिने भो
खोलो तर्यो लट्ठी बिर्स्यो भने झै पद पाऊन र सत्तामा पुग्न जनता सामु भोट माग्न जाँदा अनेक सपनाहरु देखाउने नेताहरु चुनाबमा बिजयी भएपछी विभिन्न बाहाना बनाएर न आफ्नो कार्यक्षेत्र पुग्छन न त्यहाँको बिकासको लागि नै के गर्छन |
माथिका कुरा त पुरानो समयमा हुने कुराहरु हुन् तर अहिले आएर यी ६०१ सभासदहरुले पनि यसै गरे | उतिखेर आन्दोलनका बेला सबै दलका मान्छे आएर निरंकुशताका बिरुद्ध लड्नु पर्छ भन्दै सबै जनताहरुलाई आन्दोलनमा हुले जसमध्ये कति सहिद भए(म यहाँ जनआन्दोलन २०६२/२०६३को आन्दोलनमा साहदत प्राप्त गर्ने हरुको कुरा गर्दै छु ) त कति घाइते भए | तेत्रो गरेर बल्ल बल्ल एउटा तानासाही निरंकुशतन्त्र ढालियो | पुरानो संबिधान जनताको भएन भनेर संबिधान सभाको चुनाव गरियो अनि चुनावमा छुट्टा छुट्टै पार्टीहरुले छुट्टा छुट्टै, को भन्दा को कम?को स्थितिमा विभिन्न सपनाहरु जनताहरुलाई देखाए | त्यै अनुसार जनताले चुनावमा जिताएर ६०१ लाई भट्ट दिए | तर आज तिनै जनताको सपनालाई भर्यांग बनाएर भट्ट कुम्ल्याएर र पचाएर मात्रै दैनिक गाइजात्रा देखाएर बसेका छन् नेताहरु | धिक्कार छ नेता अनि सभासद्ज्युहरु कमसेकम अब त अलिकति देशको लागि पनि सोच्न सिक न हौ नेताज्यू भनौदाहरु | खाली आफ्नो स्वार्थको लागि कोहि अर्काको खुट्टा तान्छन त कोहि आफ्नै दलभित्र झगडा गर्छन अनि एकले अर्काको कुरो काट्दै हिड्छन | कोहि आफ्नो स्वार्थको लागि काम नै ठप्प पारिदिन्छन त कोहि गल्तिलाई पनि मुकदर्शक भएर हेरीरहन्छन अनि कोहि चाही के के गर्छन |

New Constitution,
Politics
Wednesday, August 25, 2010
राजसंस्था २०१० भर्सन चाहियो पारसलाई !!!
नेपालको अहिलेको राजनीतिक अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?
हेर्नुस्, एउटा देश विभिन्न कुराहरू मिलेर चलेको हुन्छ। यहाँ धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको इन्ट्रेस्ट
(स्वार्थ) छ। हाम्रो सबभन्दा ठूलो कमजोरी यही होजस्तो लाग्छ। आजको परिस्थितिमा पनि अन्तर्राष्ट्रिय जगतको ठूलो खेल छ।
पछिल्लो समयमा देश र जनताले चाहेजस्तो अवस्था नहुनुमा वैदेशिक चलखेल वा हस्तक्षेप नै हो भन्ने यहाँहरूको बुझाइ हो?
हो। यस्तो परिस्थति सिर्जना गरेपछि उनीहरूले आफ्नो स्वार्थका लागि त केही गर्छन्-गर्छन्।
गणतन्त्र स्थापना र राजतन्त्र अन्त्यमा पनि वैदेशिक चलखेल, हस्तक्षेप थियो भनेर बुझ्न सकिन्छ?
अवश्य।
यसको मतलब जनता राजतन्त्र अन्त्य भएको हेर्न चाहँदैनथे भन्ने बुझौं?
म के भन्न चाहन्छु भने नेपालीलाई, नेपाली समाजलाई एकातिर लगियो त्यसबेला। नेपालीले एउटा परिवर्तन त चाहेका थिए, तर कुन प्रकारको र कस्तो परिवर्तन भन्ने नेपालीलाई नै थाहा थिएन।
जनताले चाहेर राजसंस्था अन्त्य भएको होइन भन्नुभएको?
होइन, जनताले त्यसबेला परिवर्तन चाहेका थिए, तर जनचाहनाले होइन, विदेशी खेलबाट त्यो परिवर्तन भएको हो।

Tuesday, August 24, 2010
प्रविधिलाई रोक्ने दूरसंचारको असफल प्रयास
भर्खरै मात्रै नेपाल दुरसंचार प्राधिकरणले अबैध भन्दै केहि इन्टरनेट फोन तथा यिनीहरुको साइटमाथि प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको छ | तर साइबर तथा कम्युनिकेसन ब्यबसायीहरु भने यसबाट रुष्ट भएका छन् | रुष्ट हुनुपनि एक हिसाबले ठिकै किनकि सरकारले चाही साइबर तथा कम्युनिकेसन ब्यबसायीहरुसंग कर पनि लिने अनि आफुखुसि सस्तो Account चलाउन पनि नदिने | फेरी ग्राहकलाई पनि सस्तै थियो विदेश फोन गर्न | हुन त अहिलेलाई पांच ओटा साइटमाथि मात्रै प्रतिबन्ध लगाइएको छ तर अरु साइटहरु पनि पत्ता लागे प्रतिबन्ध गराउने घोषणा गरेको छ | प्राधिकरणको यो लक्ष केवल प्रविधिलाई रोक्ने असफल प्रयास मात्रै हो किनकि उसले गर्दैमा हुने भए यो कल बाइपास पनि उहिले नै हटिसक्नु पर्ने हो तर अहिलेसम्म खै हटेको ??(हटेको भए विदेशबाट फोन गर्दा नेपालकै नम्बर नआउनु पर्ने हो ) अनि आज एउटालाई पक्रेको खबर आउछ अनि फेरी २/४ दिनपछि धरौटीमा रिहा भएको भन्ने खबर आउछ | अरु त अरु जसले यस्ता अपराधिहरुलाई पक्रिन्छ भोलि उसको सरुवा हुने हो कि जागिर जाने हो था' हुन्न | अनि केहि नभए पनि अपराधीहरुलाई छोडिन्छ माथिको आदेश वा त बिदेशी प्रभुको हुकुमले अनि कसरि हुन्छा अपराध निर्मुलिकरण ??
Labels:
ISP,
NTA,
Science and Technology
Monday, August 23, 2010
प्रचण्ड, हार अनि माकुनेको पिडा
नेपाली नेताहरु जित्नका लागि होइन हार्नकै लागि मात्र राजनीति गर्छन भन्ने कुरा पाँचौ पटकसम्म संसदीय चुनाउ गरेर पर्धानमुन्तरी छान्न नसकेपछि राम्रै संग पुस्टि गराएका छन् हाम्रा नेताहरुले | अझै कांग्रेस गल्ने होइन एमाले गल्यो रे झर्न बाँकी छ रे, माओबादी पनि गलेकै हो, माओबादी त अझ झर्न पनि आटेको थियो नजित्ने देखेर तर कांग्रेस नगलेपछी सबै गले पनि झर्न भने सकेनन | सत्ताको साँचो हातमा बोकेर कसले के दिन्छ अझै प्रष्ट भनौ कुन प्रभुले के आशिर्बाद दिन्छन अनि दक्षिण कस्तो टक्र्याउछन अनि भारतीय प्रभुले के आदेश दिन्छन भनेर सबैको मुख ताकेर बसेको मधेशी मोर्चा सधै तटस्थ | भारत चाहदैन कि उसको खोइरो खन्ने माओबादी नेपालको सरकार प्रमुख बनोस अनि मदेशी दललाई भारतीय प्रभुको आशिर्बादबिना चल्न गारो छ असम्भव प्राय छ मधेशी मात्रै होइन सधै भारतको खोइरो खनेर नथाक्ने माओबादी सुप्रिमो क.प्रचण्ड पनि भारतीय प्रभुको आशिर्बाद लिन नचाहने होइन तर भारतले फुटेको आँखोले हेर्न पनि चाहदैन माओबादीलाई | तै पनि पांच चोटी हर्ने पार्टीले दुइचोटी हार्ने माकुनेलाई 'कठपुतली सरकार राजिनामा दे !' तैले राजिनामा दिएको दुइ दिनभित्र सहमतिको सरकार मेरै नेतृत्वमा सरकार बनाउछु भन्दा माकुनेलाई कति रिस उठेको थियो होला तै पनि माकुनेले सहेर बसे र अन्तत राजिनामा पनि दिए | तर राजिनामाको दुइ महिना बित्दा पनि सरकार निर्माण हुन सकेको छैन | खैर छाडौं यी कुरा माकुने, जो दुइ ठाउंबाट हरेरा पनि पर्धानमुन्तिर(उनकै मन्त्रीहरुले उनलाई कुटुला झैँ गर्छन, हिजो मात्रै सु जाता कोइ र्यालासंग झगडा भयो रे यिनको तै भएर प्रधानमन्त्रि होइन पर्धानमुन्तिर) बने | पर्धान व्यक्ति भएर पनि उनीलाई मुन्तिरै राखियो | उनका पिडा र दुख मात्रै कति होलान भनि साध्ये छैन | तै पनि यिनलाई परेका केहि पिडा र दुखहरु हामी पनि बुझ्ने कोसिश गरौँ न त |
Labels:
Politics
Thursday, August 19, 2010
पुरुष हुनुको पीडा
सधै महिला माथि दमन भो महिलालाई अधिकार दिएन भन्ने सुन्दै आएका हामीलाई शीर्षक देखेर अनौठो लाग्न सक्छ तर यहाँ एक जना महिला ले नै यस्तो लेख लेख्नु भएको छ जुन हामीले nagariknews.com बाट साभार गरेर तल राखेका छौं
बसन्ती शाही
सुत्ने कोठा हुँदै परिवार र समाजमा पुग्ने सत्तामा पुरुषको प्रभुत्व हुन्छ। सम्पत्ति, कामकाज र अरू ठाउँमा पनि पुरुष कै नियन्त्रण छ। तसर्थ महिला पीडित छन्। दुःख र सास्ती त पाइरहेकै छन् सबै प्रकारका अवसरबाट पनि वञ्चित छन्। अरू त अरू, बच्चा जन्माउने विषय अर्थात् आफ्नो शरीरसम्बन्धी निर्णयसमेत लिन सक्दैनन्। यसबाट स्पष्ट हुन्छ पितृ सत्तात्मक व्यवहारबाट महिला धेरै पीडित छन्। तर, यसबाट महिला जत्तिकै पुरुष पनि पीडित छन्। पितृसत्तात्मक समाजमा पुरुषले महिलामाथि राज गर्ने हुनाले तिनलाई पीडा हुँदैन वा पुरुषहरू पीडित हुँदैनन् ठान्नु अन्याय हुन्छ।

Male and Female
Tuesday, August 17, 2010
कुर्सी: कहिले तानातान कहिले फालाफाल
'माओवादी प्रधान मन्त्रीमा एमालेलाई समर्थन गर्न तयार'
कङ्ग्रेसले लिए हामी पनि उम्मेद्वारी फिर्ता लिन्छौं-
काठमाडौं, भदौ १ (नागरिक)- माओवादीले आफूहरु एमालेको नेतृत्वमा सरकार बनाउने हो भने समर्थन गर्न तयार रहेको बताएको छ। नेता देव गुरुङले मङ्गलबार भने- एमालेले कि हामीलाई सहयोग गरोस्, कि हामी उनीहरुलाई सहयोग गर्न तयार छौं।
गुरुङले कङ्ग्रेसले प्रधान मन्त्रीको उम्मेद्वारी फिर्ता लिए माओवादी पनि फिर्ता लिन तयार रहेको बताएका थिए। राजधानीमा जनसञ्चार अभियानद्वारा आयोजित कार्यक्रममा उनले भने- दुवै उम्मेद्वारले फिर्ता लिएर नयाँ प्रक्रियामा जाने हो भने एमालेलाई सहयोग गर्न सकिन्छ। 'तपाईंहरु अर्को प्रक्रियाद्वारा अघि बढ्नोस्, हामी समर्थन गर्छौं'- एमालेलाई गुरुङले भने। उनले एमालेले सहयोग गर्यो भने आफ्नो पार्टीले राष्ट्रिय सहमतिकै सरकार बनाउने दाबी पनि गरे।

Saturday, August 7, 2010
अस्थिर राजनीति अनि अनिर्णयको बन्दि देश कहिलेसम्म ??
मा.कु.ने. सरकारको राजिनामापछी सबै ठिक हुन्छ, सबैलाई हामी मिलाउछौँ भन्ने माओबादी नेता प्रचण्ड अहिले आफैं चिन्तामा परेका छन् | कारण उही प्रधानमन्त्रिको कुर्सि | कांग्रेस नेता रामचन्द्र पौडेल पनि बल्ल बल्ल प्र.म. निर्वाचनमा उठेका तर मधेसबादी दलको प्रचण्डसंगको निकटताले केहि हच्केका छन् | झलनाथ खनाल आफ्नै पार्टीका नेताहरुसंग रुस्ट छन् ४०१ नपुगेको भन्दै मा.कु.ने.ले खनालको उमेद्द्वारी फिर्ता लिइदिएका कारण | कुनै दलका नेताहरु वा नेताहरुको बिचारमा एकता छैन | पार्टीभित्रै असहयोगको राजनीति भैरहेको छ, भन्नुपर्दा खुट्टा तान्ने प्रबृत्ति हाबी छ |
मा.कु.ने.ले राजिनामा दिएमा आफ्नो नेतृत्वमा सरकार बनाएर देशमा संबिधान निर्माण गर्नुका साथै शान्ति स्थापना गराउछु भन्ने प्रचण्डले हारमा ह्याट्रिक मात्रै गरेनन चौथो पटक भएको निर्वाचनमा पनि हारेर बहुमतीय सरकार नबन्ने र बनेपनि शान्ति र संबिधान निर्माणको काम नहुने स्पष्ठ संकेत दिएका छन् | मा.कु.ने. सरकारले राजिनामा दिएको झन्डै एक महिना बितिसक्न लाग्दा पनि पटक पटक निर्वाचन गर्ने बाहेक प्रा.म. चुन्ने कार्यले मुर्त रुप लिन सकेको छैन | जिन्दगीमा नपुंगसकता र राजनीतिमा तठस्थता एकै भएको भन्ने एमाले पनि नपुंगसक नै भैरहेको छ | मधेसी दलका नेताहरु भारतको इशारामा चलेका छन् | देशमा इमान्दार नेताहरुको खडेरी लागेको छ| देश अनिर्णयको बन्दि भैरहेको छ | तर पनि देश चलिरहेको छ | कांग्रेस उही आफ्नै बाहेक अन्य सभाषदको मत पाउन असफल छ | यस्तो अवस्थामा सरकार बन्ने स्थिति छैन | चौथो निर्वाचनमा पनि हारेका नेताहरु अझै आफ्नो हार बढाउने सुरमा छन् र त अझै पाँचौ पटक निर्वाचन हुदै छ भदौ २ गते | सधै जनतालाई झुक्याउने राजनीति गर्ने नेताहरु शान्ति संबिधान र देश बिकाशको पक्ष भन्दा विपक्ष र कुर्सिको निमित्त मरिहत्ते गरिरहेका छन् र राष्ट्रलाइ अनिर्णयको बन्दि बनाइरहेका छन् |

Subscribe to:
Posts (Atom)