Thursday, June 30, 2011

सूचना तथा संचार मन्त्रालयकै कर्मचारी इ-पास बारे अनविज्ञ

वा! नेपालका निजामती कर्मचारी क्या छ बा! जो जुन कार्यालयमा कम गर्छ उसलाई कार्यालयमा के हुदै छ कुन नियम आयो भन्ने नै थाहा नहुने रहेछ सरकारी काम गर्नेहरुलाई| हुन त उच्च ओहदाको कर्मचारी, नेताज्यूहरु तथा उद्ध्योगपतिहरुले यहाँ पत्रिका किनेर पढ्ने जान्दैनन्(केहि अपबाद बाहेक)| यसकै गतिलो प्रमाण हुन् सूचना मन्त्रालयका कृष्ण घिमिरे जस्ता निजामती कर्मचारी| कुरा सिंह दरबारमा १५ गतेदेखि लागु भएको इ-पास सेवाको | आजदेखि पुराना कार्ड हरु खोस्न थालिएको रहेछ त्यसैले सिंह दरबार छिर्ने एकमात्र विकल्प इ-पास सम्बन्धि बुझ्न १९७ कि दिदीसंग सूचना तथा संचार मन्त्रालयको नम्बर मागेर डायल गरेको पहिले मन्त्रीज्यूकोमा पर्यो भनेर अर्को नम्बर दिए| अर्को नम्बरमा गर्दा दिदीले उठाइन र सम्बन्धित फाँटमा दिन्छु भन्दै फोन ट्रान्सफर गरिन तर दुइ रिंगमै फोन काटिएकोले पुन डायल गर्दा बल्ल तेस्रो प्रयासमा सम्बिन्धित व्यक्ति संग कुरा भयो|

कुरा त भयो तर सम्बन्धित फाँटका कर्मचारीको कुरा भने कुनै असम्बन्धित व्यक्तिको झैँ थियो| उनि पनि अनविज्ञ रहेछन सिंह दरबारमा इ-पासको प्रक्रिया बारे| हजुर उनि थिए कृष्ण घिमिरे उनको कुराकानीको तरिका कतिको उचित थियो मलाई थाहा भएन, तर नयाँ प्रक्रिया भित्रिएको दुइ दिनसम्म कर्मचारी नै अनविज्ञ हुन्छन भने कसलाई के सेवा दिन्छन यस्ता कर्मचारीहरुले| हुन त यो नेपाल हो जहाँ फिल्मकर्मीलाई कहिले खानेपानीको प्रमुख बनाईन्छ त कहिले फिल्मकर्मीलाई नै राखेपको सचिब बनाईन्छ त कहिले साहित्यकारलाई बायुसेवा निगमको अध्यक्ष/महाप्रबन्धक बनाइन्छ अनि कसरि हुन्छ देशको बिकाश अनि कसले गर्छ जनताको सेवा ?? अनि कसलाई जानकारी हुन्छ त कार्यालयको कुरा, प्रक्रिया आदि ?? जय होस् नेपालको राजनीतिक नियुक्ति अनि जय होस् नेपाली निजामती कर्मचारीको |

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |