Monday, July 25, 2011

(नेतालाई देउ)प्रभू


---नील खड्का---
अल्छी भए नेताहरु, गति देऊ प्रभू !
पचाउन थाले लाज, मति देऊ प्रभू !!

नैतिकता नि भूलिसके, इमान टाढा भयो !
चाहिनेभन्दा पनि बरु, अति देउ प्रभू !

ब्यक्तिगत स्वार्थ मात्र, प्यारो भयो यिनलाई !
स्वार्थी नेता सबैलाई, खति देऊ प्रभू !

लाज पचेका सयल नेताहरु....
श्राप दिनु पर्ने भयो, नेताहरुलाई !
मिल्छ भने फेरि एउटा, सती देऊ प्रभू !!

खुसी हुन्थे जनता बरु, तिमीसँग धेरै !
सजाय त यिनीहरुलाई, जति देऊ प्रभू !!

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |