Thursday, June 23, 2011

जे मा पनि आन्दोलन ! तेल बोक्ने ट्यांकर व्यवसायी पनि आन्दोलनमा!

साँच्चै हो रै'छ बाँचे के के देख्न पाइने रै'छ।  उसै पनि कहिले आयल निगमका कर्मचारीले घायल बनाउने त कहिले कसले घायल बनाउने यो देशको पेट्रोलियम पदार्थको आपूर्तिमा अहिले केहि सहजता आएकोमा पुन: आपूर्ति प्रणालीलाई घायल बनाउने चलखेल सुरु भएको छ भर्करै मात्र भाउ बढेर रु.१०२/लि. भएको पेट्रोल अहिले बजारमा मुस्किलैले मात्र पाइन्छ। पेट्रोल मात्रै होइन डिजेलको पनि पारा उही हो। तर अहिले आयलको आपूर्तिलाई घायल बनाउने नेता, कार्यकर्ता वा कर्मचारी हैनन्। यी महाशयहरु हुन्  मध्यमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघमा आबद्ध ब्यबसायिहरु जो यहि आयलको ढुवानी गरेर आफ्नो गुजारा चलाउछन। आयल निगमका उच्च अधिकारीको मिलेमतोमा ६० वटा पेट्रोलियम ट्यांकर थपिएको विरोधमा मध्यमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघ आन्दोलनमा उत्रिएका रहेछन।

उसै त भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता नतिरेर ६६ प्रतिशत तेल कटौती भइसकेको अवस्थामा झन् यिनीहरुको आन्दोलनले पेट्रोलियम पदार्थको आपूर्तिमा नराम्रो प्रभाव पर्ने छ। संघका अनुसार आयल निगमका उच्च अधिकारीले प्रति ट्यांकर दुई लाख रुपैयाँ आर्थिक भष्ट्राचार गरेर ट्यांकर निर्णय गरेका छन्। संघका एक सदस्यका अनुसार रक्सौलमा रहेका ट्यांकरले काम नपाइरहेको समयमा ६० वटा थपेर रोजीरोटी खोस्ने काम भएको छ। यो निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ, भने

संघको अगुवाईमा बिहीबारदेखि  रक्सौलबाट तेल ल्याउन रोकिनुका साथै अमलेखञ्ज र काठमाडौंको थानकोट डिपोमा तेल लोड/ अनलोड ठप्प पारिएको छ। साँच्चै यिनिहरुमाथी अन्याय नै भएको होला तर के यिनीहरुको आन्दोलनले  आयल निगमका उच्च अधिकारीहरुलाई केको ठेश पुर्याउछ र? यस्तरी आन्दोलन गरेर यिनीहरु आफ्नो खुट्टामा आँफै बन्चरो हान्दैछन, किनकि यिनीहरुको माग सुनुवाई भए पनि नभए पनि आयल निगमका उच्च अधिकारीहरुलाई त तलब आइहाल्छ तर दुइ छाक खान र एक सरो लाउन ज्याला मजदुरी गर्ने चालक लगायत गाडीका कर्मचारीहरुलाई त अफ्ठ्यारो पर्छ पर्छ यिनीहरुलाई पनि कम गर्न/गराउन नपाउदा घाटा त अबश्यै हुन्छा होला। तर खै यी बन्दकर्ता/आन्दोलनकारीहरुको घैटोमा घाम कहिले लाग्ने होला??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |