Monday, June 27, 2011

मेरो पहिलो जगिंग(मार्निंग वाल्क - १)

भोलि देखि चाहिं पक्का जाने है दाई! म तपाइलाई ४ बजे नै कल गर्छु | प्रत्येक दिन बेलुका हाम्रो यस्तै सहमति हुन्थ्यो तर कार्यान्वायन भने कहिल्यै भएको होइन | कुरो मर्नींग वाल्कको हो | ज्यान जति मोटाए पनि मलाई बालै थिएन तर भुडी जो बढेको कुरा हो मलाई पनि फिटिक्कै मन परेको थिएन| मोटे, हात्ती, गैडा आदि उपनामले मलाई बोलाइदा मलाई त्यति रिस उठ्दैनथ्यो तर जब भुडे उपनामले मलाई कसैले पुकारा गर्थ्यो अनि मेरो सात पुस्तालाई नउठेको रिस मलाई उठ्थ्यो | तर के गर्नु आफ्नु भुडी थियो नै उस्तै जय भुडी भन्यो जे भेट्यो त्यहि खायो जहाँ भेट्यो त्यहिँ खायो जस्तो भेट्यो त्यस्तै खायो अनि त भुडी भुडी नै बन्ने भैहाल्यो नि | ज्यान मात्रै लागुन्जेल त मलाई टेन्सन थिएन तर जब भुडीले गति छोडेर अत्यधिक गति लिन थाल्यो तब गाउँकै एक जना दाई संग दोस्ती बढाएर मोर्निंग वाल्क जाने साथी तयार परेको थिएँ| तर संयोग कस्तो पारिदियो भने दुवै जना उस्तै ७/८ नबजी निन्द्रादेविको काख छोड्न नसक्ने | बिचरा दाईले त पहिल्यै भनिसकेका थिए कसैले उठायो भने मात्रै हो नत्र म त ७ बजे अघि उठ्न त सक्दिन है भाई! मै जान्ने भएर म नै उठाईहाल्छु नि दाई भनेको त्यसैले प्रत्येक बिहानी आँखा खुल्नेसाथ दाईको शटायर पनि कानमा पर्थे|

तर जसले जे भने पनि म मोर्निंग वाल्क नगई छोड्ने पक्षमा थिईन त्यसैले मैले अब सधै जगिंग जाने दाई संग मित्रताको डोरी बाध्ने कोशिश गरें जुन सफल पनि भयो तर मेरो उही ७/८ बजेले बिगार्यो हाम्रो प्लान| अब पुन: प्लेनमा फेरबदल गरेर दाईलै फोन गर्न लगाए यसपाला भने सफल भै'यो है| दाईको कल आयो कि म उठेर तयार पर्न थाले| बुढाले सुरुमा त बिस्तारै बिस्तारै हिडेका मात्रै थिए तर बिस्तारै स्पिड बढाउदै लगे| सुरु सुरुमा त मलाई पनि सजिलै महसुस भएको थियो तर अन्तिमसम्मको हिडाईमा म मस्त थाकेको थिए| दुइ चार दिनसम्म यहि क्रम चलिरह्यो | यति सम्म त ठिकै पनि थियो अब मेरो भुडी घट्ने र ज्यान टाइट हुनेमा म बिस्वस्त थिएँ |

अचानकै एक दिन बुढाले एकैपटक ह्वात्तै स्पिड बढाए| बुढालाई भेट्टाउन म पनि आफ्नो स्पिड बढेर आफ्नो चढ्दो उमेरको तातो रगतको जोश प्रदर्शन गर्न थाले| सुरुमा त खासै केहि अनुभव भएन तर जब पार गरेको दुरी बढ्दै जना थाल्यो तब अङ्ग अङ्ग चिलाएको जस्तो हुन थाल्यो | तै पनि मैले आफुलाई रोक्नु उचित ठानिन र कुदें तर जति कुदे पनि बुढालाई भेटे पो! गाँजा खानु चरेस खानु तर छोरो मान्छे भए पछी हरेश नखानु भनेकाले मैले पनि हरेश खाइन र दगुरी रहे बुढाको पछाडी बुढा रहेछन दौड प्रतियोगी आफु परियो निन्द्रा प्रतियोगी अनि कहाँबाट कुरा milthyo ? तै पनि म दगुरिरहें उनकै पछाडी | उकालो ओरालो हुदै हामी एउटा चौरमा आइपुगेपछि टक्क रोकियौं | त्यहाँ नरोकिउन्जेल बरु अलि अलि दुखेको खुट्टा त्यहाँ रोकिने बित्तिकै झर्ला झैँ भो, टाउको दुखेको झैँ भनन्न भो रिंगटा छुट्यो मुटु छिटो छिटो धड्कन थाल्यो स्वाँ स्वाँ र फ्वाँ फ्वाँ को गति उच्च भो उभिनलाई खुट्टाले साथ दिदैन भनेर थाहा पाएलगत्तै दुवै खुट्टा पसारेर त्यहिँ बसें|अझै गार्हो लागेकोले १०/१५ मिनेट त्यहिँ सुतें लम्पसार परेर|

बिचरा दाईले नि मैले यसलाई अत्यधिक दौडाएँ भन्ने सोचेछन कि क्या हो कुन्नि नजिकै आएर यसो हम्के झैँ गर्न थाले | दाईको त्यो पारा देखेर अचम्मित भएको म जुरुक्क उठेर घर आए | घर पुग्ने बित्तिकै कोठामा गएर खाटमा पल्टेको मलाई दुइ दिनसम्म खाटको खत हुनु परेकोमा सार्है चिन्ता थियो तर त्यो भन्दा ठुलो चिन्ता थियो अब म मोर्निंग वाल्क पनि जदिना र मेरो भुडीले पनि सहि दिशामा सहि गति नलिएर गति छाडीरहने नै भएकोमा | मैले अब सङ्कल्प गरिसकेको थिएँ कि अब म फेरी मोर्निंग वाल्कको चक्करमा फस्ने छुइना चाहे मेरो भुडीले जति सुकै गति छोडोस | मलाई मेरो भुडी जस्तो छ ठिक छ भने झैँ लग्न थालेको थियो| तर मलाई मेरो नाम नै परिवर्तन भएर भुडें नामकरण होला भन्ने ठुलो चिन्ता थियो | धन्य भगवान मेरो गतिछाडा भुडीले गति छाड्न छाडेन तर मेरो नाम भुडे भएन तर त्यो घटना पछी मेरो मन बाट मोर्निंग वाल्क को भुत भने सदाको लागि हट्यो अब त माकसम म मोर्निंग वाल्क जादै जान्न ल|

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |