Monday, June 27, 2011

ID कार्ड नहुने यात्रु र च्याउ नखाने बाहुन उस्तै उस्तै !!

आज थापाथलीबाट नाखिपोट जाने माइक्रो बस छाडेर नाखिपोट जाँदै थिए | खलासी कराउदै थियो कृष्ण गल्लि, पुल्चोक झर्ने छ ?, दमकल झर्ने छ? जावलाखेल आइपुगेपछि उही अघि जस्तै करायो जावलाखेल झर्ने छ ?, ४/५ जना मान्छेले छ भने पछी गाडी घ्याच्च रोकियो | ५ जना मान्छे झरे | सबैले आफ्नो बिद्यार्थी परिचयपत्र पनि देखाउदै छुट मागे जसमा दुइ जना त स्कूल/कलेजका मुखै नदेखेका थिए जसलाई मैले राम्रै संग चिन्थे भने अर्का एकजना सवारी चालक नै थिए रिंगरोड रुटका जसलाई रिंगरोडको गाडी चढ्दा फाट्ट फुट्ट कहिले कहिँ देखेको थिएँ | खलासी भाडा लिएर गाडीमा बस्यो र चालकलाई जाने इसारा गर्दै सुसेली मार्यो | फेरी  कुमारीपाटी आइपुगेपछि दुइ यात्रु झरे जसमध्ये दुवै जनासंग कार्ड (बिद्यार्थी परिचयपत्र) थियो | खलासी यो पटक भने निराश हुदै एक्लै फत्फताइरहेको थियो "यो तेलको शर्टेज भाको बेलामा त कार्ड नहुने मान्छे पनि गाडी चढ्नु नि, सबै कार्ड छ भन्छन ! यो कार्ड भन्ने चिज पनि जहाँ पनि पाइने रहेछ बिद्यार्थी हुनु नै नपर्ने | साला बच्चा देखि बूढासम्म स्कुल/कलेजको मुखै नदेख्नेले पनि कार्ड देखाउछन | साला च्याउ नखाने बाहुन पाउन बरु सजिलो हुन्छ तर कार्ड नहुने यात्रु नै भेटिदैन बा!"

 मैले पनि यसो सोचे "साच्चै सबैले कार्ड देखाउन थालेपछि साँचो बिद्यार्थी भने मर्कामा परेका छन् |" कारण जसले पनि कार्ड देखाउछन भनेर यातायात ब्यबसायी संघले पनि भाडा बढाईदिदा उच्चा दरमा बढाईदिएका छन् | जसको उदाहरण पछिल्लो पटक भाडा बढ्दाको अवस्थालाई हेर्न सकिन्छ | जहाँ न्युनतम साधारण भाडा १२ रुपैयाँ र बिध्यर्थिलाई छुट दिंदा छुट्पछिको न्युनतमभाडा भने ८ रुपैयाँ रे | ल हेर्नुस त १२ रुपैयाँ ४५% भनेको कति हुन्छ ?? - ५.४० रुपैयाँ | अब १२ रुपैयाँमा ५.४० रुपैयाँ घटाउंदा हुन आउछ ६.६० रुपैयाँ | अब आफै हिसाब गर्नुस १२ रुपैयाँमा त बिद्यार्थी १.४० रुपैयाँ ठगीइरहेको हुन्छ भने रकम बढ्दै जाँदा कति ठगीएला त | हुँदा हुँदा १५ रुपैयाँमा कार्डको छुट दिंदा १० रुपैयाँ लिन्छन यहाँ यो ५ रुपैयाँ भनेको त ३३.३३% मात्रै हुन्छ | यो त भयो सामान्य हिसाब त्यो पनि एकदिनको | अनि दिनहुँ स्कूल/कलेज जाने बिद्यार्थी कति ठगिन्छ त त्यसको हिसाब चाही आफै गर्नुस |

हजुर खलासीको एउटा कुरा चाहिं खुब घत लग्यो मलाई:- "साला च्याउ नखाने बाहुन पाउन बरु सजिलो हुन्छ तर कार्ड नहुने यात्रु नै भेटिदैन बा!" साच्चै अचेल च्याउ नखाने बाहुन भनेको त मुस्किलैले भेटिन्छ तर कार्ड नहुने यात्रुहरु पनि मुस्किलैले भेटिने रहेछन भन्ने यो पंक्तिकारले केहि समय माइक्रो चढ्दा गरेको ठहर छ | साच्चै अचेलका केहि बाहुनले च्याउ नखालान, लसुन, प्याज पनि बार्लान, तर कार्ड नबाउने यात्रु नै हुदैनन् | खलासीको कुरामा मलाई अलिकति मोडीफाई गरेर भन्न मन लाग्यो, जसरि हात्ती र हात्तीछाप चप्पल उस्तै हुन्छन, त्यसरी नै ID कार्ड नहुने यात्रु र च्याउ नखाने बाहुन उस्तै उस्तै हुन् | तपाइलाई के लाग्छ कमेन्टमा लेख्नुहोला है |

1 comments:

Unknown said...
May 19, 2011 at 10:12 AM
This comment has been removed by a blog administrator.
Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |