Wednesday, June 22, 2011

Love, Sex और धोका !

हिन्दी फिल्म हेर्ने गर्नुभएको छ भने देवदासको रिमेक भनिएको Dev D पनि हेर्नुभएकै छ होला छैन भने पनि उक्त फिल्मको 'Love, Sex और धोका !' गीत त सुन्नुभएकै होला ! अहिले म जुन कुरा यहाँ उल्लेख गर्न लागेको छु त्यसको Situation र यो गित मिल्न जान्छ | कुरा हो आज अफिस बाट फर्कदै गर्दा बाटोमा सुनिएको बार्तालापको | हजुर म अफिसबाट घर फर्कदै गर्दा दुइजना केटाहरु म भन्दा अगाडी थिए | उनीहरुको बार्तालाप:
पहिलो: ह्या यार यो छप्की भन्ने चिज पनि कस्तो है'छ ! साला खाली धम्क्याउछ मात्रै यार ! आफुलाई यहाँ पैसा नभएर टेन्सन छ साला उसलाई खाली घुम्न जानकै चिन्ता छ !(यीनले अलिक अगाडी कसैसंग फोनमा कुरा गरेका थिए सायद फोनमा उनकी प्रेमिकाले घुम्न जाने प्रस्ताब राखेकी थिइन् होला |)


दोस्रो: साला त्यै भएर मैले तलै पहिले नै भनेको थिएँ नि साला गांठिस केटि पट्या भन्या मानिनस त! आफुलाई त आनन्द छ साला न आफुले खर्च गर्नु पर्ने न घुमाउन लानु पर्ने |
पहिलो: खर्च त मेरीले पनि गर्छे तर सधै खर्च गराउन आफुलाई पनि अफ्ठ्यारो हुन्छ नि यार फेरी हाम्रो पुरुश्वत्वको पनि त सवाल छ नि यार !
दोस्रो: मुला आफ्नो त आनन्द छ बेला बेला Guest House ग'को पैसा नि उसैले तिर्छे आफुलाई त आनन्द बाल छैन यार !
पहिलो: फसौ'ली है साला तलाई केटीले फेरी तँ त स्त्रीलम्पट नै छस तलाई त्यो भए पछी पुग्ने विचार गर है केटा
दोस्रो: ह्या मलाई बालै भएन नि केहि भो भने दुइ चार महिना घर गएर बस्छु अनि फर्कन्छु उता घरमा बा आमा खुसि यता समस्या समाधान डबल धमाका हा हा हा हा हा हा हा हा हा .....
पहिलो:साला कति केटिहरुको Virginity तोढ्छस यार कसै कसैलाई त Virgin छोड्दे
दोस्रो: अरे यार मा.... (अमाचाकारी शब्द बोले) हामीले पनि Virgin पाउदैनौ हेर यस्तै हो अब यहाँ बिहे गर्ने बेलासम्म कोहि पनि Virgin बस्दैनन् हामीले नभए अरु न अरु कसैले तोडीहल्छां नि तिने'र्का Virginity !

यो सुनेर नै मलाई यो सब लेख्न मन लग्यो र नै मेरो विचारहरु तपाईहरुसंग बाँड्दै छु |Love, Sex और धोका ! अब फिल्मम मात्रै सिमित रहेन अब त यो हाम्रो संस्कृति बन्न लागेको छ | हरेक युवा युवतीहरुको दैनिकी नै भैसकेको छ यो Love, Sex और धोका ! +२ पढ्ने हुन् या ब्याचलर पढ्ने प्राय युवा युवतीहरुको २ वा २ भन्दा बढी प्रेमी प्रेमिका हुने गरेको पाइन्छ| एउटाले धोका दिए अर्को stock मा रे| अनि हरेक प्रेमी प्रेमिकाहरु बीच फोन Sex तथा (अपबाद बाहेक) यौन सम्पर्क पनि हुने गर्दछ भलै त्यो गोप्य रुपमा होला, त्यो आफ्नो ठाउमा छ | यसरि प्रेम गर्ने युवा युवतिहरु किशोरावस्थाको सुरु सुरुमा यस्तो कार्य गर्छन अनि अलि परिपक्क हुदै गएपछि ग्लानी बोध गर्दै क्रमश यस्ता कार्यहरु त्याग्दै जान्छन र अन्तत: उही Love, Sex और धोका ! डार्लिंग Love, Sex और धो.......का !को स्थितिमा पुग्छन | जसको उदाहरण त माथिको बार्तालाप नै कफी हुन्छ |

हाम्रो नेपाली समाजमा पश्चिमा मुलुकहरुको संस्कृति तथा रहनसहनको सिको गरिन्छ जबकी हाम्रो रहनसहन र संस्कृति भनेको विश्वमै नमुना छ | यद्यपी हामी आफ्नो संस्कृतिको जगेर्ना गर्न लागि पर्छौं तर त्यसका लागि कुनै चाडबाड वा कुनै मेला पर्व नै किन कुर्न पर्छ त?? Love, Sex और धोका ! पनि पश्चिमा रहनसहनको नक्कल हो | त्यसो भन्दैमा प्रेम गर्नु वा यौनसम्पर्क राख्नु गलत भन्न खोजेको होइन तर सबै कुराको एउटा समय र सिमा हुन्छ तर त्यसको विचार किन गरिदैन ?? हो कुनै पनि व्यक्तिले कुनै पनि प्राणी वा बस्तुलाई प्रेम गर्नु पर्छ भने यौन त मानिसको आधारभूत आवश्यकता अन्तर्गत पर्दछ | त्यसो भन्दैमा कसैलाई पनि प्रेमको नाटक गरेर यौन सम्बन्ध राखिसके पछी धोका दिनु राम्रो भने अवस्य होइन| पश्चिमा मुलुकमा पच्ने भए पनि यस्ता अवस्थाहरु हाम्रो नेपाल जस्तो देशमा पच्न गार्है छ भन्ने यो पंक्तिकारको ठहर छ|

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |