Saturday, June 18, 2011

असारको चटारो

--नील खड्का--

सम्याउँदै खेतका गरा, छेउकुना कोप्नुपर्छ !
असारको चटारो छ, गाउँमा धान रोप्नुपर्छ !!

अभाव छ खेतालाको, गाउँका धेरै विदेशमा !
हिलो खेत जोत्नलाई, जुवामा प्वाल खोप्नुपर्छ !!

पर्म पनि जानैपर्छ, सजिलो हो आफैंलाई !
ठग्न खोज्छ मालेगोरु, पुच्छरमा घोप्नुपर्छ !!


छैन ठेगान मौसमको, आकाशको भर पर्नुपर्ने !
पानी पार्न महादेवको, नाम निकै जप्नुपर्छ !!

महत्व छ खेतालाको, बूढापाका सबै व्यस्त !
घूम ओढी घामपानी, आफ्नो जिउ छोप्नुपर्छ !!

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |