Saturday, June 18, 2011

प्रेम र बचन!

--नील खड्का--
माया गर्छु प्रिय बीचमै, छोड्छु भन्दिन !
पक्का हुन्छ वचन मेरो, तोड्छु भन्दिन !!

किन गरौं ठूला कुरा, हुनै नसक्ने !
मन जित्न हिमाल पहाड, फोड्छु भन्दिन !!

भन्न जस्तो पूरा गर्न, हुन्न सजिलो !
धर्तीलाई आकाशमा नि, जोड्छु भन्दिन !!

सक्दिन म झार्न कहिल्यै, जुनतारा नि !
सागर पनि मरुभूमीमा, मोड्छु भन्दिन !!

शरीरै हो जाडो गर्मी, हुन्छ निश्चय !
भुईंमा सुत्छु अनि आकाश, ओढ्छु भन्दिन !!

दुःख गरे ढुंगो फल्छ, यही माटोमा !
चन्द्रमामा खेती लगाई, गोड्छु भन्दिन !!

1 comments:

hamro yatra said...
June 19, 2011 at 6:45 AM

la la khatara chha neel sir ko gajal malai khub man paryo aru pani publish gara hai ta.

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |