Wednesday, June 15, 2011

चन्द्रग्रहणले गर्न सक्छ तपाइको सौभाग्यको सुर्योदय

मुलुकको धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो असर पार्नसक्ने मानिएको शताब्दीकै सबैभन्दा ठूलो खग्रास चन्द्रग्रहण आज मध्यरातबाट सुरु हुँदैछ। चन्द्रग्रहण वृश्चिक राशीबाट सुरु भई धनुराशीमा अन्त्य हुनेछ। हिमवत् खण्डको उत्तरी गोलार्द्धमा अवस्थित नेपाल वृश्चिक राशीमा र भारत धनुराशीमा रहेकाले बढीरुपमा नेपाल तथा भारतमा यसको असर पर्ने बताइए पनि साधकहरुका अनुसार सौभाग्याले आज अर्थात् 15 जून(असार १ ) मा यस्तो दुर्लभ मौका आउदै छ कि जहिले गरिएको ध्यानले सधखारुलाई चाडैं नै चाहेको सफलता मिल्न सक्नेछ, किनकि आज हुन गैरहेको चन्द्रग्रहण सबै भन्दा लामो र प्रभावशाली चन्द्रग्रहण हो भनिएको छ। चन्द्रमाले हाम्रो मन र बिचारलाई सिधै प्रभावित गर्ने शक्ति राख्दछ। ध्यानमा सफलता मिल्न पनि मनलाई नियन्त्रण गर्ने शक्ति हुनुका साथै बिचारलाई पूर्ण केन्द्रित गराउने शक्तिको अवश्यकता पर्दछ।


पञ्चाङ्गका अनुसार असार १ गते मध्यराति १२ बजेर ७ मिनेटमा स्पर्शकाल, १ बजेर ७ मिनेटमा सम्मिलन, १ बजेर ५७ मिनेटमा मध्यकाल, २ बजेर ४८ मिनेटमा उन्मीलनकाल र ३ बजेर ४७ मिनेटमा मोक्षकाल रहेको खग्रास चन्द्रग्रहणको सुतक सोही दिन अपरान्ह ३ बजेर ७ मिनेटबाट प्रारम्भ हुनेछ।

ग्रहण प्रभाव:

- सबै रशिहरु र प्रकृतिमा यस ग्रहणको अदृश्य, सूक्ष्म तर व्यापक असर हुनेछ।

- यो चन्द्रग्रहण वृश्चिक राशीबाट सुरु भई धनुराशीमा अन्त्य हुनेछ भने  ज्येष्ठा नक्षत्रमा पनि लाग्ने छ।

- ग्रहण लगभग ४ घण्टा सम्म रहने सम्भावना छ।

यस ग्रहणको सहि सदुपयोग गरि फाइदा लिन चाहने व्यक्तिहरुले ४ घन्टाको ग्रहणअवधिभरिको कुनै १ घण्टालाई चुनेर शान्त स्थानमा पूर्व दिशातिर अनुहार फर्काएर सफा-स्वच्छ स्वेत आसनमा बसेर ध्यान साधना गरेमा जति प्रगति तपाइको १ महिनाको ध्यानमा हुने छ वा भएको छ/थियो त्यति नै प्रगति एक घन्टाको ध्यानमा हुनेछ भन्ने भनाइ छ साधकहरूको।
M

1 comments:

Anonymous said...
June 15, 2011 at 11:39 PM

nice information. Thanks for sharing. I'll try it.

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |