कुरा लगभग दुइ/तिन बर्ष अघिको हो, जब म पहिलोपल्ट काठमाडौँको खाल्डो नाघेर कुनै दुर्गम गाउँमा(हुन त काठमाडौँ नजिकै थियो तर पनि कुनै दुर्गम गाउँ भन्दा कम थिएन) पुगेको थिए | जहाँ मैले पहिलोपल्ट कुनै मानिस बिरामी हुँदा खसी काटेर पूजा गरेको र बाजा (ढ्यांग्रो) बजा'को देखेको थिए | त्यहाँको मानिसहरुलाई डाक्टरमा भन्दा बढी धामि झाँक्री र वैद्यमा बढी बिश्वास थियो | धामी झाँक्रीले कुनी कुन कुन देवताको र कुन कुन भुतको वा कुनै बोक्सी आदिको दोष देखाउदा रहेछन | अनि त्यो रोग साम्य पार्न पशु बलि दिएर पूजा गर्नु पर्ने रहेछ | आफु विज्ञानको बिद्यार्थी त्यसमाथि पनि MBBS पढ्दै गरेको ठिटो, जो प्राक्टिकलको लागि गाउँमा गएको थिए | मलाई यो कुरो पचेन त्यसैले मैले गाउँलेहरुलाई यस्तो गर्न छोडेर बिरामीलाई हस्पिटल लगेर जचाउन र औषधि खुवाउन सुझाए तर उनीहरु के मान्थे | आफ्नो बसेको घरबेटीले नै बस्न मन भए चुप लगेर बस्ने होइन भने चुपचाप आफ्नो बाटो लाग्नु हामीलाई सिकाउन नखोज्नु भनेर भनेपछि मनलाई सम्झाउने कर लाग्यो | म छक्क परें, भलाई गर्ने जमानै रहेन भन्दै चुप लागे |
गाउँलेहरुले मलाई किन त्यस्तो जवाफ दिए मलाई सार्है नै खसखस लागिरह्यो जबसम्म मैलेयसको बारेमा थाहा पाइन तर छक्क त तब परें जब साचो कुरो पत्ता लाग्यो | वास्तवमा भएको के रहेछ भने कुनै समयमा ति गाउँका गाउँलेहरु डाक्टरलाई भगवान झैँ मान्थे रे | तर एक पटक एउटा बिरामी अन्तिम अवस्थामा पुगेको रहेछ स्वास्थ्य चौकी (त्यहाको अस्पताल) पुर्याउदा लगभग मृत भैसकेको झैँ थियो | डाक्टरले उसलाई अब बाच्दैन भनेर भनिदिएपछि घर फर्केर लगियो | ठिक त्यहि बेला आएको झाँक्रीले उक्त बिरामीलाई पुरानै अवस्थामा फर्काइ दियो | लगभग दुइ तीनवटा यस्ता केसहरु जसमा डाक्टरले उपचार गर्न सकेनन त्यसमा धामी झाँक्रीले सफलता प्राप्त गरे | जब सोझा साझा जनतालाई धामी झाँक्रीको शक्ति डाक्टरको भन्दा बढी लग्न थाल्यो तब धामी झाँक्रीले मौकाको फाइदा उठाएर स्वास्थ्यचौकी नै भत्काई दिएछन् अनि त के चाहियो जो/जे बिरामी भए पनि खाली धामी झाँक्री |
म पनि भविष्यको डाक्टर मलाई के पच्नु यस्तो कुरो? अब म यिनीहरुलाई पाठ पढाएरै छोड्छु भन्ने सोच्दै थिए तर ठिक त्यसै बेला म बिरामी परें | मेरो शरीर दुइ दिनमा पुरै बेसहार जस्तो पहेलो भयो | खान रुच्न पनि छोड्यो | न खान मन लाग्छ न केहि गर्ने जाँगर नै चल्छ | मैले अब आफ्नै शहरको औषधि र अस्पताल सम्झें तर "ल्हाशामा सुन छ कान मेरो बुच्चै" भनेझैँ त्यो शहरको सुविधा यहाँ कहाँ पाउनु ?? आफुसंग भएको केहि औषधिहरु प्रयोग गरियो तर रोगले झन् झन् च्याप्दै लाग्यो | पाचौं दिनका दिन त म इन्तु न चिन्तु नै हुन पुगें | गाउँलेहरुले के के गरे कुन्नि छैठौ दिन मलाई अलि सन्चो भएको र भोक लागेको भन भयो | केहि खान मन लाग्यो तर कसले दिने?? धन्य घरबेटी आमै मनकारी रहिछन, मैले आँखा खोलेको थाहा पाएर जाउलो ल्याएर दिइन | आज अलिक सन्चो भएको जस्तो भएको थियो तर पुरै सन्चो भने भएको थिएन |
बेलुका मेरो कोठामा कालु धामी आएर उसका ढ्यांग्रो लगायतका सामानहरु राख्यो र घरबेटीहरुलाई बोलाएर कुन्नि के के माग्यो | अनि सुरु गर्यो उसले आफ्नो काम्ने र ढ्यांग्रो बजाउने नाटक, मैले चाल पाएअनुसार उनीहरु(गाउँले) त्यसलाई चिन्ता बसेको (गरेको) भन्थे | चिन्ता बस्न भूतप्रेत लागेको वा बोक्सी लागेको बेलामा धेरै बिरामी भएको मान्छे (बिरामी) हुनु पर्थ्यो | भोलिपल्टबाट मेरो स्वास्थ्यमा क्रमिक सुधार आउदै थियो | त्यसको ३/४ दिनमा म पूर्णत: स्वस्थ भएँ तर मेरो चिन्ता बस्ने झाँक्री बिरामी भएको खबर सुन्नमा आएपछि म उसलाई भेट्न गएँ |
उसले बताए अनुसार जुन रात उ मेरो चिन्ता बसेर घर फर्किदै थियो त्यसै रात मलाई बिगार पर्ने बोक्सीले उसको बाटो छेकी | तब उसले आफ्नो भएभरको मन्त्र र शक्तिहरु प्रयोग गर्दै त्यो बोक्सिसंग युद्ध गरि रह्यो | बोक्सीले कहिले अरिंगालजस्ता अस्त्रहरूको प्रयोग गर्थी भने कहिले धनुसबाणको कांड जस्ता अस्त्रहरू प्रयोग गर्थी | हरेक अस्त्रलाई छल्दै उ आफ्नो शक्तिको भरपुर प्रयोग गरिरहेको थियो | दुर्भाग्यबस एउटा अस्त्रले उसको छातीमै लाग्यो | तब उसले म पनि मर्छु भने तेरो शक्ति खतम परेर मात्रै मर्छु भनेर मसान उठाएर उक्त बोक्सीको शक्तिलाई खत्तम पारेपछि निदाएको उसको होस् खुल्दा उ घरमा थियो |
अब भने मलाई पनि भुत प्रेत बोक्सीजस्ता चिजहरुमा बिश्वास लग्न थालेको थियो| त्यस दिन उक्त झाँक्रीले यो पनि बतायो कि बास्तवमा धामी र बोक्सीको बिद्या एउटै हुन्छ | धामीले राम्रो र भलाइको निमित्त मात्र उक्त शक्तिलाई प्रयोग गर्छा भने बोक्सीले चाही आफ्नो स्वार्थपूर्ति र रिसीइबी मेट्न मात्रै यस्तो शक्तिको प्रयोग गर्छन |
अन्तमा फ्रीसंसार.कमको यो लेख पनि हेरौं :