वा! नेपालका निजामती कर्मचारी क्या छ बा! जो जुन कार्यालयमा कम गर्छ उसलाई कार्यालयमा के हुदै छ कुन नियम आयो भन्ने नै थाहा नहुने रहेछ सरकारी काम गर्नेहरुलाई| हुन त उच्च ओहदाको कर्मचारी, नेताज्यूहरु तथा उद्ध्योगपतिहरुले यहाँ पत्रिका किनेर पढ्ने जान्दैनन्(केहि अपबाद बाहेक)| यसकै गतिलो प्रमाण हुन् सूचना मन्त्रालयका कृष्ण घिमिरे जस्ता निजामती कर्मचारी| कुरा सिंह दरबारमा १५ गतेदेखि लागु भएको इ-पास सेवाको | आजदेखि पुराना कार्ड हरु खोस्न थालिएको रहेछ त्यसैले सिंह दरबार छिर्ने एकमात्र विकल्प इ-पास सम्बन्धि बुझ्न १९७ कि दिदीसंग सूचना तथा संचार मन्त्रालयको नम्बर मागेर डायल गरेको पहिले मन्त्रीज्यूकोमा पर्यो भनेर अर्को नम्बर दिए| अर्को नम्बरमा गर्दा दिदीले उठाइन र सम्बन्धित फाँटमा दिन्छु भन्दै फोन ट्रान्सफर गरिन तर दुइ रिंगमै फोन काटिएकोले पुन डायल गर्दा बल्ल तेस्रो प्रयासमा सम्बिन्धित व्यक्ति संग कुरा भयो|
Thursday, June 30, 2011
ठीकै भयो
घात गर्दा निष्ठुरीले, ठीकै भयो बाँच्न सिकेँ !
पीर व्यथा आफैंसँग, ठीकै भयो साँच्न सिकेँ !!
रुप अनेक निर्मोहीका, गाह्रो हुने चिन्न यहाँ !
घातसँगै सही गलत, ठीकै भयो जाँच्न सिकेँ !!
बितेका दिन सम्झिएर, कमजोर हुनु किन अब !
मर्काएर कम्मर पनि, ठीकै भयो भाँच्न सिकेँ !!
धोका पाउँदा मर्न खोज्छन्, कतिपय पागलप्रेमी !
विरहका गीतमा पनि, ठीकै भयो नाच्न सिकेँ !!

Labels:
Guest Column,
Literature
Tuesday, June 28, 2011
प्लस टु र बंक संस्कृति अनि बढ्दो लागुऔषध प्रयोग र अपराध
सरकारले यसै वर्षदेखि प्रवीणता प्रमाणपत्र तह खारेज गरेपछि अब SLCपछि उच्चशिक्षाको आधार प्लस टु मात्रै हो। अब उच्च शिक्षाका लागि विद्यार्थीहरूसँग प्लस टुको विकल्प छैन। त्यस कारण प्लस टु पनि विद्यालयजस्तै विद्याको मन्दिर सरह नै हुने गर्दछ। तर हालसालै (लगभग ३/४ बर्ष अवधि)को केहि प्लस टु सम्बन्धि घटना र यिनका रिपोर्ट हेर्ने हो भने अब प्लस टु उच्च शिक्षाको आधार होइन बंक संस्कृति, लागुऔषध प्रयोग र अपराधको आधार बन्दै गरेको देखिन्छ। शिक्षाविद्हरूका बुझाइमा पनि विद्यालयको शैलीमा सिकाइ प्रक्रियाका कारण प्लस टु शिक्षाले जुन आधारमा शिक्षण सिकाइलाई सरल बनाएको छ, प्लस टुसँगै आएका विकृतिले पुस्ता नै बदनाम हुने खतरा पनि उत्तिकै छ।
Monday, June 27, 2011
Soltini Bhani Bolako by Bidhan Shrestha
Soltini bhani bolako sasu po raichhau ni lai lai....
Labels:
Videos
मेरो पहिलो जगिंग(मार्निंग वाल्क - १)
भोलि देखि चाहिं पक्का जाने है दाई! म तपाइलाई ४ बजे नै कल गर्छु | प्रत्येक दिन बेलुका हाम्रो यस्तै सहमति हुन्थ्यो तर कार्यान्वायन भने कहिल्यै भएको होइन | कुरो मर्नींग वाल्कको हो | ज्यान जति मोटाए पनि मलाई बालै थिएन तर भुडी जो बढेको कुरा हो मलाई पनि फिटिक्कै मन परेको थिएन| मोटे, हात्ती, गैडा आदि उपनामले मलाई बोलाइदा मलाई त्यति रिस उठ्दैनथ्यो तर जब भुडे उपनामले मलाई कसैले पुकारा गर्थ्यो अनि मेरो सात पुस्तालाई नउठेको रिस मलाई उठ्थ्यो | तर के गर्नु आफ्नु भुडी थियो नै उस्तै जय भुडी भन्यो जे भेट्यो त्यहि खायो जहाँ भेट्यो त्यहिँ खायो जस्तो भेट्यो त्यस्तै खायो अनि त भुडी भुडी नै बन्ने भैहाल्यो नि | ज्यान मात्रै लागुन्जेल त मलाई टेन्सन थिएन तर जब भुडीले गति छोडेर अत्यधिक गति लिन थाल्यो तब गाउँकै एक जना दाई संग दोस्ती बढाएर मोर्निंग वाल्क जाने साथी तयार परेको थिएँ| तर संयोग कस्तो पारिदियो भने दुवै जना उस्तै ७/८ नबजी निन्द्रादेविको काख छोड्न नसक्ने | बिचरा दाईले त पहिल्यै भनिसकेका थिए कसैले उठायो भने मात्रै हो नत्र म त ७ बजे अघि उठ्न त सक्दिन है भाई! मै जान्ने भएर म नै उठाईहाल्छु नि दाई भनेको त्यसैले प्रत्येक बिहानी आँखा खुल्नेसाथ दाईको शटायर पनि कानमा पर्थे|
तर जसले जे भने पनि म मोर्निंग वाल्क नगई छोड्ने पक्षमा थिईन त्यसैले मैले अब सधै जगिंग जाने दाई संग मित्रताको डोरी बाध्ने कोशिश गरें जुन सफल पनि भयो तर मेरो उही ७/८ बजेले बिगार्यो हाम्रो प्लान| अब पुन: प्लेनमा फेरबदल गरेर दाईलै फोन गर्न लगाए यसपाला भने सफल भै'यो है| दाईको कल आयो कि म उठेर तयार पर्न थाले| बुढाले सुरुमा त बिस्तारै बिस्तारै हिडेका मात्रै थिए तर बिस्तारै स्पिड बढाउदै लगे| सुरु सुरुमा त मलाई पनि सजिलै महसुस भएको थियो तर अन्तिमसम्मको हिडाईमा म मस्त थाकेको थिए| दुइ चार दिनसम्म यहि क्रम चलिरह्यो | यति सम्म त ठिकै पनि थियो अब मेरो भुडी घट्ने र ज्यान टाइट हुनेमा म बिस्वस्त थिएँ |
अचानकै एक दिन बुढाले एकैपटक ह्वात्तै स्पिड बढाए| बुढालाई भेट्टाउन म पनि आफ्नो स्पिड बढेर आफ्नो चढ्दो उमेरको तातो रगतको जोश प्रदर्शन गर्न थाले| सुरुमा त खासै केहि अनुभव भएन तर जब पार गरेको दुरी बढ्दै जना थाल्यो तब अङ्ग अङ्ग चिलाएको जस्तो हुन थाल्यो | तै पनि मैले आफुलाई रोक्नु उचित ठानिन र कुदें तर जति कुदे पनि बुढालाई भेटे पो! गाँजा खानु चरेस खानु तर छोरो मान्छे भए पछी हरेश नखानु भनेकाले मैले पनि हरेश खाइन र दगुरी रहे बुढाको पछाडी बुढा रहेछन दौड प्रतियोगी आफु परियो निन्द्रा प्रतियोगी अनि कहाँबाट कुरा milthyo ? तै पनि म दगुरिरहें उनकै पछाडी | उकालो ओरालो हुदै हामी एउटा चौरमा आइपुगेपछि टक्क रोकियौं | त्यहाँ नरोकिउन्जेल बरु अलि अलि दुखेको खुट्टा त्यहाँ रोकिने बित्तिकै झर्ला झैँ भो, टाउको दुखेको झैँ भनन्न भो रिंगटा छुट्यो मुटु छिटो छिटो धड्कन थाल्यो स्वाँ स्वाँ र फ्वाँ फ्वाँ को गति उच्च भो उभिनलाई खुट्टाले साथ दिदैन भनेर थाहा पाएलगत्तै दुवै खुट्टा पसारेर त्यहिँ बसें|अझै गार्हो लागेकोले १०/१५ मिनेट त्यहिँ सुतें लम्पसार परेर|
बिचरा दाईले नि मैले यसलाई अत्यधिक दौडाएँ भन्ने सोचेछन कि क्या हो कुन्नि नजिकै आएर यसो हम्के झैँ गर्न थाले | दाईको त्यो पारा देखेर अचम्मित भएको म जुरुक्क उठेर घर आए | घर पुग्ने बित्तिकै कोठामा गएर खाटमा पल्टेको मलाई दुइ दिनसम्म खाटको खत हुनु परेकोमा सार्है चिन्ता थियो तर त्यो भन्दा ठुलो चिन्ता थियो अब म मोर्निंग वाल्क पनि जदिना र मेरो भुडीले पनि सहि दिशामा सहि गति नलिएर गति छाडीरहने नै भएकोमा | मैले अब सङ्कल्प गरिसकेको थिएँ कि अब म फेरी मोर्निंग वाल्कको चक्करमा फस्ने छुइना चाहे मेरो भुडीले जति सुकै गति छोडोस | मलाई मेरो भुडी जस्तो छ ठिक छ भने झैँ लग्न थालेको थियो| तर मलाई मेरो नाम नै परिवर्तन भएर भुडें नामकरण होला भन्ने ठुलो चिन्ता थियो | धन्य भगवान मेरो गतिछाडा भुडीले गति छाड्न छाडेन तर मेरो नाम भुडे भएन तर त्यो घटना पछी मेरो मन बाट मोर्निंग वाल्क को भुत भने सदाको लागि हट्यो अब त माकसम म मोर्निंग वाल्क जादै जान्न ल|

ID कार्ड नहुने यात्रु र च्याउ नखाने बाहुन उस्तै उस्तै !!
आज थापाथलीबाट नाखिपोट जाने माइक्रो बस छाडेर नाखिपोट जाँदै थिए | खलासी कराउदै थियो कृष्ण गल्लि, पुल्चोक झर्ने छ ?, दमकल झर्ने छ? जावलाखेल आइपुगेपछि उही अघि जस्तै करायो जावलाखेल झर्ने छ ?, ४/५ जना मान्छेले छ भने पछी गाडी घ्याच्च रोकियो | ५ जना मान्छे झरे | सबैले आफ्नो बिद्यार्थी परिचयपत्र पनि देखाउदै छुट मागे जसमा दुइ जना त स्कूल/कलेजका मुखै नदेखेका थिए जसलाई मैले राम्रै संग चिन्थे भने अर्का एकजना सवारी चालक नै थिए रिंगरोड रुटका जसलाई रिंगरोडको गाडी चढ्दा फाट्ट फुट्ट कहिले कहिँ देखेको थिएँ | खलासी भाडा लिएर गाडीमा बस्यो र चालकलाई जाने इसारा गर्दै सुसेली मार्यो | फेरी कुमारीपाटी आइपुगेपछि दुइ यात्रु झरे जसमध्ये दुवै जनासंग कार्ड (बिद्यार्थी परिचयपत्र) थियो | खलासी यो पटक भने निराश हुदै एक्लै फत्फताइरहेको थियो "यो तेलको शर्टेज भाको बेलामा त कार्ड नहुने मान्छे पनि गाडी चढ्नु नि, सबै कार्ड छ भन्छन ! यो कार्ड भन्ने चिज पनि जहाँ पनि पाइने रहेछ बिद्यार्थी हुनु नै नपर्ने | साला बच्चा देखि बूढासम्म स्कुल/कलेजको मुखै नदेख्नेले पनि कार्ड देखाउछन | साला च्याउ नखाने बाहुन पाउन बरु सजिलो हुन्छ तर कार्ड नहुने यात्रु नै भेटिदैन बा!"
Sunday, June 26, 2011
‘थ्री इडियट' र हाम्रो शिक्षा व्यवस्था
दीपेन्द्र लामा- आमिर खान अभिनित फिल्म ‘थ्री इडियट्स'को सफलता कीर्तिमानधारी व्यापारमा मात्रै सीमित रहेन। यसले शिक्षा प्रणालीलाई कठघरामा समेत उभ्याइदियो। तीन अर्ब भारु नाफा कमाएको सन् २००९ को यो भारतीय फिल्मले शिक्षाको यान्त्रिक संरचनाप्रति कडा व्यंग्य गर्यो।राजकुमार हिरानीद्वारा निर्देशित फिल्ममा प्रोफेसर वीरु (बोमन इरानी)ले विद्यार्थीहरू रेन्चो (आमिर), फरहान (माधवन) र राजु (शरमन जोशी)लाई तीन ‘इडियट' घोषणा गरिदिन्छ। फिल्मको कथामा भने शिक्षा प्रणाली, शिक्षक र अभिभावकलाई तीन ‘इडियट'को रूपमा स्थापित गरिएको छ।
Thursday, June 23, 2011
जे मा पनि आन्दोलन ! तेल बोक्ने ट्यांकर व्यवसायी पनि आन्दोलनमा!
साँच्चै हो रै'छ बाँचे के के देख्न पाइने रै'छ। उसै पनि कहिले आयल निगमका कर्मचारीले घायल बनाउने त कहिले कसले घायल बनाउने यो देशको पेट्रोलियम पदार्थको आपूर्तिमा अहिले केहि सहजता आएकोमा पुन: आपूर्ति प्रणालीलाई घायल बनाउने चलखेल सुरु भएको छ भर्करै मात्र भाउ बढेर रु.१०२/लि. भएको पेट्रोल अहिले बजारमा मुस्किलैले मात्र पाइन्छ। पेट्रोल मात्रै होइन डिजेलको पनि पारा उही हो। तर अहिले आयलको आपूर्तिलाई घायल बनाउने नेता, कार्यकर्ता वा कर्मचारी हैनन्। यी महाशयहरु हुन् मध्यमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघमा आबद्ध ब्यबसायिहरु जो यहि आयलको ढुवानी गरेर आफ्नो गुजारा चलाउछन। आयल निगमका उच्च अधिकारीको मिलेमतोमा ६० वटा पेट्रोलियम ट्यांकर थपिएको विरोधमा मध्यमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघ आन्दोलनमा उत्रिएका रहेछन।
उसै त भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता नतिरेर ६६ प्रतिशत तेल कटौती भइसकेको अवस्थामा झन् यिनीहरुको आन्दोलनले पेट्रोलियम पदार्थको आपूर्तिमा नराम्रो प्रभाव पर्ने छ। संघका अनुसार आयल निगमका उच्च अधिकारीले प्रति ट्यांकर दुई लाख रुपैयाँ आर्थिक भष्ट्राचार गरेर ट्यांकर निर्णय गरेका छन्। संघका एक सदस्यका अनुसार रक्सौलमा रहेका ट्यांकरले काम नपाइरहेको समयमा ६० वटा थपेर रोजीरोटी खोस्ने काम भएको छ। यो निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ, भने
संघको अगुवाईमा बिहीबारदेखि रक्सौलबाट तेल ल्याउन रोकिनुका साथै अमलेखञ्ज र काठमाडौंको थानकोट डिपोमा तेल लोड/ अनलोड ठप्प पारिएको छ। साँच्चै यिनिहरुमाथी अन्याय नै भएको होला तर के यिनीहरुको आन्दोलनले आयल निगमका उच्च अधिकारीहरुलाई केको ठेश पुर्याउछ र? यस्तरी आन्दोलन गरेर यिनीहरु आफ्नो खुट्टामा आँफै बन्चरो हान्दैछन, किनकि यिनीहरुको माग सुनुवाई भए पनि नभए पनि आयल निगमका उच्च अधिकारीहरुलाई त तलब आइहाल्छ तर दुइ छाक खान र एक सरो लाउन ज्याला मजदुरी गर्ने चालक लगायत गाडीका कर्मचारीहरुलाई त अफ्ठ्यारो पर्छ पर्छ यिनीहरुलाई पनि कम गर्न/गराउन नपाउदा घाटा त अबश्यै हुन्छा होला। तर खै यी बन्दकर्ता/आन्दोलनकारीहरुको घैटोमा घाम कहिले लाग्ने होला??

Oil
Wednesday, June 22, 2011
Love, Sex और धोका !
हिन्दी फिल्म हेर्ने गर्नुभएको छ भने देवदासको रिमेक भनिएको Dev D पनि हेर्नुभएकै छ होला छैन भने पनि उक्त फिल्मको 'Love, Sex और धोका !' गीत त सुन्नुभएकै होला ! अहिले म जुन कुरा यहाँ उल्लेख गर्न लागेको छु त्यसको Situation र यो गित मिल्न जान्छ | कुरा हो आज अफिस बाट फर्कदै गर्दा बाटोमा सुनिएको बार्तालापको | हजुर म अफिसबाट घर फर्कदै गर्दा दुइजना केटाहरु म भन्दा अगाडी थिए | उनीहरुको बार्तालाप:
पहिलो: ह्या यार यो छप्की भन्ने चिज पनि कस्तो है'छ ! साला खाली धम्क्याउछ मात्रै यार ! आफुलाई यहाँ पैसा नभएर टेन्सन छ साला उसलाई खाली घुम्न जानकै चिन्ता छ !(यीनले अलिक अगाडी कसैसंग फोनमा कुरा गरेका थिए सायद फोनमा उनकी प्रेमिकाले घुम्न जाने प्रस्ताब राखेकी थिइन् होला |)

Monday, June 20, 2011
SLC Result-2067/2068
Today SLC board of Nepal has published the result of the SLC exam which was held on 2067 B.S.
Labels:
SLC
Saturday, June 18, 2011
Wednesday, June 15, 2011
चन्द्रग्रहणले गर्न सक्छ तपाइको सौभाग्यको सुर्योदय
मुलुकको धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो असर पार्नसक्ने मानिएको शताब्दीकै सबैभन्दा ठूलो खग्रास चन्द्रग्रहण आज मध्यरातबाट सुरु हुँदैछ। चन्द्रग्रहण वृश्चिक राशीबाट सुरु भई धनुराशीमा अन्त्य हुनेछ। हिमवत् खण्डको उत्तरी गोलार्द्धमा अवस्थित नेपाल वृश्चिक राशीमा र भारत धनुराशीमा रहेकाले बढीरुपमा नेपाल तथा भारतमा यसको असर पर्ने बताइए पनि साधकहरुका अनुसार सौभाग्याले आज अर्थात् 15 जून(असार १ ) मा यस्तो दुर्लभ मौका आउदै छ कि जहिले गरिएको ध्यानले सधखारुलाई चाडैं नै चाहेको सफलता मिल्न सक्नेछ, किनकि आज हुन गैरहेको चन्द्रग्रहण सबै भन्दा लामो र प्रभावशाली चन्द्रग्रहण हो भनिएको छ। चन्द्रमाले हाम्रो मन र बिचारलाई सिधै प्रभावित गर्ने शक्ति राख्दछ। ध्यानमा सफलता मिल्न पनि मनलाई नियन्त्रण गर्ने शक्ति हुनुका साथै बिचारलाई पूर्ण केन्द्रित गराउने शक्तिको अवश्यकता पर्दछ।
Sunday, June 5, 2011
बैंककको यौन बजार
--राजेन्द्र ज्ञवाली
कोठाभित्रको दृश्य मेरा लागि अप्रत्याशितमात्र होइन अपत्यारिलो समेत थियो। मलाई आफ्नै आँखामा विश्वास लागेन। के ती दृश्यहरू साँच्चै थिए अथवा म कुनै वयस्क अंग्रेजी चलचित्र हेरिरहेको थिए।
काठमाडौंबाट हिँड्नु अघिल्लो दिन नै एक जना पत्रकार दाजुले आँखा झिम्क्याउँदै भनेका थिए-बैंकक हुदै जान लागेको रहेछौँ प्याटपङ्ग जान नबिर्सनु है। उनको भनाईको अर्थ मैले नबुझेको पनि होइन। र, जे त्यहाँ देखिरहेको थिएँ त्यसबारे नसुनेको पनि होइन। बैंककको रात्रि जीवनबारे धेरै पटक साथीभाइबाट सुनेको थिएँ, समाचार पत्र र यात्रा बृतान्तमा पढेको थिए। तर त्यस्ता दृश्यहरू प्रत्यक्ष देख्दा भने अनौठोमात्र होइन अविश्वसनीय लागेको थियो।
२०५६७ सालको भदौको महिनामा भियतनामको दानाङ्गमा हुन लागेको १६ वर्ष मुनिका खेलाडीहरूको एसियाली फुटबल छनोट प्रतियोगिताको समाचार संकलन गर्न म, अर्का पत्रकार सनेन्द्र माली र एन्फा पदाधिकारी महेश गुरुङ त्यता जाने क्रममा यौन बजारबारे विश्व प्रसिद्ध थाइल्यान्डको राजधानी बैंककमा थियौँ। हामी पुगेको अर्को विहानै २८ दिन अघिदेखि अभ्यासका लागि त्यहाँ रहेको नेपाली टोलीसँग दानाङ्ग तर्फ लाग्नुपर्ने थियो। तर टिकट नपाएकाले हामी तीन जनालाई थप दुई दिन बस्नुपर्ने भएको थियो।
दानाङ्गका लागि नउड्दासम्म दिनभरी हामीलाई बैंककमा नेपाली टोलीका लियाजन अफिसरले साथ दिने भएअनुरुप बेलुकासम्म बैंकक सहर घुमेका थियौँ।
लियाजन अफिसरले टाउन इन टाउन होटलको मुलद्वार नजिकै छाडेर गएपछि हामी भित्र नपसी केहीबेर त्यही कुरा गरेर बस्यौँ। दिनभरीको घुमाइले हो वा केले मेरो टाउको दुखिरहेको थियो।
अनि एक्कासी बैंककको यौन बजार घुम्न जाने प्रसंग आयो। मेरो टाउको दुखेकाले के गरौँ के गरौँ भएको थियो, तर होटलमा एक्लै बसेर पनि के गर्ने भनेर म पनि तयार भएँ र हामी ट्याक्सीमा प्याटपङ्गतर्फ लाग्यौं।

Guest Column
Subscribe to:
Posts (Atom)