Wednesday, January 4, 2012

कहिले हुने पेट्रोलियमको सहज आपूर्ति?

आयल निगम घाटामा रहेको भन्दै पटक पटक मूल्यवृद्धि भए पनि सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सकेको छैन| प्रत्येक बर्ष जाडो महिनाको सुरुवातसंगै सुरु हुने तेलको अभाव यस बर्ष पनि ज्यूँ का त्यूँ छ | तेलको मुल्यमा भारी वृद्धि पछी पनि नेपाली उपभोक्ताहरु घन्टौ सम्म तेलको लाइनमा बस्न बाध्य छन्| आफ्ना सवारी साधन हुनेहरुलाई आफ्नै साधन घाँडो भएको छ भने आफ्नो साधन नहुने हरु सडकमा घन्टौ कुर्दा पनि साधन नपाएर दिक्क हुन थालेका छन् | तेलको मूल्य र अभाव समानान्तर रुपमा बढ्दो छ उता सवारी साधनको छाप पनि दिन प्रतिदिन बढ्दो नै छ| यस्तो अवस्थामा पनि सरकार भने मुकदर्शक बनेर बसेको छ यस्तो लाचारी कहिले सम्म??


आयल निगम अहिले घाटामा छ भनिन्छ र आयल निगमको घाटा पूर्तिको लागि मूल्य वृद्धि गरिएको भन्दै पटक पटक मूल्य वृद्धि हुँदा पनि तेलको सहज आपूर्ति नहुँदा जनता मारमा परेका छन्| एकातिर रोजीरोटीको  रुपमा रहेको जागिर अनि अर्को तिर त्यहि जागिरमा पुग्न र त्यहि जागिर बचाउन सहयोगी सवारीसाधनमा इन्धनको समस्याले घन्टौ लाइनमै बिताउनु पर्ने भएपछी कसलाई निको लाग्ला र? यस्तै अनुभव भोग्दै छन् नेपाली जनताहरु| प्रत्येक बर्ष जाडो महिनाको सुरुवातसंगै सुरु हुने तेलको अभाव यस बर्ष पनि ज्यूँ का त्यूँ छ | तेलको मुल्यमा भारी वृद्धि पछी पनि नेपाली उपभोक्ताहरु घन्टौ सम्म तेलको लाइनमा बस्न बाध्य छन्| न त लाइनमा बस्ने सबैले भने जति तेल पाउछन न त गाडी चढ्नेले नै पनि पैसा तिरेर समयमै गाडी चदना नै पाउछन|

न बिजुली न पानी न पेट्रोलियम पदार्थ न त जनताको आवाज सुनिदिने नै कोहि छ| न जनताको आवाज सिंहदरबार छिर्न सक्छ न त सिंहदरबार भित्रको सरकारले जनता तेलको लाइनमा बसेको नै देख्छ| बाबुराम सरकारको गुणगान गाउनेहरु जो बाबुरामले त केहि गर्छन भन्ने सोच्ने गर्छनलाई पानी बाबुराम सरकारले निराशा नै प्रदान गर्यो| खाली जनताको समस्या सुन्दैमा र हेल्लो सरकार जस्ता कार्यक्रम गर्दैमा समस्याको समाधान पक्कै हुदैन| समस्या समाधान गर्न आवश्यक कदम र पहलको आवश्यकता पर्दछ तर बाबुरामको पानी काँ त चिरिएकै रहेछ| घट्नु पर्ने समस्याहरु दिन प्रतिदिन बढ्दै छ| तेल अभाव भएको यतिका दिन भैसक्यो तर पनि उही भैरव दाजुको जय भोलि पारामा प्रधानमन्त्रिको कानमा पर्नै बाँकि हो कि परेर पनि काम गर्न जय भोलि भएको हो कुन्नि पेट्रोलियमको समस्या घट्ने भन्दा बढ्ने तर्फी उन्मुख भैरहेको छ| आखिर सरकार पेट्रोलियमको बिषयमा कतिन्जेल मुखदर्शक भएर बस्ने हो ?

अचम्मको कुरा त यहाँ पो छ त जुन कम्पनि घाटामा गएको छ त्यहि कम्पनीको कर्मचारीलाई बोनस अनि त्यहि कम्पनीले चाही उच्चपदस्थ व्यक्तित्वहरुलाई आफुले सकेको उपहार दिने गर्दछ| हुँदा हुँदा पछिल्लो समय गरिएको उच्च मूल्य वृद्धिको दरअनुसार कारोबार हुँदा पनि मासिक १ अर्ब २६ करोड ५० लाख रुपैयाँ घाटा पूर्ति हुने गरी मूल्यवृद्धि गर्ने तयारी गर्नुपर्ने गरि घाटामा गएको (घ)आयल निगमका कर्मचारी नै बोनस खान्छन| अनि (घ)आयल निगम लाजै नमानी मूल्य वृद्धि गर्छ| तै पनि आयल निगमलाई नै घाटा छ तै पनि मूल्य वृद्धि हुन्छ र तेल पनि सहज ढंगले पाइदैन| वा क्या छ नेपाली पारा?
Source:hamraikura.blogspot.com

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |