Wednesday, January 11, 2012

पृथ्वीनारायण शाह कि नेताहरु - को निरङ्कुश??

आज पौष २७, नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाहको दुई सय ५०औ जन्मोत्सव | राजतन्त्र छउन्जेल पृथ्वी जयन्ति भन्दै आजैका दिन सर्वजंक बिदा हुन्थ्यो | तर बिडम्बना राजतन्त्र हट्नसाथै खुबै गणतन्त्रबादी देखाउन गणतन्त्रबादी सरकार आउनेबित्तिकै नेपाल एकिकरणकर्ताकै अस्तित्व र भूमिकामाथि नानाभाती जायज नाजायज आरोप लगाउने देखि लिएर पृथ्वीजयन्ति नै नमनाउने निर्णय गरेर इतिहासकै उपेक्षा गरियो | राष्ट्रनिर्माताका बारेमा एकथरि उनलाई राष्ट्रिय एकताका प्रतिक मान्नुपर्ने र उनको जन्मदिनलाई नेपाल दिवसका रुपमा मनाउनुपर्ने माग गरिरहेका छन भने अर्कोथरिले पृथ्वीनारायणले एकीकरणका नाममा नेपालका जनजाती र उनीहरुको भाषासंस्कृतिमाथि दमन गरेको भन्दै उनलाई दमनकारी र क्रुर शासकको रुपमा पनि ब्याख्या गर्दछन |


तर त्यतिखेरको समयमा बाइसे/चौबिसे राज्यहरु रहेर भारत वा अन्य कुनै देशमा गाभिनु भन्दा त एउटा सिंगो नेपाल निर्माण गरेर नेपाली बनाउनु नै उनको महानता हो र उनलाई राष्ट्रनिर्माताको रुपमा व्याख्या गर्न पाउनु र आफुलाई नेपाली भनेर चिनाउन पाउनु नै हाम्रा लागि गौरवका कुरा हुन् आजको अवस्थामा | चाहे जुनसुकै नेताले जतिसुकै खोकुन वा जसले जे सुकै भनुन पृथ्वी नारायण शाहले त्यतिबेला बाइसे/चौबिसे राज्यहरुलाई एकीकरण नगरिदिएको भए न हामी नेपाली हुन पाउथ्यौं न गौतम बुद्ध नेपालका हुन्थे न त सगरमाथा नै नेपालमा पर्थ्यो, जुन कुराहरु हाम्रा सान हुन् भन्न हामी पछी पर्दैनौ| यदि पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरिदिएका हुन्थेनन भने न यहाँ अहिले पृथ्वी नारायण शाहको शालिक ढाल्ने र उनलाई नानाभाती आरोप लगाउने हरुले राजनीति गर्ने र यसरि अर्कालाई आरोप लगाउने ठाउं नै पाउथे|
गल्ति त पृथ्वी नारायण शाहकै हो किनकि उनले नेपाल निर्माण गरे | उनले नै आफ्ना शालिक ढाल्ने ठाउँ दिए | उनले नेपालको एकीकरण गर्दैनथे भने न त उनको शालिक बन्थ्यो न त ढल्थ्यो नै | न त राजनीति गर्नेहरुले राजतन्त्रको सत्तोसराप गर्न नै पाउथे | यसरि हेर्दा न रहन्थे नेपाली न हुन्थ्यो यो राजनीतिक खिचातानी | त्यसैले यदि पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरिदिएको भए त टण्टा नै साफ हुन्थ्यो नि ''न रहन्थे बाँस न बझ्थे मुरली'' |
पृथ्वीनारायण शाह कि नेताहरु - को निरङ्कुश??
सबै भन्दा पहिला त कस्ता व्यक्तिलाई निरङ्कुश भन्ने भन्ने कुरा नै अस्पष्ट छ| यदि पृथ्वीनारायण शाह निरङ्कुश हुन् भने अहिलेक नेपाली नेताहरु झनै निरङ्कुश छन् भन्दा अत्योक्ति नहोला| होला पृथ्वी नारायण शाहले राज्य विस्तार/एकीकरण गर्ने क्रममा केहि निरङ्कुश कार्यहरु पनि गरे होलान तर अहिलेका नेताहरुले जस्तो बिना कारण मान्छे मार्ने, भ्रस्टाचार गर्ने जस्ता कार्यहरु त गरेका थिएनन नि | कसैले जस्तो जनताको बलि नितान्त व्यक्तिगत स्वार्थको लागि त गरेका थिएनन नि| कमसेकम उनको पालामा सुशाशन भन्ने कुरा त थियो नि | अहिलेको जस्तो बेथिति त थिएन नि त्यतिबेला पनि|

त्यतिबेला राजतन्त्र समयको माग थियो | र अहिले राजतन्त्रको अन्त्य नै समयको माग थियो | परिवर्तन चाहन्थे नेपाली जनता यतिखेर तर इतिहाँस नै मेटाउने परिवर्तन हैन खाली परिवर्तन मात्रै चाहिएको थियो जनतालाई | आखिर इतिहाँस नै मेटाएर भोलि हामी हाम्रा पुस्तालाई के दिन सकौला त??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |