Thursday, January 19, 2012

अझै कति राहत दिने हो कमरेड जनतालाई??

मुस्तांगमा सरर बाबुराम ! (कार्टून:गूगल दाईको search Engine)

सर्वबिदितै छ बाबुराम सरकार मितव्ययी छ | यति मितव्ययी छ कि चियापानमा मात्रै २२/२३ लाख खर्च गर्छा त्यै भएर त सरकार पनि मुस्तांग चढ्छ नि ! यस्तो मितव्ययी सरकारले जनताका लागि पनि धेरै गर्न पनि त सक्दैन नि तै पनि बाबुराम सरकारले त गरकै छ नि ! कमसेकम अरु सरकारले भन्दा बढी आश्वाशन त बढेको छ अरे यार झुटै सहि | आखिर मुलुक र जनताले रोजेका र नारायणकाजी लगायत मधेशीहरुले पनि खोजेका जो प्रधानमन्त्री छन् मुलुकमा | बाबुरामको नाटकीय मितव्ययिताको कुरा, भो न कुरा गरम! मुस्तांग चढेर बचाएको खर्च उनले चियापानमा गरे त के भो ?? आखिर उनले त चाहेकै हुन् नि खर्च कम गर्न !

भद्रकालीमा पेट्रोलियमको लागि लागेको लाइन | (तस्विर:अशोक दुलाल)
बाबुरामले जनतालाई धेरै कुरामा राहत दिएका छन् ! अरे यार YCL र उनकै कार्यकर्ताहरुलाई सहि रे युवा स्वरोजगारको पैसा पनि त बढेकै हुन् तर बिचमै अलपत्र पर्यो र पो योजना नत्र सरकारैपिच्छे हरेकले आफ्ना कार्यकर्तालाई बाँढ्न पाउथे नि ! तर खै के भो कुन्नि बिचमै रोकियो | यो त उनि अर्थमन्त्री हुँदाको कुरा हो ! त्यै भएर त जनताले बाबुराम बाबुराम भनेका थिए | त्यसैले उनि मुलुकको प्रधानमन्त्री पनि बने र फेरी जनतामाथिको आर्थिक बोझ घटाउन उनले मुस्तांग प्रबित्ति अंगाले ! मुस्तांग प्रबित्तिले एकातिर स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिनुपर्छ भन्ने संदेश दिनुका साथै मुलुकमा रोजगारीको अवसरको वृद्धिको झिनो आशालाई पनि त अगाडी ल्यायो नि | यसरि जनतालाई राहत दिदै आएको बाबुराम सरकारले हिजो फेरी जनतालाई अचम्मैसित एउटा राहत दियो |जसबाट धेरै जनताको त होस् हवासै गुम भयो होला जसको घरमा मट्टीतेल र ग्यास सिद्धिन लागेको थियो उनीहरुलाई त पनि छ्यापेरै बिउझाउनु पर्ने सम्मको स्थिति आएको थियो भने पनि अचम्मको कुरा रहेन |

लामो समयदेखि अभाव झेल्दै आएका जनतालाई बिना इन्धन ढाड सेकाएर बाबुराम सरकारले जनतालाई ठुलो राहत दिएको छ | हजुर अहिलेसम्मकै उच्चमुल्यबृद्धि गरेर सरकारले जनताको ढाड मात्रै सेकाएन जनतालाई सार्है ठुलो राहत पनि दियो | तपाई भन्नु होला ढाड सेकाउदा पनि के क राहत त्यो त घाममा सेक्दा पनि हुन्थ्यो नि ! कुरा त्यसो हैन पाठकवर्ग, जाडो महिना छ घाम देख्न मुस्किल छ अनि हिटर बल्न इन्धन छैन अनि यस्तो अवस्थामा ढाड सेकाइदिए पछि भएन त ठुलो राहत ?? तर अब बाबुराम सरकारले यस्तै राहत दिदै गयो भने जनता राहत खप्न सक्दैनन् | त्यसैले कमरेड कहिले सम्म दिने हो जनतालाई यस्तो राहत ?? विचार गर्ने बेला भयो नि कमरेड!!!

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |