Friday, January 6, 2012

९३ बर्षमा बिबाह - मर्ने बेलामा हरियो काँक्रो

यो प्रेम भन्ने चिज पनि अचम्मकै हुँदो रहेछ | प्रेम साँच्चै नै अन्धो नै हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् : ९३ वर्षकी वेरा लरेन्स र ८४ वर्षका रोबर्ट व्हिटलले | प्रस्तुत छ यससम्बन्धि onlinekhabar.comबाट लिइएको समाचार

भनिन्छ प्रेमलाई उमेरले छेक्दैन । तन बुढो भएपनि मन बुढो हुँदैन, त्यसैले मन मिल्यो भने विवाह गर्न पनि उमेर बाधक बन्दैन । यो कुरा प्रमाणित गरिदिएकी छिन् बेलायतकी एक महिलाले ।

९३ वर्षकी वेरा लरेन्सले आफ्नो ३३ वर्षको प्रेमसम्बन्धलाई हालै विवाहबन्धनमा परिणत गरेकी छिन् । त्यो पनि आफुभन्दा ९ वर्ष कान्छो बुढो तन्नेरीसित । वेराले नयाँ वर्षको दिन ८४ वर्षका रोबर्ट व्हिटलसँग झ्याइँ पारेकी हुन् । अचम्मको कुरा यी दुइ बेहुलाबेहुलीको उमेर जोड्दा १ सय ७७ वर्ष हुन्छ ।


३३ वर्ष पहिला यी दुइबीच पहिलोपटक एक वृद्धहरुको क्लबमा भेट भएपछि माया अंकुराएको थियो । उनीहरु त्यसपछि तीन दशकभन्दा बढि समय एक अर्कालाई मन पराइरहे तर उमेर निकै घर्केकाले विवाह गर्ने कुरा सोँच्न सकेनन् । तर झण्डै डेढ महिना पहिले वेरालाई के जंग चलेछ कुन्नी रोबर्टसामु विवाहको प्रस्ताव गरिन् । बुढ्यौलीमा जिवनसाथी पाउने भएपछि रोबर्ट पनि मख्ख परे र विवाहको प्रस्ताव स्विकार गरे ।

यहीँ नयाँ वर्षको दिन दुइ जनाबीच स्थानीय चर्चमा विवाह भयो । विवाह समारोहमा दुबैका साथी तथा इष्टमित्रहरु सहभागि थिए । चर्चका पादरीले उनको विवाह गराइदिए र आशिर्वाद पनि दिए ।

वेरा र रोबर्टले जिन्दगीमा पहिलो पटक विवाह गरेका हुन् वा यसअघि पनि कसैसँग विवाह गरेर छुटि्टएका थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । तर जे होस् डाँडापारीको घाम भनेजस्तो उमेरमा झ्याइँ पार्ने यो जोडीलाई सुखद दाम्पत्य जिवनको कामना गर्नैपर्छ ।
स्रोत:- अनलाइनखबर.कम

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |