Sunday, August 5, 2012

ल्यापटप र वाई-फाईले प्रजनन स्वास्थ्यमा असर गर्ला नि?

२१औं शताब्दी, सूचना र प्रविधिको युगमा संसारले ठुलै फड्को मारिसकेको छ | प्रविधिले मानिसलाई धेरै नै सजिलो बनाइदिएको छ | तर प्रविधिलाई उपयुक्त तरिकाले उपयोग गर्न सकिएन भने यसले ल्याउने समस्या पनि चानेचुने चाही हुदैन | प्रविधिकै उत्पादन ल्यापटप पनि त्यसबाट अछुतो भने छैन | हजुर ल्यापटपले पनि तपाइको स्वास्थ्यमा खराबी उत्पन्न गराउन सक्छ |

के तपाई ल्यापटप काखमा राखेर चलाउनुहुन्छ ? उसो भए सावधान रहनुहोस, ल्यापटपले उत्पन्न गराउने तापले तपाइको अन्डकोषलाई पनि तताउन सक्छ | जसको कारणले शुक्रकिट मर्छ र प्रजनन स्वास्थ्यमा असर पर्न सक्छ | तपाइलाई यो कुरा पहिले नै थाहा छ र ल्यापटपमा कूलर जडान गरिसक्नु भएको छ र तपाई ढुक्क हुनुहुन्छ भने पनि अर्को समस्या तपाईले चलाउने गर्नुभएको वाई-फाईले गर्दा पनि उत्पन्न हुन्छ | हजुर इन्टरनेटको लागि तपाईले आफ्नो ल्यापटपमा जडान गर्नुभएको वाई-फाई पनि तपाईको लागि घातक हुन सक्छ | हो ल्यापटपको ताप जस्तै वाई-फाई पनि प्रजनन स्वास्थ्यको लागि घातक भएको पट्ट लागेको छ | काखमा राखिएको ल्यापटपमा वाई-फाई चलाउंदा पुरुषको अन्डकोषको नजिक पर्न जाने र यसले पुरुषको स्पर्मको चालमा कमि ल्याउनुका साथै स्पर्मकोषको डी.एन.ए. मा पनि असर गर्छ | फलस्वरूप पुरुषहरुको प्रजनन शक्तिमा ह्रास आउछ | त्यसैले ल्यापटपलाई काखमा राखेर चलाउनु घातक हुन्छ | त्यसकारण अब ल्यापटपलाई टेबलमा वा अन्य कुनै स्थानमा राखेर चलाउने कि ?

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |