Friday, August 10, 2012

एक था टाइगर : सलमानको भविष्यमा प्रश्नचिन्ह

लगातार तिन फिल्मको सफलता पश्चात सलमान खान यस समय बलिउडमा आफ्नो क्यारिअरको चरम सिमामा छन् । तर यी अभिनेतालाई लाग्छ, कि यो उनि यतिखेर महत्वपुर्ण तथा जोखिमपूर्ण आवस्थामा छन्, किनकि उनलाई यो थाहा छैन कि अगाडी के गर्नु पर्छ । सलमान खानले भर्खरै एक भेटमा भने "म खुसि छु कि मेरा फिल्महरु राम्रो व्यापार गरिरहेका छन्, तर यस समय मा अझ बढी खतरनाक अवस्थामा छु किनकि मलाई थाहा छैन कि अघिल्लो फिल्ममा के गर्नु पर्छ, मलाई थाहा छैन अब के गरूँ ?" यी अभिनेताले अगाडी भने: "कि मैले फिल्महरुमा जो भूमिका निभाएको छु, उनमा मलाई बहुत बढाई-चढाई गरेर देखाइएको छ । यस्तो लाग्छ कि यस पात्रलाई कसैले पिट्न सक्दैन, जसले गर्दा मानिसहरु बोर हुन सक्छन ।
इदमा लगातार तिन ब्लकबस्टर फिल्म वान्टेड, दबंग र बडीगार्डको सफलता पछी अब यी ४६ बर्षे अभिनेता आफ्ना एक अर्को फिल्म एक था टाइगर को प्रदर्शनको लागि प्रोमोशनमा लागिपरेका छन् । पछिल्ला तीन सफल फिल्म दबंग 215 करोड रुपैयाँ, रेडी 180 करोड रुपैयाँ र बडीगार्ड 230 करोड रुपैयाँको ह्याट्रिक पछाडी न केवल दर्शक, निर्माता पनि सलमानको हरेक अगिल्लो फिल्मबाट आशा गर्दै बस्छन ।

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |