
पटक पटक विभिन्न कारण देखाउदै पेसी सारे पनि अन्तत: खुमबहादुर खड्का भ्रष्टाचारी नै ठहरिए । हुन त उनि भाग्यमानी नै हुन् । भ्रष्टाचार अभियोग लागेको यत्तिको समयसम्म पनि न बिशेषले न त सर्वोच्च अदालतले नै उनलाई भ्रष्टाचारी ठहर गर्न सकेको थियो । सर्वबिदितै छ खुमबहादुर खड्का कांग्रेसका कुटिल र माहिर खेलाडी हुन् । त्यसैले आफ्नो पावरको दुरुपयोग गर्दै बचेर आएका थिए । तर पाप धुरीबाट कराउछ भनेझैँ उनलाई पनि सर्वोच्चा अदालतले दोषी ठहर गर्दै रु.९४ लाख ७४ हजार १२२ रुपियाँ १३ पैसा जरिवाना तोकिदियो । त्यतिले मात्र नभएर स्रोत नखुलेको भन्दै उनकी श्रीमती शीला शर्मा खडकाका नामको एभरेष्ट बैंक लि.नयाँ बानेश्वरको खाता नं. ८५८० “ए” खातामा मौज्दात रहेको रु.२५,००,००० तथा यसबाट बढेबढाएको ब्याज समेत जफत गर्नुका साथै उनकै(शिलाकै) नामको ल.पु.ल.पु.उ.म.पा.वडा नं.२ मा रहेको लिखत मूल्य रु.२०,९२,००० बराबरको १ रोपनी ६ आना १ पैसा १ दाम जग्गा र खड्काको आफ्नै नामको ल.पु.उ.म.पा.वडा नं.२ को १ रोपनी ६ आना र अर्को १ आना १ पैसा जग्गामध्ये घरबाहेकको जग्गाबाट रु.२०,५६,९८७.०२ बराबरको भागहिस्सा साथै खुमबहादुर खडकाका नाममा दर्ता रहेको बा.२ च.९५५५, खरीद मूल्य रु.२४,५०,०००को मित्सुविसी प्राडो गाडी र तत्कालीन मूल्य बराबरको रु.३,७५,१३५.११ बराबरको ३३ तोला सुन र २.९३ किलो चाँदी समेत जफत गर्ने भएको छ ।
0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |