Sunday, August 12, 2012

देखिन थाल्यो बाउको बिहे !

हामी कसैसंग रिसाएको बेला बाउको बिहे देख्लास नि फेरी भन्दै थर्काउछौ, जुन असम्भव मानिन्थ्यो पहिला पहिला । तर अब जमाना परिवर्तन भएको छ, हामीले रिसमा भन्ने बाउको बिहे देख्ने कुरा अब सामान्य भैसकेको छ । नेपाली समाजमा नै बाउको बिहे गराइदिने र बाउको बिहे हेर्ने कार्यको लहर नै चलेको छ । केहि समय अगाडी हरिबंश आचार्यबाट सुरु भएको यो शृंखलाले सफलता पाएको नै भन्नु पर्छ, किनकि यो लेख लेख्दासम्म तीनजना चर्चित व्यक्तिहरुले आफ्नो बिहे छोरा छोरीलाई देखाइसकेका अनि बाउको बिहे देखिसकेका छन् ।
 चर्चित कलाकार हरिबंश आचार्यले श्रीमतीको निधनको एकबर्ष पुग्दानपुग्दै दोश्रो बिबाह गरे जसको आलोचना र समर्थन दुवै भयो । त्यसपछि साहित्यकार कृष्ण धराबासी, जसले पनि आफ्नी सहृदयी पत्नीलाई केहि समय अगाडी मात्रै गुमाएका थिए, उनले पनि दोस्रो बिबाह गरे । दुबैको परिवारको सल्लाहले नै बिबाह गरिएको भनिएको थियो त्यस समयमा । यद्यपी धराबासीको बिबाहमा भने उनका परिवारका सदस्यहरुको उपस्थिति थिएन भने उता आचार्यको बिहेमा पनि जेठ छोरा अमेरिकामा भएकोले र उनका कान्छा छोरा मोहितचाही नया आमालाई स्वागत गर्न घरमै बसेकाले छोराहरु अनुपस्थित थिए यद्यपी उनका कान्छा छोरा भने बाबुको दोस्रो बिहेको लागि दिलोज्यानले लागिपरेका थिए भन्ने खबर आएको थियो ।

यी त भए पुराना कुरा जसमा आफन्त र साथीको सल्लाहमा गरिएको दोस्रो बिबाह तर आजको घटना भने बिल्कुलै नौलो रहेछ । हामी सबैले सुन्दै आएको भन्दा बेग्लै । हजुर बाबु आमाले छोरा छोरीको लागि बर बधु खोजेर बिबाह गराइदिने त पुरानै कुरा हो जुन हामीले सुन्दै र भोग्दै आइरहेका कुराहरु हुन् । तर आज संचारकर्मी  सम्झना अर्यालले भने आफ्ना लागि नया आमा अर्थात् बाबुका लागि बधु खोजेर बिबाह गरिदीइछन । सबैले आफ्नी सौतेनी आमा/कान्छी आमालाई रुचाउदैनन । अनि सौतेनी आमाहरुले पनि आफ्ना सौतेनी सन्तानहरुलाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् भन्ने धारणा भएको समाजमा छोरा छोरीको उपस्थितिमा वा सल्लाहमा बिबाह हुनु अचम्मकै कुरा हो ।

खैर जे भएपनि आवेशमा आएको बेलामा वा कसै संग रिसाएको बेलामा भन्ने बाउको बिहे अचेल प्रचालनमै आउन थालेको छ । लौ खुसि हुनुहोस अब तपाइको पनि सौभाग्य बन्न सक्छ बाउको बिहे हेर्ने । लौ Try गर्दैगर्नुहोस है बाउको बिहे गराउने यदि तपाइको पनि आमा हुनुहुन्न भने ।
</div>

1 comments:

Kamal Budha said...
January 16, 2017 at 9:52 PM

साहित्यकार तथा पत्रकार दिया चन्द को यो लभ स्टोरी अबस्य पढ्नुहोला
http://www.imandarmedia.com/2017/01/diya-chand.html

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |