Tuesday, June 5, 2012

फूटफ्लु रोगले ग्रस्त देश

कुनै समय थियो जब ४ जात ३६ वर्णका फूलबारीका फूलहरु आफु ४ जात ३६ वर्णका फूलबारीका फूलहरु हौँ भन्दै गौरव गर्थे भने माली त्यहि फूलबारीको माली हुन् भन्दै आफ्नो शिर ठाडो पार्दथे | तर जमाना फेरियो हिजोका चार जात ३६ वर्णका फूलबारीका फूलहरु एकले अर्कालाई हेपेको ठान्न र देख्न थाले सबैले आफ्नो स्वतन्त्रता र आफ्नो हक अधिकारको कुरा गर्न थाले यतिसम्म कि संगै फुल्ने फूलहरुले मा यो जात र त यो जात तेरो यो ठाउँसम्म फूल्न पाउने अधिकार र मेरो यो ठाउँ सम्म पुग्न पाउने अधिकार भन्दै आफै आफै मा झगडा गर्न थाले | सबै फूल यात्रा तत्र फूल्दा मग्मगाउने फूलबारीमा सबै फूलको क्षेत्र छुट्टियो | बगैंचा कुरूप देखिन थाल्यो | जसले आफ्नो जातको हकअधिकारको लागि लड्न सिकाउदै आन्दोलनको नेतृत्व गर्यो उ असफल भयो तर आन्दोलन चर्कदै गयो | मालीहरु परिवर्तन भए भै नै रहे तर फूलहरु छुट्टै बसी रहे बगैंचा कुरूप बनिरह्यो |

यस्तै छ हाम्रो देशको हाल पनि हाम्रो देशका जातजाती फूल, नेताहरु आन्दोलनका नेतृत्वकर्ता र राजा पछी प्रधानमन्त्रीहरु माली बने | तर देशमा केहि यस्ता नेताहरु निस्किए जो जातीय सद्भाव खल्बल्याएर देशलाई कुरूप बनाउन र भाई भाईलाई जुधाएर र फुटाएर आफु शासन गर्ने दाउमा रहे | नेताहरुलाई सधै नै कुर्सि प्यारो बनिरह्यो | चाहे देशमा संबिधान सभाको जन्म हुँदा होस् वा संबिधान लेख्ने समयमा होस् वा त संबिधान सभाको हत्या गर्दाको समयमा नै किन नहोस सबैले आफ्नो र सत्ताको समीकरण बनाउन मात्रै खोजे | एकले अर्कालाई बिश्वास गरेनन खाली दोषारोपण मात्रै गरे | समय थप्दा थप्दा २ बर्षको लागि पाएको म्याद नघाएर date expired औषधिले काम चलाए झैँ गरि ४ बर्ष लगाउदा पनि संबिधान लेख्न असमर्थ रहे नेता र सभासदहरु | सुनिदैछ फेरी संबिधान सभा ब्युझाउने काम हुँदै छ रे ! भो नेताज्यू चाहिदैन हामीलाई संबिधान जसले हामीलाई आर्थिक भार मात्रै बोकाउछ | अहिले जनता खल्तीमा पैसा नभएर असिनपसिन भएर हिड्दैछन् त्यसको कारण के त ?? तपाईहरुले ४ बर्षसम्म खाएको भत्ता हाम्रै रगत पसिना हैन र नेताज्यू ??

खैर यी कुराहरु !! जति नेताहरु हिजो पार्टीमा दख्हल राख्ने नेता देशको राजनीतिमा महत्वपुर्ण खेलाडी मानिन्थे ति सबैको चाला नि देखियो | जो हिजो नेपाली नेपाली बिचमा जातको कुरा र जातीय दमन शोषणका कुराहरु गरेर नेपालीहरुलाई लडाउन र फुटाउन चाहन्थे तिनीहरुको नै पार्टी फुट्दैछ रे बन्ने हल्लाहरु मिडियामा आइरहेका छन् | जसले आफ्नै पार्टीभित्र त नेता र कार्यकर्ताहरुको चित्त बुझाउन सकेको छैन उसले सबै जातीको चित्त कसरि बुझुना सक्ला?? जसले आफ्नै पार्टीलाई त नेतृत्व गर्न सकी रहेको छैन भने सम्पूर्ण जनतालाई कसरि नेतृत्व गर्ला ?? यो त भयो पार्टीभित्रको फूटको कुरा | बास्तवमा भन्ने हो भने पुरै देश नै फूट रोगबाट ग्रस्त छ | यहाँ दाजुलाई भाइको बिश्वास छैन | लोग्नेलाई स्वास्नीको बिश्वास छैन | बाउलाई छोराको बिश्वास छैन | यहाँ कसैलाई कसैको बिश्वास छैन छ भने खाली अर्काको रिस, डाहा र अविश्वास जुन रिस, डाहा र अविश्वासले पैदा गरेको छ फूटको संघार जहाँ हामी सबै खडा छौं पार्टीमा नेता र देशमा हामी भेडा जनता |

देशमा जातीयद्वन्द्वको खतरा छ पार्टीमा पदीय द्वन्द्वको खतरा छ | हामी भाई भाई मा लड्दै छौं नेताहरु नेतृत्व तहमा लड्दैछन | आखिर जो लडे पनि जो फुटे पनि लड्दै छौं दाजुभाई र फुट्दै छौं दाजुभाई नै | "भाई फुटे गँवार लुटे" भने जस्तै हामी भाईभाई लड्दा फुट्दा देशलाई खतरा छ छिमेकि कहिले घर छोड्ला र यसको नास गरौला भनेर बसिरहेको छ | तर हामी भाई भाई झगडा गर्दै अंशबन्डामा नै झगडा गर्दै छौ तर छिमेकीले जग्गा मिचेको हामीलाई थाहा छैन | आखिर कहिले सम्म यस्तो हुने हो | हाम्रो देशमा कहिले सम्म फूटफ्लुले राज गर्ने हो त??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |