Thursday, May 31, 2012

बम पनि गोलीको शिकार

केपी ढुंगाना, काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको छ। शंखमुलस्थित युएन पार्क नजिकै मोटरसाइकलमा आएका दुई जनाले उनीमाथि गोली प्रहार गरेका हुन्। बमको शरीरमा ६ गोली लागेको थियो।
बमका अङ्गरक्षक असई महेश गिरी र उनीहरुसँगै रहेका राम गिरीलाई पनि गोली लागेको छ। उपचारका क्रममा बमको निधन भएको हो। घाइते दुईको उपचार भइरहेको छ। गाडीका चालक अस्ट लामा भने सुरक्षित छन्।
बिहीबार बिहान ११:०५ बजे कलंकीको निवासबाट बंगलामुखी मन्दिर दर्शन गरी बा ८ च ९८५३ नम्बरको सेतो सरकारी गाडीमा फर्कँदै गरेका बेला आक्रमण भएको थियो। कालो पल्सरमा आएका दुई जनाले सुरुमा अंगरक्षकलाई र त्यसपछि न्यायाधीश बम र सँगै रहेका उनका साथी राम गिरीलाई समेत गोली हानेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी रविराज थापाले बताए। उनका अनुसार दुबैले अनुहार छोपिने गरी मास्क लगाएका थिए। सिसा लगाएको गाडीभित्र रहेका बममाथि सिसाबाहिरैबाट गोली दागिएको थियो।


मेरो बिचार
जहाँ सुरक्षा छैन .... जहाँ यथासक्य चांडो अपराधी पत्ता लगाउने गफ दिइन्छ.. त्यहि हो हाम्रो नेपाल वा!

हाम्रो नेपालको सुरक्षा ब्यवस्था ! हामी यति सुरक्षित छौं कि कुनै VIP area मा गोलि लागेर मारियो भने पनि अपराधी सजिलै उम्कन्छ तर अपराधीलाई जतिसक्दो चांडो पत्ता लगाएर कारबाही गरिने गफ दिइन्छ | जतिसुकै अपराधिक क्रियाकलाप बढे पनि सुरक्षा निकाय कहिले पनि कम्जोर भएको हुदैन सधै सुरक्षा व्यवस्था कडा पारिएको मात्रै बताइन्छ | तर अपराधका घटना घटिसकेपछी एउटा आयोग सम्म गठन हुन्छ अनि सुरक्षा निकायले सक्दो प्रयास गर्छ तर आफ्नै हातबाट अपराधी उम्कंदा पनि पत्तो पाउदैन | आजको गोलि काण्ड पनि यस्तै प्रकृतिको निरन्तरता मात्रै हुनेछ भन्ने यो पंक्तिकारको ठम्याई छ | घटना घटेको स्थानबाट केहि पर प्रहरी बिट छ तर घटना घटाएर अपराधी फरार हुँदा सम्म पनि प्रहरी बेखबर छ | हुन त पहिले पनि घन्टाघर र लाजिम्पाटको घटनामा प्रहरीको अगाडीबाट नै अपराधी फरार नभएका हैनन् |

ए ! बाबा सुरक्षा दिन नसक्ने भए आश्वासन पनि नदिनु नि | हिजोका दिनमा पनि कुनै फरार अपराधी पत्ता लागेको record सायदै होलान वा भए पनि बिरलै होलान | हुन त हामी बिर गोर्खाली, अर्काको सुरक्षाको लागि हामी जान्छौं | हामी बहादुर छौं अरुका नज़रमा तर हामी आफ्नै सुरक्षा भने हामी गर्न सक्दैनौ | हुन त हामी आफै भाई भाई झगडा गरेर देशै त टुक्र्याउन पछी नपर्ने महान बुद्धिमान मान्छे | हुन त समाजमा अपराध निर्मुल पर्नु असाध्यै गार्हो काम हो अझ हाम्रो जस्तो बेरोजगारी बढी भएको देशमा त त्यो असम्भव प्राय नै छ तर पनि घटना घटीरहन्छ, सरकार आयोग माथि आयोग गठन गरि नै रहन्छ अनि सुरक्षा निकाय सधै मजबुत बनि नै रहन्छ चाहे त्यो प्रत्येक समयमा असफल नै किन नहोस | जनता सुरक्षा निकायमाथि बिश्वास गर्छन तर चोरी, डकैति, हत्या-हिंसा घट्ने भन्दा बढ्नेतिर अगाडी छन् | अनि सुरक्षा निकाय घटनाको ६/७ महिनामा एउटा प्रतिबेदन सार्वजनिक गरिदिन्छ र भनिदिन्छ कि हामी अपराधीको नजिकै पुगीसक्यौ अब चाडै नै अपराधी फेला पर्छ यो घटनामा फलानो बिदेशी मुलका नागरिकहरुको हात रहेछ | आखिर कतिन्जेल यस्तो हुन्छ |

मेरो कुरा
मलाई लाग्छ नेपालमा जति पनि VIP तथा चर्चित व्यक्तिहरुको हत्या हुन्छ यो सुनियोजित रुपमा धेरै दिन follow गरेर र धेरै अध्ययन गरेर मात्रै हुन्छ | यस्तो हत्यामा संग्लग्न अपराधीहरु पनि एउटै समुहका हुन्छन किनकि अहिले सम्म घटेका यस्ता घटनाहरुमा अपराधीहरुको तरिका एउटै छ र सबैले मोटरसाइकल नै प्रयोग गरेका छन् जुन घटनापछि फेला परेको आशंका पनि यस अघिका घटनामा पनि भएकै हुन् |

समाचार श्रोत : NAGARIKNEWS.COM

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |