Wednesday, June 20, 2012

SLC फेल बिध्यार्थिहरु किन गर्छन आत्महत्या ??

भर्खरै मात्रै आएको SLC परीक्षाको परीक्षाफल प्रकाशित हुने बित्तिकै बिध्यार्थिहरुद्वारा आत्महत्या भन्ने खबरहरु भटाभट आउन थाले । १० जनाले आत्महत्या गरेको सम्म त समाचारमा नै आयो । आखिर किन गर्छन त SLC फेल बिद्यार्थीहरु आत्महत्या जस्तो कार्य राजेश घिमिरेको एक रिपोर्ट:

SLC परिक्षाफल प्रकाशित भएपछी काठमाडौंमा निरुता कार्की, रुविना कार्कीले आत्महत्या गरेका थिए। धादिङ ज्यामरुङकी १७ वर्षे रेश्मा कँडेल, विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसी अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्। त्यस्तै बाँके शमशेरगन्ज-७ का १६ वर्षे नेत्रबहादुर थापाले बिषादी खाएर आत्महत्या गरेका छन् । कन्चनपुर, सुडा-२ की २० वर्षे आशा रैकालले झुन्डिएर आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोक, पांग्रेटारकी १७ वर्षे सुशीला तिमल्सिनाले पनि बिहीबार बेलुकै डोरीको पासो लगाएर आत्महत्या गरेकी छन् । ठानामौला गाविस-९ अर्चलेकी १७ वर्षीया दुर्गा अधिकारीले बिहीबार दिउँसो कालीगण्डकीमा हामफालेर आत्महत्या गरेकी हुन्। ठानामौलास्थित जनज्योति उच्चमाविकी एक्जाम्टेड परीक्षार्थी अधिकारीले पूरकमा समेत उत्तीर्ण हुन नसकेपछि आत्महत्या गरेको बताइएको छ ।
यसरि बर्षेनी SLC परीक्षाफल प्रकाशित हुनासाथ कयौ बिद्यार्थीहरु कमजोर मानशिकताका कारण आत्महत्या जस्तो घृणित र निन्दनीय कार्यहरु गर्ने गर्दछन । यसको कारण मुख्यत: पारिवारिक तत्व नै हो । किनकि जब SLC आउछ तब पहाडै खस्न लागेको जस्तो, के के न हुन लागेको जस्तो, SLC पास गर्ने पर्ने बाध्यात्मक परिस्थिति खडा गरिन्छ । तर विद्यार्थीको बौदिक क्षमता कति छ उसले पढ्न सकेको छ कि छैन भन्ने कुरा सोचिदैन । तर अनावश्यक तनाव उत्पन्न गराइन्छ । अनि जब परिक्षाफल प्रकाशित हुन्छ अनि फेल हुने विद्यार्थीलाई परिवार देखि समाजसम्मले हेर्ने दृष्टिकोण नै परिवर्तन हुन्छ ।

एकातिर आफ्ना साथीभाइको प्रगति र आफ्नो असफलतामा चिन्तित भएर रुमल्लिरहेको मानिसलाई जब परिवार र साथीभाईले पनि हेप्न र नराम्रो दृष्टिले हेर्न थाल्छन, तब उ आफै आत्महत्या बाहेक अरु कुनै विकल्प छान्न सक्दैन । हाम्रो समाजमा थुप्रै शिक्षित मानिसहरु भैकन पनि SLC लाई के के न हो भन्नेको संख्या धेरै छ । SLC जाबो पनि पास हुन नसक्नेले बाँचेर के गर्नु ? भन्ने भनाइ अझै पनि कतिपयले प्रयोग गर्न छोडेका छैनन् । एकातिर उसै पनि Depression मा परेको मान्छे झन् माथि कसैले गाली गरिदियो भने त उसलाई के चाहियो र ? साथीभाईले SLC पास गरेर college पढ्न थाल्दा आफ्नो एक बर्ष खेर गएकोमा पिर परिरहेको मान्छेलाई आफ्ना परिवारबाट नै समर्थन नभएपछी अन्तत: रोज्न पुग्ने बाटो हो आत्महत्या । सायद यहि कुरालाई मनन गरेर होला शिक्षा विभागले अन्तर्राष्ट्रिय अक्षर ग्रेड सिस्टम प्रयोग गर्ने भएको छ भन्ने समाचार आएको छ । तर यो पनि HSEB र +२ लाई मोटो बनाउने कार्य मात्रै हो भनेर बिरोध हुन पनि सुरु भैसकेको छ । खैर, जे भएपनि SLC फेल हुँदैमा आत्महत्या गर्ने कार्य निर्मुल पर्नु जरुरि छ ।

कसरि कम गर्न सकिन्छ त यस्ता कार्यहरु:
  • बास्तवमा SLC मात्रै हैन कुनै पनि परिक्षा ठुलो कुरा हैन भन्ने कुरा मानिसहरुले बुझ्नु जरुरि छ ।
  • परिक्षामा फेल हुँदैमा जीवन बर्बादै हुने वा कुनै आकाश खसेर मानिसलाई थिच्ने हुदैन भन्ने बुझ्नु र बुझाउनु पर्छ ।
  • जसरि घोडा चड्ने मानिस लड्छ त्यसरी नै पढ्ने मान्छे पनि फेल हुन्छ तर एक पटक फेल हुदैमा आत्तिएर बस्नुको सट्टा अर्कोपटक पढेर पास गर्ने कुरामा प्रतिबद्द भएर पढ्न सुरु गर्नु पर्छ ।
  • छोराछोरी फेल भएर आए भनेर गाली गर्नु भन्दा पनि अर्को चोटी कसरि पढाएर पास गराउने भन्नेतर्फ सोच्नु पर्दछ ।
  • छोरा छोरी किन फेल भए वा किन पढ्न मन गर्दैनन् र के गर्दा त्यसको समाधान निस्कन्छ भन्नेतर्फ सोच्नु पर्दछ ।
Pictures source:Google Search

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |