![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEikwNyNmE_8m8H-iaCekGbjwq8sUMtiX9Q8TrYJxroiykZVpsG6K4ZUQTe9-2NDX81xehHfzrIhr-KKP5mPOYNj1-TfT4645gAoOoh0cMjQtPi3JyqP3IQMuZuNcRpOCDt71457vg6EEKnh/s200/unemployment-line.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjRCAtShxpQk6g-U7h5BdUjwu-BHRo9nxBuGuW8J-jZSbMVWmD9KkBRxPJJaBfBUOmJC_9vzdwk8oaukLjPLz4QGWizzdKJjxIKyJ9HzEUmSzT4oxm8-5rUVc_mqSzhPBdr_gQe0MVWdp6n/s200/crime.jpg)
यहाँ यस्तै छ जसले हान्यो उसले जान्यो भन्ने उक्ति नै यहाँ लागु हुन्छ | बर्षौ दुख गरेर हजारौ लगानी गरेर पढ्यो पढ्यो लास्टमा जागिर नपाएपछी आत्महत्या बाहेक कुनै उपाय नदेख्ने युबक जति मुर्ख छन् उति नै बाध्य पनि रहेछन भन्ने कुरा उनले चारैतिर जागिरको लागि कोशिस गर्दा पनि जागिर नपाएकोबाट पुस्टि हुन्छ | यहाँ पढेर हुनेवाला केहि पनि छैन तर जसको मान्छे ठाउंमा पुगेका छन् उनीहरुले नपढे पनि जागिर र राम्रो तलब पनि पाउछन | त्यसैले नै हत्या, हिंसा जस्ता अपराध बढेका पो हुन् कि भन्ने यो पंक्तिकारको ठम्याई छ | बर्षौको लगानी खेर गएपछि त्यो लगानी उठाउन कि त अपराधिक गिरोहमा संग्लग्न भएर कमाउनु पर्यो, कि त महोत्तरी जिल्ला स्थायी घर भई विरगंजको रानीघाटमा डेरा गरि बस्ने २८ बर्षीय प्रविन भट्टले झैँ आत्महत्या नै गर्नुपर्यो | तर धेरै बेरोजगारले पहिलो बाटो रोज्छन किनकि दोस्रो बाटो रोज्नभन्दा पहिलो बाटो रोज्न उनीहरुको तातो रगतले उनीहरुलाई प्रेरित गर्छ | त्यसैले बढ्छ समाजमा अपराध |
सुनिन्छ कुनै ठाउँमा त घरको ढोकामा ताल्चा नै लगादैनन रे किनकि त्यहाँ छोरि गर्ने मान्छे नै हुदैनन् सबै जागिरे हुन्छन अनि कसको फुर्सद अपराध गर्न ?? अमेरिका कहिल्यै बन्द हुदैन किन त ?? त्यहाँ नेताको पछी लागेर नेताको पुच्छर बनेर हिड्ने फुर्सद भएका मानिस नै हुदैनन् त अनि कहाँ बन्द हुनु ?? तर हाम्रो नेपालमा न त चोरी नहुने सम्भावना छ न त नेपाल बन्द नै हुन छोड्छ | यो सबको कारण के त -बेरोजगारी नै सबैको कारण हो | बेरोजगारी नै अपराधको मुख्य कारण हो यस तर्फ नेता र सरकारले कहिले सोच्ला | बेरोजगारी घटाएर अपराधिक कार्यहरुलाई उन्मुलन बनाउनु नै सरकारको दायित्व हो | तर यहाँ त एकतिर नेताहरु आफ्नै सत्तालोलुपताका कारण बेरोजगारी घटाउने भन्दा बढाउने तर्फ लागेका छन् किनकि उनीहरुलाई जागिरे हैन बेरोजगार युवा चाहिएको छ जो उनीहरुको आन्दोलनमा ढुंगा मुढा गरुन | अनि कसले घटाउछ बेरोजगारी र कसले गर्छा अपराध नियन्त्रण?
0 comments:
Post a Comment
कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |