Thursday, June 7, 2012

४ बर्षमा संबिधान नबनाउनेहरुले एकदिनमा बनाउछन रे!

खास समयसीमा २ बर्षको तोकिए पनि ४ बर्षसम्म भत्ता मात्र पचाएर बस्ने नेताहरुले संबिधान बनाउने आशा त कसैले गरेकै छैनन होला, यदि छन् भने पनि यो तिनीहरुको मुर्ख्याई मात्रै हुनेछ भन्ने ठहर गर्दै बसेको थिए म हिजोसम्म | तर आज अचम्मै भयो, तीनजना महान हस्ती अधिवक्तात्रय भोजराज आचार्य, धन बहादुर श्रेष्ठ र ज्ञान प्रसाद खनालले संयुक्त रुपमा म्याद सकिएर स्वत: विघटित भैसकेको संबिधानसभालाई पुन: एकदिनलाई पुन:स्थापना गर्नु पर्ने माग राख्दै रित दायर गरेछन | अचम्मको कुरा त यो छ कि यत्रो चार बर्षसम्म संबिधान नबनाउने नेताहरुमा यी तिन जना अधिबक्ताहरुले कुन जादुको छडी देखेर एकदिनको लागि संबिधान सभाको पुन:स्थापना गर्ने माग गरेका होलान?? अझ अचम्मको कुरा त अन्तरिम संविधानको भावना, जनचाहना तथा हालसम्मको लगानी खेर जान दिन नहुने र भविश्यमा हुनसक्ने गृहयुद्धसमेतका सम्भावनालाई ध्यान दिई गत २०६८ सालमा प्रतिपादित नजिरसमेतलाई असर नपर्ने गरी एक दिनका लागि संविधानसभाको पदावधि कायम रहेको घोषणा हुनु अनिवार्य भएको सो रिटमा उल्लेख छ।

एकातिर नेताहरु ४ बर्षमा करोडौ खर्च गरेर पनि संबिधान बनाउन असफल भएको अवस्था छ भने अर्कातिर देश संबैधानिक रिक्तताबाट गुज्रिरहेको अवस्था छ | यस्तो अवस्थामा राजसंस्था पुन:स्थापनाको कुराहरु पनि उठ्न थालिसकेको छ | तर जनताको बलिदान र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको हत्या हुने खतरा पनि बढेको यो अवस्थामा संबिधान सभाको पुन:स्थापना एउटा विकल्प त हुन सक्छ | तर १२ वर्षा ढुंग्रामा राख्दा पनि नसुध्रने हाम्रा नेताहरुले जति समय थपे पनि नयाँ संबिधान निर्माण गर्न सक्दैनन् | नयाँ संबिधान निर्माणको लागि त कि बिदेशी प्रभुको आशिर्वाद चाहिन्छ कि त उतै प्रभुले नै बनाउनुभएको संबिधान जारी गर्नु पर्ने हुन्छ | तर बाँस र बाँसुरी दुवै नरहेको यो अवस्थामा देश त्यसै पनि अन्यौलमा त फसेको छ नै झन् अन्यौलमा पार्ने काम गर्दैछन् नेता र यस्तै मुद्धाहरु | यो समयमा आएर यस्तो रिट दर्ता हुनुले कतै यसमा नेताहरुकै हात त छैन भन्ने शंका पनि गर्ने ठाउं पनि प्रशस्तै छन् किनकि एकातिर नेताहरु पनि संबिधानसभा पुन:स्थापना गर्न सकिन्छा भन्दै भाषण गर्दै हिडिरहेका बेला यो रिट दर्ता हुनु नै षड्यन्त्र पनि हुन सक्छ | तपाइलाई कस्तो लाग्यो त यो रिट कृपया तल comment मा लेख्नु होला

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |