Monday, October 3, 2011

NCELL-Here to loot Nepal

NCELLको रिचार्ज कार्ड  जति देखिएको हो त्यतिमै बेच्नुपर्ने कार्डलाई उपभोक्ता ठगेर बेच्ने गरिन्छ, गल्ति कसको??
NCELL-नेपालको दूरसंचार सेवामा नेपाल टेलिकम पछिको दोस्रो टेलिकम भर्खरै केहि समय अघि मात्र बिदेशी टेलिकम टेलियोसोनेरासंग सहकार्य गरेको टेलिकम! हालैका दिनहरुमा यसका सेवा तथा नेटवर्क बिस्तारमा आएको सुधारमा गिरावट आउन थालेको छ तै पनि ग्राहक थप्न छाडेको छैन। भर्खरै मात्र आफ्नो ग्राहक संख्या ६० लाखभन्दा बढी भएको जानकारी सार्वजनिक गरेको Ncellको सेवा सुविधा धेरै अवश्य छन् तर सबै बाध्यात्मक जस्ता र झुटा लाग्ने खालका छन् । उदाहरणका लागि तपाईले Ncell मा PRBT सेवा लिनुभयो भने प्रतिमहिना १०.४३ पैसा भ्याट बाहेक लाग्ने जानकारी पाइन्छ तर अर्को १० रुपैया भ्याट बाहेक काट्ने गर्छ, तर PRBT सेवा लिनेहरुमध्ये धेरैलाई यो कुरा थाहा नहुन सक्छ। अन्य सेवाहरुमा पनि यस्तै लुकेका रकमहरु हुने गरेको पाइन्छ। यो त भयो सेवाको कुरा अब लागौं NCELLको टावरको कुरा गर्न। टावरको कुरा गर्दा NCELL को नेटवर्कको गुणस्तर पनि खस्केको महसुस ग्राहकले गर्न पाउछन। कति प्या ठाउँमा यस्तो भैसक्यो कि तपाई मोबाइलमा कुरा गर्दै हुनुहुन्छ भने तपाई यता उता सर्दा मोबाइलमा Network Fail वा Unable To Connect जस्ता Message हरु देखा पर्न सक्छ र फोन काटिन्छ। अझ पनि गफै मिठा दिन्छ NCELL भन्छ With more than 60,00,000 Subscriber. एउटै ग्राहकलाई दुइवटा सिम दिने NCELL विज्ञापनकै भरमा ठुलो टेलिकम बन्न खोज्दै छ।
NCELL को सेवा, सुविधा यदि नि:शुल्क छ र तपाई लिन चाहनुहुन्छ भने पनि प्रक्रिया सरल छैन किनकि कुनै पनि नि:शुल्क सेवा लिंदा तपाईले कम्तिमा ३ पटकसम्म त ९००५/९००७मा फोन गर्नै पर्ने हुन्छ। यस्तै सेवा र सुविधाको कुरा गर्नु पर्दा NCELLले हालैका दिनमा दशैंको समयमा आएर रिचार्ज कार्डमा केहि परिवर्तन गरेको छ सानो साइज र फरक डिजाइन/प्रिन्टमा बजारमा निस्केको कार्डमा ५०मा ४९.२, १००मा ९८.४, ३००मा २९५.२ र ५००मा ४९२ रुपैया आउछ तर किन्नु पर्दा भने ५०लाई ५५,१०० लाई १०५, ३०० लाइ ३१० र ५०० लाई ५१० नै तिर्नु पर्छ यस बिषयमा खुद्रा बिक्रेताहरुसंग केहि भन्यो भने हामीलाई पुरानै रेट लिन्छ हामी चाही घाटा खाएर बेच्न सकिन्छ र??

सत्य कुरा के हो NCELL ले कुनै चासो दिएको देखिएको छैन दशैंमा नेपाली ठग्ने NCELL को यो काइदा ग्राहक ठग्ने पुरानै काइदाको नया शृंखला हो। कहिले कुन सेवा/सुविधाको नाममा नबुझ्ने ग्राहकलाई झुक्याउने त कहिले hidden charge लिने गरेको NCELL ले मात्रै ठगेको छैन कि उसका समान बिक्रि गर्नेहरुले पनि ग्राहक ठग्ने गरेका छन् त्यो चाही ट्रान्सफरमा मात्रै हो। तर यसमा पनि कमिसन थोरै मात्र हुन्छ हामीले भाडा तिर्नु परेन भन्ने तर्क गर्ने बिक्रेताहरु पनि भेटिन्छन। अब NCELL ले यस बिषयमा छानबिन गर्ला कि नगर्ला??  यसरि हेर्दा NCELL को slogan नै परिवर्तन गर्नु पर्ने देखिन्छ NCELL Here for Nepal हैन कि NCELL Here to loot Nepal भयो भने उपयुक्त हुन्छ कि??             

2 comments:

Gokarna Karki said...
December 15, 2011 at 8:17 PM

yo kura to 100% right ho. But NTC pani yo bhanda kam ko 6aina. NTC ma vanda ta NCELL ma dherai nai facilities 6a. ani NCELL sasto pani 6a. ani NTC vanda dherai guwastariya pani. Hamilai paisa sasto haina gusatar ramro chahiyo.

Rajesh Ghimire said...
December 19, 2011 at 9:26 PM

गोकर्णजी NCELL को गुणस्तरियता र services त देखिइ सकेको छ | अनि NCELL को बारेमा हामीलाई थाहा नभएको होइन गुणस्तरियाताको कुरा गर्नु पर्दा एक पाइला अगाडी आएको नेटवर्क एक पैला बढ्यो भने आउदैन यसलाई आफै मिलाएर बुझ्नुस | किन र कस्ता समाचार आउछन भन्ने बारेमा म पछी लेख्नेछु |

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |