खास समयसीमा २ बर्षको तोकिए पनि ४ बर्षसम्म भत्ता मात्र पचाएर बस्ने नेताहरुले संबिधान बनाउने आशा त कसैले गरेकै छैनन होला, यदि छन् भने पनि यो तिनीहरुको मुर्ख्याई मात्रै हुनेछ भन्ने ठहर गर्दै बसेको थिए म हिजोसम्म | तर आज अचम्मै भयो, तीनजना महान हस्ती अधिवक्तात्रय भोजराज आचार्य, धन बहादुर श्रेष्ठ र ज्ञान प्रसाद खनालले संयुक्त रुपमा म्याद सकिएर स्वत: विघटित भैसकेको संबिधानसभालाई पुन: एकदिनलाई पुन:स्थापना गर्नु पर्ने माग राख्दै रित दायर गरेछन | अचम्मको कुरा त यो छ कि यत्रो चार बर्षसम्म संबिधान नबनाउने नेताहरुमा यी तिन जना अधिबक्ताहरुले कुन जादुको छडी देखेर एकदिनको लागि संबिधान सभाको पुन:स्थापना गर्ने माग गरेका होलान?? अझ अचम्मको कुरा त अन्तरिम संविधानको भावना, जनचाहना तथा हालसम्मको लगानी खेर जान दिन नहुने र भविश्यमा हुनसक्ने गृहयुद्धसमेतका सम्भावनालाई ध्यान दिई गत २०६८ सालमा प्रतिपादित नजिरसमेतलाई असर नपर्ने गरी एक दिनका लागि संविधानसभाको पदावधि कायम रहेको घोषणा हुनु अनिवार्य भएको सो रिटमा उल्लेख छ।