Monday, May 16, 2011

थपौँ थपौँ संबिधानको मिती ! जे सुकै होस हामीलाई यत्रै सित्ती !!

खेर गए जान्छ जनताको रगत र पसिना थपौँ थपौँ संबिधानको मिती !
हामीलाई त भत्ता आउछ जस्ले जे भनोस, जे गरोस् हामीलाई यत्रै सित्ती !!


जनता आखिर भेडा नै हुन हाम्रै पछी आउछन !
एउटा सरकारी जागिर पाउन पनि हामीकैमा  धाउछन !!


संबिधान सभा छऊन्जेल त हाम्रो पनि मानै ठुलो !
कुट्नितिक राहदानी बेचेर इज्जतमा मिसाए पनि धुलो !!


जनताले मानेकै छन सभासद हो भनी !
जागिर लगाइदिने आश्वासन त दिन्छौँ नि घुस गनी गनी !!


भ्रस्टाचार गर्ने हामी हैन, जनता नै तलब दिन्छन अनी के गर्नु त?
काम गरेको पैसा पनि नलिएर हामी चाँही के भोक भोकै मर्नु त ?


आखिर यही बेला त हो मोज गर्ने, हामीलाई आएकै छ पैसा !
जनतालाई संबिधानको सपना भएपनी हात्ती आयो हात्ती आयो फुस्सा !!


आ! जे हुन्छ हुन्छ यस्पाली पनि काले काले मिलेर खाउँ भाले !
गाली गरे, सरापे पनि केही लाग्दैन, यि भेडा जनताले !!


त्यसैले त
खेर गए जान्छ जनताको रगत र पसिना थपौँ थपौँ संबिधानको मिती !
हामीलाई त भत्ता आउछ जस्ले जे भनोस, जे गरोस् हामीलाई यत्रै सित्ती !!

2 comments:

Sujan Bhattarai said...
May 23, 2011 at 4:54 PM

खेर गए जान्छ जनताको रगत र पसिना थपौँ थपौँ संबिधानको मिती !
हामीलाई त भत्ता आउछ जस्ले जे भनोस, जे गरोस् हामीलाई यत्रै सित्ती !!

RajU Timilsina said...
May 26, 2011 at 2:23 PM

jati miti thape pani lasta' tyai ho...

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |