Tuesday, May 17, 2011

उपनामको खोजीमा

मान्छे साँच्चै अचम्मको प्राणी हो जसलाई आफुसंग भएको भन्दा नभएको बस्तु चाहिन्छ | जुन चिज आफुसंग छ त्यो चिज महत्वहीन बन्न पुग्छ भने जे चिज आफुसंग छैन त्यै चाही महत्वपुर्ण हुन पुग्ने रहेछ | त्यस्तै आवस्था बाट अहिले म आफै गुज्रिरहेको छु ! किनकि मलाई मेरो इमेल नहुन्जेल इमेल बनाउने ठुलो इच्छा थियो इमेल बनेपछि बिस्तारै इन्टरनेटको दुनियामा प्रवेश भयो अनि सुरु भयो ब्लगिंग | यस क्रममा कति ब्लग बनाइयो कति अनि कति डिलिट गरियो त्यसको गणना के गर्नु र ? तपाइलाई लग्यो होला कति भूमिका बधिरा'को खुरुक्क भने भैहाल्यो नि ! 

अहिले म संग इमेल छ ब्लग छ सबै भन्दा ठुलो कुरा त म इन्टरनेटको दुनियामा भुल्न थालिसकेको छु | अब मलाई पुच्छारे नाम यानी उपनामको आवश्यकता महसुस हुन थालेको छ | आमा बुबाले राखिदिएको यति राम्रो नाम चाड चाडै पनि मलाई उपनाम चाहिएको छ | अग्रज ब्लगर हरुको ब्लगमा डुल्दै जान्छु प्राय: सबैको उपनाम हुन्छा तर मेरो हुदैन अनि मलाई लाग्छ एउटा उपनाम त राख्नै पर्यो | फेरी कहिँ कतै साहित्यिक कृति हरु पढ्छु लेखकको नाम संगै पुच्छरमा एउटा उपनाम भेटिन्छ | फेरी आफुलाई एउटा उपनामको आवश्यकता परेको महसुस हुन्छ | त्यसैले म बितेका दुइ बर्ष देखि उपनाम खोजिरहेको छु तर भेटिरहेको छुइन | भेटेको छुइन पनि के भन्नु मन पर्ने खालको उपनाम चाही भेटेको छैन भन्नु पर्ला | उपनाम धेरै नै भेटिएका हुन् तर आफुलाई मन परे पो ! केहि उपनाम अरुले राखिसकेकाले मन नपर्ने त केहि हाइपोथेटिकल खालका भएकाले मन नपर्ने त कोहि के हुने ? यस्तै समस्याका बीच पनि आफुलाई घगडान लेखक बनाउन र भनाउन एउटा उपनामको जरुरत परेको छ, मलाई ! अब के गर्नु दिमागमा आका जति सबै नाम मन पर्ने छोडेपछि तपाइलाई कुनै आइडिया छ भने मलाई बताइदिनुस न है | एउटा उपनाम त राख्नै पर्यो भन्या ल कुनै उपनाम फुर्यो भने मलाई भन्नुस है

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |