Monday, May 9, 2011

पैसाको लागि के सम्म गर्छ मान्छेले?

साच्चै संसार स्वार्थी छ जसलाई पनि आफुलाई परेको पिर, मर्का, दु:ख, समस्या मात्रै ठुलो भयङ्कर समस्या जस्तो लाग्छ| साच्चै नढाँटि भन्नु पर्दा मलाई अनि तपाइलाई सबैलाई यस्तै हुन्छ | जसलाई पनि आफुलाई परेको समस्या भयङ्कर लग्नु स्वाभाविक हो | आखिर मानव स्वभाव नै यस्तै छ किनकि मानिस सामाजिक प्राणि हो रे जसको बुद्धि र बिबेक हुन्छ  रे| खैर, यो त भयो सामान्य मानीसहरुको स्वभाव | यति सम्म कसलाई के समस्या तर जति जति समयक्रमको चक्र कुमालेको चक्र झैँ घुम्दै जान्छ उति उति समयक्रमसंगै मानिस पनि आफुलाई बिकसित र नक्कले/नक्कली बनाउदै जादै छ | यहि आफुलाई परिवर्तन गर्दै लाने क्रममा मानिसलाई विभिन्न किसिमका समस्याहरु आउछन| जब मानिसहरुलाई समस्या आउन थाल्छन यसक्रममा सबै समस्याको समाधान गर्ने एउटै मात्र मानब निर्मित यस्तो बस्तु हो पैसा! हजुर पैसा नै एउटा यस्तो बस्तु हो जसमा सबै कुराको समाधान लुकेको हुँदो रहेछ र त पैसाकै निम्ति यो संसारका मानिसहरु दिन-रात, भोक-प्यास, थकाई, निन्द्रा आदिको मायाँ मारेर काम गर्छन| या त्यो काम राम्रो र सहि मार्गको होस् वा गैर कानुनी, २नम्बरी र काला काम नै किन नहोस्। मान्छे जस्तो सुकै काम गर्न पछी नपर्दो रहेछ केवल पैसाकै निम्ती। नत्र न त यहाँ नेता भनाउदा रक्तपिपाशुरुपी मान्छेले जनता सँग झुटो बोल्थे न त कर्मचारीले कार्यालयलाई छल्थ्यो न त यो समाजमा भ्रस्टाचार र कुकर्मको बिउ रोपिन्थ्यो।


प्रसंग भर्खरै मात्रै प्रकाशमा आएको तर केही पहिल्यै घटेको घटनाको, तेह्रथुम, आठराईकि १७ बर्षिया देवीमाया गौतमको पती परमेश्वर मानिने श्रीमानले बिबाह भएको दुई दिनमै हात काटिदिएका रहेछन। त्यो पनि भारत घुम्न नगएको झोँकमा अझ उन्को कुर मन्ने हो भने भारतमा बेचिन नगएको निउँ हो भन्ने बुझ्न सकिन्छ। देवीमायाका अनुसार पटक पटक भारत घुम्न जान अस्विकार गरेकोले उनलाई मार्ने प्रयास उनका श्रीमानले गरेक रहेछन तै रोइ कराइ गरेपछी गाउँलेले बचाएछन उनलाई। अहिले उन्को एउटा हात छैन र उनी जीता अपाङ्ग आश्रममा बस्छिन।    खैर यो त एउटी देवीमायाको कथा, यस्ता देवीमायाहरु जो आफ्नै सासु, ससुरा र श्रीमानबाट पीडित छन, हाम्रो नेपालमा कती छन कती छन ?? कुनै पनि संघ, संस्था वा गै.स.स.हरु सँग शायदै होला यस्को रेकर्ड !

अब फेरी अर्को प्रसंग, सभासदहरुको चर्तिकलाको! हजुर हामी सबै नेपाली जनताले विश्वाश गरेर जिताएर पठाएका सभासदहरु अहिले के गर्दै छन त। तोकिएको समयसिमा भित्र संबिधान जारी गर्न असफल सभासदहरुले थपिएको एक बर्ष पनि कुर्सिको झगडा र आपसी लडाईंमै बिताइसकेका छन भने संबिधान लेख्ने कामलाई "काम कुरो एकतिर कुम्लो बोकी ठिमीतिर" पठाइदिएका छन। अब संबिधान जारी गर्न लग्भग १९-२० दिनजती बाँकी छ अब दलहरुले जेठ १४ मा पुरै नसके पनि खाका संबिधान ल्याएर समय बढाउने रे समय बढाउने पनि के भन्नु र सभासद्को तलब बढाउने रे। सभासदहरुले खानै नपाएर आफ्नो कुटनितिक राहदानी नै बेच्न थालेपछी यसो गरे अली अली बच्छ कि भनेर होला शायद। 

खैर, यि त भए पैसाको लागि कस्ले के गरेका छन भन्ने केही उदाहरण, बिश्लेषण थप केही उदाहरणमा लिन सकिन्छ चौधरी ग्रुपको भ्याट छली अनी अर्थमन्त्रि र अर्थसचिबको मनमुटाब र अर्थसचिबको राजीनामा प्रकरण। सुगतरत्न कङ्साकारको जहाज खरिद्को बैना प्रकरण अनी यस्ता अन्य थुप्रै प्रकरणहरु छन।जस्को कारण पैसा नै हो भन्ने यो पङ्तिकारको ठहर छ। अन्तत: यो पङ्तिकार यो निष्कर्शमा आइपुगेको छ कि पैसा नै यस्तो वस्तु हो जस्ले मानिसलाई सपार्ने र बिगार्ने दुबै काम गर्छ। पैसामा संसार अडेको छ र पैसाकै निम्ती जो जे गर्न पनि तयार हुन्छ! अपराध बढाउने पनि पैसा नै रहेको र अपराध घटाऊने पनि पैसा नै रहेछ भन्ने यो पंक्तिकारको ठहर छ।


(द्रष्टव्य: उपर्युक्त लेख लेख्दै गर्दा दिनेश गौतमको स्वरमा सजिएको यो गीतको खुब याद आएकोले यहाँ पनि शेयर गरेको छु।)

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |