Thursday, April 28, 2011

प्रहरीद्वारा पक्राउ गरिएका कुख्यात डन चरीलाई छुटाउन एमाले नेता तथा कार्यकर्ताको लबिंग

चरीलाई छुटाउनकै निम्ति एमाले कार्यकर्ताहरु द्वारा राजमार्ग अवरुद्ध |


तस्बिर: कान्तिपुर
धादिंगमा १७ करोड रुपैयाँको टेन्डर मिलाएर फर्कने क्रममा पक्राउ परेका कुख्यात डन चरीलाई छुटाउन एमाले नेताहरु लागि पर्न थालेको समाचार प्रकाशमा आएको छ | कुख्यात डन चरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रधानमन्त्री झलनाथ खनालकै  दलका कार्यकर्ताले पृथ्वीराजमार्ग अवरुद्ध पारेका छन्। डन चरी रिहाइको माग गर्दै एमाले कार्यकर्ताले पृथ्वीराजमार्गको मलेखु सडक खण्ड अवरुद्ध पारेका हुन्।


प्राप्त जानकारी अनुसार आजै एमालेका नेता राजेन्द्र पाण्डे, केहि कार्यकर्ताहरुका साथमा चरीलाई भेट्न महानगरीय प्रहरी वृत्त कालिमाटीमा गएका छन् | चरीलाई एमालेको संरक्षण मात्रै दिइएको होइन कि एमालेमा पदस्थ रुपमै राखिएको छ | धादिङको खहरे घर भएका, अपराधिक पृष्ठभूमिका चरी एमाले धादिङ क्षेत्र नं.१ का उपाध्यक्ष समेत हुन्। त्यही विषयलाई आधार मान्दै एमाले कार्यकर्ताले राजमार्ग अवरुद्ध पारी उनको रिहाइको माग गरेका हुन्। चरी एमालेमा Youth Force नेता महेश बस्नेत र बरिस्ठ नेता के.पी. ओली निकटस्थ मानिन्छन |


तिन बर्ष अघि एकीकृत माओबादीको भातृ संगठन YCL बाट आफ्नो अपराधिक पृष्ठभूमिका कारण कारबाहीमा पर्ने देखिएपछी चरी एमालेको भातृ संगठन Youth Forceमा लागेको प्रहरी स्रोतको दाबी छ  | चरी सहित ११ जनालाई प्रहरीले हिजो थानकोटबाट पक्राउ गरेको थियो। धादिङमा १७ करोड रुपैयाँको टेन्डर मिलाएर फर्कने क्रममा चरी समूह प्रहरीको फन्दामा परेक उनीहरुले आफ्नो पार्टीलाई सघाए बापत ३ प्रतिशत रकम पाएको प्रहरी बयानमा जनाएका छन्।


गोलीकाण्ड, फिरौती र लुटपाटलगायतमा संलग्न उनले काठमाडौं परिसरमा एसपी रमेश खरेल हुँदा आत्मसमर्पण गरेका थिए। अपराधिक पृष्ठभूमिका चरीले विभिन्न अभियोगमा ७ महिना जेल सजाय भोगिसकेका छन्।

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |