Thursday, December 2, 2010

सम्बन्धहरु "The Relations"

पर क्षितिजमा दुइ जना बच्चाहरु जो लगभग १०/१२ बर्षका छन्, संगै अंगालो मारेर हिड्दैछन् | उनीहरुको लगभग उत्रै उत्रै उचाई र उत्रै उत्रै ज्यान देख्ने कसैले पनि उनीहरु दाजु भाइ हुन् भन्दा बिश्वास गर्दैनन् | जुन स्वाभाविक नै हो उनीहरु दाजु भाइ भन्दा साथी जस्ता जो देखिन्छन | टाढाबाट हेर्दा जुम्ल्याहा जस्ता देखिने ति दाजुभाईको  उमेरमा २/३ बर्षको फरक भए पनि दाजु भाइ उत्रै उत्रै छन् र खुब मिलेर हिड्छन | लाग्दैन कि उनीहरु दाजुभाई हुन् तर बास्तवमै उनीहरु दाजुभाई नै हुन् त्यो पनि एउटी आमाको कोखबाट जन्म लिएका | सानै भए पनि खुब बुझ्झकी र मायालाग्दा छन् उनीहरु | उनीहरु मध्ये दाजु चाहिको नाम नविन र भाइ चाहिको नाम सविन हो | दाजु भाइमा यस्तो मिल्ती छ कि कोहि सोच्न पनि सक्दैन | उनीहरु यति मिल्द घरपरिवार पनि खुसि देखिन्छन | उनीहरुमध्ये कुनै भाइलाई कसैले केहि भन्यो कि दुवै भै झगडा गर्न पनि तम्सेर आउछन | यी दाजुभाइ आफु आफु मात्रै नभई साथिहरुसंग पनि खुब मिलनसार छन् | पढाईमा पनि दुवै अब्बल विद्यार्थी मानिन्छन, दुवै खुब तेज छन् | यिनीहरु सबै कुरामा एकै छन् | दाजुलाई भाइले खुब मान्छ र दाजुको अनुसरण गर्छ |

समयचक्रसंगै दाजुभाई हुर्किदै जान्छन | दुवैका चाहना फरक हुदै जान्छन | तर पनि दाजुभाई बिचको मिल्तिलाई उनीहरुका फरक चाहनाले केहि फरक पर्दैन | दाजु माध्यमिक तहको पढाई सिध्याएर उच्च शिक्षा अध्ययनार्थ शहर प्रवेश गर्छ | शहरको रमझमले उ १/२ दिन घरपरिवारलाई बिर्सन्छ तर पुन: केहि समयपछि उसले आफ्नो घरपरिवार, भाइ लाई सम्झन्छ | उ शहरमा काम गर्दै पढ्दै गर्न थाल्छ | जागिर खादै पढ्दै गर्दा उसलाई गार्हो महसुस हुन्छ तर पनि उ काम गर्दै पढ्दै गर्छ | उता सविन पनि माध्यमिक शिक्षा सकेर उच्च शिक्षा अध्ययनार्थ शहर प्रवेश गर्छ | उ सजिलै सेटल हुनेमा बिश्वस्त हुन्छ र दाजुसँग बस्न थाल्छ | जागिरे दाजुलाई खानाको व्यबस्था सजिलो हुन्छ | रहदै गर्दा नवीनको आफुप्रतिको व्यबहारमा केहि फरकपन महसुस गर्छ सविनले तर पनि उ सहेरै बसिरहन्छ | बिस्तारै बिस्तारै दाजुको मोबाइलमा राती राती केटीहरुको फोन आउन थालेको पनि सविनले थाहा पाउँछ | अब उसलाई थाहा हुन्छ कि दाजुको व्यवहारमा किन फरक आयो भनेर | तर पनि उ चुप चाप बस्छ | दाजुभाइको मिलन तब बिछोडमा परिवर्तन हुन्छ जब दाजुले अति नै चित्त दुख्ने गरि भाइलाई नराम्रो व्यवहार गर्छ | हो एकदिन दाजुको कोठाबाट एकजोर कपडा र एक जोर चप्पलको भरमा दाजुको कोठा छोडेर निक्लन्छ | अत: उसले पनि जागिर खोजेर जागिर खान्छ र व्यवस्थित तरिकाले बस्छ | उता उ भन्दा अगाडी शहर पसेको दाजु चाही बेखर्ची भएर हिडेको हुन्छ भएको जागिर पनि छोडेर | एकदिन सविन जे जस्तो भएपनि दाजु हो भन्दै नवीनलाई भेट्न जान्छ ठिक त्यसै बेला घरबेटीले नवीनलाई निकाल्न लागेको हुन्छ तर सविनले भाडा चुक्ता गरिदिन्छ र उ आफु हिड्छ | त्यति गर्दा पनि दाजुको भाइ प्रतिको व्यवहार परिवर्तन हुदैन | कुनै दिन खुब मिल्ने दाजुभाई अहिले शत्रु बराबर भएका छन् त्यो पनि एउटी कतिको लागि | १५ वर्षा अगाडिको त्यो क्षितिजको त्यो जोडी आज क्षितिजको ति दुइ डाडा जस्ता भएका छन् जुन दुइ डाडाको बिचमा खोला बग्छ |

1 comments:

Anonymous said...
December 7, 2010 at 10:27 AM

15 barsa agadiko bhai sangako maya ra 15 barsa pachadiko keti sangako maya pani ta ustai huncha hola ni, sahar pasda bhayeko apthyaroma kehi sahayog pani ta gareki huna sakche tyo keti le, pheri sabaiko sochai yekai kisimako kaha huncha ra . dubai le dubailai bujhna sakenan hola sahed, hamro samaj ma yesta dherai example haru chan jasle garda chittai jhagada huna pugcha, maya bhanne kura lai paribhasita garna dherai garo huncha, jasari aruko dil todna sajilo huncha tyo bhanda kayau guna garo hjuncha kasaiko man jitna,


anyway lekhale bastabik nepali samaja ma raheka dui dajubhai ko aadha jibani lai utheleko cha


such a nice article

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |