Monday, April 9, 2012

कस्तो लेख्छन नेपाली मीडिया ?

"पहिला साप्ताहिक हेर्थे साप्ताहिक परिवारसंग हेर्ने नमिल्ने आउन थाले पछी कान्तिपुर लिन थालेको यो पनि हटाउनु पर्लाजस्तो छ ! यो पनि साप्ताहिक जस्तै हुन थालिसक्यो !" यो भनाइ हो एक महिला पाठकको जो अन्दाजी ३५-४० बर्षकी जस्ती देखिन्थिन ।

हामी पत्रिका किन पढ्छौं ?
हजुर पक्कै पनि नयाँ कुरा थाहा पाउन र देश बिदेशका घटना थाहा पाउन ! तर माथिको वाक्यले के संकेत गर्छ ? 

यो त एउटा उदाहरण मात्रै हो ?? साप्ताहिक त युवालाई नै लक्षित गरेर निकालिएको पत्रिका भएकोले त्यति असर नपर्ला । तर पनि साप्ताहिक परिवारसंग बसेर पढ्न भने सकिदैन नै । साप्ताहिक मात्रै होइन साप्ताहिककै प्रतिस्पर्धी शुक्रबार त झन् खतरा पो छ त । एक जना पाठक जो शुक्रबारका नियमित पाठक हुन् भन्छन "साप्ताहिक देखाउन देखाउन खोज्छ तर शुक्रबारले त देखाई नै दिन्छ ।" यी त भए साप्ताहिक प्रकाशन साप्ताहिक र शुक्रबारका कुरा ! तर कुरो अलि अर्कै हो यद्यपी सम्बन्धित नै भएकोले यी प्रसङ्गहरु पनि यहाँ जोडिएको हो ।
प्रसङ्ग हो नेपाली Online Mediaको ! Online Mediaहरुमा अलिक प्रख्यात नै भन्नु पर्छ onlinekhabar.com यसमा हेर्ने हो भने office मा वा केटि मान्छेहरुसंग  बसेर हेर्न अलिक धकाउनु पर्ने खालका फोटोहरु  मनोरंजन समाचारमा राखिएको हुन्छ । यतिसम्म त जायजै मान्न सकिन्थ्यो तर भर्खरै मात्र चर्चामा आउन थालेको NEPALI HEADLINES नामको News Site ले त बलात्कार गर्न सिकाए झैँ गरेर लेख ( लेख भन्नु कि समाचार भन्नु ) लेख्यो । जुन यहाँ गएर पढ्न सकिन्छ । नाम सुन्दै समाचार अझ नेपालको ताजा समाचार दिने site जस्तो लाग्छ तर जुन लेख यसले प्रकाशित गर्यो त्यसले आफ्नो प्रचार भएको वा Site मा Visitor बढेको त देखे वा सोचे होलान तर site बदनाम भएको सोचे कि सोचेनन कुन्नि !

नाम NEPALI HEADLINES राखेर यसरि यस्तो लेख राख्दा लेखको प्रकृति र यसबाट पर्ने असर सम्पादकले अलिकति मुल्यांकन गर्नु पर्थ्यो कि । यौन सम्बन्धि समाचार राख्नु कुनै नौलो कुरा हैन । तर यहाँ त यौन सम्बन्ध कसरि गर्ने अझ स्पष्ट भन्नु पर्दा स्त्रीलाई कसरि उत्तेजित बनाउने भन्ने कुरा पो लेखिएको छ त । यसरि लेख्नु कतिको जायज हो ? प्रश्न तपाईहरुका लागि ?

1 comments:

Pawan Paudel said...
September 8, 2012 at 7:35 PM

We should raise Voice against such type of activities. Good job. I am also against this check this article once

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |