Sunday, April 8, 2012

आँखामा समस्या छ तर चस्मा लगाउन मन छैन ! तिलगंगा आँखा अस्पतालमा जानुस ।

चस्माबिना नदेख्ने वा कम देख्नेले अब अत्याधुनिक प्रविधियुक्त शल्यक्रियाबाट पावरवाला चस्मा नलगाई राम्ररी देख्नसक्ने भएका छन्। आँखाको नानीभित्र 'रेटिना' छेक्ने पत्र हटाएर दृष्टि सन्तुलित पार्ने 'लेजर सर्जरी' तिलगंगा आँखा प्रतिष्ठानले नेपालमै पहिलोचोटि सुरु गरेको हो। यसको निम्ति जम्मा तीन एमएमको प्वाल पारेर रेटिना छेक्ने पत्र हटाइन्छ। यसलाई 'स्माइल' प्रविधि भनिन्छ। यसअघि ब्लेडले २० एमएमको आकारमा काट्नुपर्ने हुँदा शल्यक्रिया निकै महँगो र जोखिमपूर्ण थियो।

'ठूलो घाउ बनाउनुपर्दा समस्या हुन्थ्यो,' तिलगंगाका लेजर शल्यचिकित्सक डा. किशोर प्रधानले भने, 'लेजर सर्जरीमा ब्लेडसमेत प्रयोग गर्नुपर्दैन। अप्रेसन गरेको दस मिनेटमै आँखाले सजिलै हेर्न सकिन्छ।'

युवायुवतीहरू लेजर शल्यक्रिया गर्न ठूलो संख्यामा भारत र थाइल्यान्ड जान्छन्। भारतमा झन्डै अढाइ लाख भारू खर्च लाग्छ। अन्य देशमा पनि २ देखि ८ लाख रुपैयाँ पर्छ। तिलगंगाले करिब ४५ हजारमा यो सेवा दिँदैछ। विपन्नले निशुल्क सेवा पाउनेछन्। यसलाई अस्पतालले 'दृष्टिदोष मानवीय सेवा' नाम दिएको छ। सेवाको औपचारिक सुरुवात शनिबार भए पनि हालसम्म १ सय २० जनाको शल्यक्रिया भइसकेको छ। त्यसमध्ये आधाको निशुल्क गरिएको अस्पतालले जनाएको छ। यति सुलभ मूल्यमा यस्तो शल्यक्रिया गर्ने नेपाल पहिलो देश भएको प्रतिष्ठानका निर्देशक डा. सन्दुक रुइतले बताए।


नेपालमै सस्तो सेवा सुरु भएपछि भारत, चीन, भुटान र मध्यपूर्वबाट समेत बिरामी तान्न सकिने आशा गरिएको छ। शल्यक्रिया गर्न 'फेम्डोसेकेन्ड' र 'एन्जाइमर' जस्ता आँखा उपचारमा प्रयोग हुने नयाँ उपकरण भिœयाइएको छ। दुवै उपकरण लन्डन भिजन क्लिनिकले सहयोगमा दिएको हो। यसको मूल्य मात्रै करिब १४ करोड रुपैयाँ पर्छ। यसबाहेक करिब ५ करोड बराबरका परीक्षण उपकरण, विशेषज्ञ तालिम लगायतमा युएसएड र हिमालयन क्याटर्‍याक प्रोग्रामले सघाएका छन्।

अहिलेसम्म सीमित देशमा रहेको महँगो सुविधालाई सस्तोमा नेपालका विपन्न समुदायसम्म पुर्‍याउन खोजेको लन्डन भिजनका निर्देशक डा. ड्यान र्‍यानस्टेनले बताए। 'सानै उमेरमा चस्मा लगाउनुपर्दा बालबालिका र युवाहरू धेरै समस्यामा हुन्छन्, उनीहरूलाई सस्तो सेवा दिन तिलगंगा छानेका हौं,' उनले शनिबार तिलगंगा अस्पतालमा आयोजित कार्यक्रममा भने। अतिविशेष खालको शल्यक्रिया भएकाले छोटो समयमै सकिने अस्पतालले जनाएको छ। परीक्षण गर्न भने कम्तीमा तीन घन्टा लाग्छ। नेपालमा हालसम्म माइनस १४ र प्लस ६ सम्म पावर भएकाहरूलाई यो प्रविधिबाट शल्यक्रिया गर्न सकिन्छ। संसारमै यो प्रविधिबाट शल्यक्रिया गर्ने जम्मा ६ जना विज्ञ छन्, जसमध्ये नेपालका डा. प्रधान एक हुन्। प्राविधिकका रूपमा गोपाल कर्माचार्यले बेलायतबाट तालिम लिएर आएका छन्। नेपालका चिकित्सकले शल्यक्रिया गर्नुअघि बेलायतमा डा. ड्यान लगायत विशेषज्ञले कम्प्युटरबाट बिरामीको रिपोर्ट हेरेर सुझाव दिने व्यवस्था गरिएको छ।

नेपालमा १६ वर्षमुनिका १० लाख, १६ देखि ३५ वर्षका ११ लाख र ३५ वर्ष माथिका ३७ लाखलाई विभिन्न प्रकारका दृष्टिदोष पाइएको छ। स्कुल जाने उमेरका दस लाख बालबालिकाको आँखा कमजोर भएकाले चस्मा लगाउनुपर्ने अवस्था छ। एक अध्ययनअनुसार चस्मा लगाउनुपर्नेहरू ५० प्रतिशत गाउँमा छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हाल विश्वमा १ अर्ब ३० करोड दृष्टिदोषबाट पीडित छन्। त्यो संख्याले कुल अन्धोपन भएकाको ४३ प्रतिशत हिस्सा ओगट्छ। 'ग्रामीण क्षेत्रमा चस्मा किन्न घन्टौं यात्रा गर्नुपर्छ,' डा. प्रधानले भने, 'अधिकांशसँग चस्मा किन्ने पैसा नभएर पनि दृष्टिविहीनजस्तो बस्नुपरेको छ, यो शल्यक्रियाबाट विपन्न वर्ग लाभान्वित हुनेछ।' नेपालमा सन् २००३ देखि २००६ सम्म तिलगंगामा ब्लेडको सहयोगले आँखाको नानी काटेर गरिने शल्यक्रिया सम्भव थियो। पुरानो मेसिन बिग्रिपछि यस्तो सेवा छैन। अन्धोपन गराउने मुख्य रोग वा अवस्थाहरूमा दृष्टिदोष प्रमुख कारण हो। नजिक वा टाढाको दृश्य नदेख्नु वा देख्न समस्या हुनुलाई दृष्टिदोष भनिन्छ। दृष्टिदोष भएका आँखाले कुनै पनि आकृति स्पष्ट छुट्याउन सक्दैन।

Tilganga starts laser surgery of the highest standard
REPUBLICA KATHMANDU, April 8: Tilganga Institute of Ophthalmology (TIO) has resumed laser surgery after a gap of about four years after installing state-of-the-art equipment for correction of refractive error. The stoppage of service had forced people to seek treatment in India or other countries.

The new equipment can correct myopia (inability to see distant objects clearly), hyperopia (difficulty in seeing near objects), astigmatism (abnormally curved the cornea which causes vision to be out of focus) and even find a way out for presbyopia (need of reading glasses due to aging).

The institute has already conducted successive surgery on over 120 people during trial period before the inauguration.

TIO revealed that the two machines that cost around 1.1 million pounds (approx. Rs 143 million) were provided at a subsidized rate of around 750,000 pounds (approx. Rs 97.5 m) by manufacturers Carl Zeiss Meditec on recommendation of Professor Dan Reinstein, who works for them as specialists. London Vision Clinic, USAID and Himalayan Catarct Project supported TIO to acquire the equipment.

Brit Dr Reinstein was in Nepal for inauguration of the unit at TIO" "The technology we will be using here is of the highest standard in the world at the moment and is available only at London Vision Clinic," Dr Reinstein claimed.

Medical Director of TIO Dr Sanduk Ruit called the installation of the facility a milestone in medical technology in Nepal" "We cannot move ahead in the medical field without trying new generation technology," Dr Ruit said. Lamenting the rampant politicization of every field in the country he stated that professionalism is better left away from political intervention.

Artistes Madan Krishna Shrestha and Haribansha Acharya inaugurated the refractive surgery unit at the TIO premises in presence of major donors including Australian Ambassador to Nepal Susan Grace.

Who can undergo laser surgery?
Dr Reinstein stated that the major issue with laser surgery is to determine who should undergo the surgery and this cutting-edge technology scans the patients and considers a myriad of factors to ensure only those who benefit from the surgery are operated.

Chief of the refractive surgery Unit at TIO Dr Kishore Pradhan, who received training at London Vision Clinic, for this project revealed that everyone above 18 years without medical conditions like diabetes, thyroid problems, rheumatic diseases, autoimmune diseases can undergo surgery. Women, however, cannot get this surgery during pregnancy.

"We check corneal refraction, corneal thickness, eye pressure and other factors mostly related to cornea through ultrasound and scans to determine who is eligible for operation," Dr Shrestha said. "We then use patented nomogram formula formulated by Dr Reinstein to ensure unparalleled accuracy in the corrective surgery."

He revealed that patients with refractive error of up to -14 and +6 can be corrected by the surger“. "We can also correct error as minimal as -0.5 with this surgery making youths eligible for military service," he claimed.

Cost of the surgery
The institute has not yet fixed the rate for the service but Dr Pradhan said TIO will charge around Rs 40,000 for paying patients for surgery of two eyes.

Dr Reinstein revealed that the surgery cost around 4,500 pounds in London. The institute, which uses cross-subsidy--using money charged from the well-to-do to subsidize rate for the poor-will provide the service for free for the poor and needy. "We may also use four-tier pricing mechanism as in other services at TIO and make the surgery available at Rs 20,000 and Rs 10,000 as well," Dr Pradhan said.

The surgery can be completed in 15 minutes and Dr Ruit confided that TIO will look to promote medical tourism through laser surgery by offering the services to foreigners at a higher rate once the initial rush of domestic patients is addressed.

"We must go for medical tourism at some point in the future and the government should facilitate medical tourism," Dr Ruit said.
Source: nagariknews.com & myrepublica.com

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |