Sunday, April 1, 2012

मधेशी मोर्चाद्वारा ससस्त्र संघर्षमा जाने घोषणा, देश फेरी पनि गृहयुद्धको चपेटामा

Updated: बास्तवमा यो समाचार अप्रिलफूलको दिन राखिएको अप्रिल फूल बिशेष भएकाले यसमा कुनै पनि सत्यता नभएको जानकारी गराईन्छ । (मेरो विचार-सम्पादक/Administrator)
सरकारले मधेशी मोर्चासंग गरेका सम्झौताहरु पुरा नगरेको तथा संघियतामा जाने कुरामा नेताहरुको दुइमत देखिएको भन्दै सरकारको प्रमुख घटक मध्येको मधेशी मोर्चा ससस्त्र संघर्षमा उत्रने चेतावनी सहित हतियार उठाउने घोषणा गरेको छ | 
हिजो  राति  १२ बजेसम्म बसेको मधेशी दलहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको  मधेशी जनाधिकार फोरमका नेता उपेन्द्र यादवले बताउनु भयो | आफुहरुले  नचाहँदा नचाहँदै  पनि सरकार लगायत ठुला दलहरुको कारणले यो सब हुन गैरहेको पनि उहाँले आरोप लगाउनु भयो | 
एउटा गृहयुद्धको  चोट निको नहुदै फेरी अर्को गृहयुद्ध गर्नु राम्रो हो त भन्ने प्रश्नमा  नेता यादवले भन्नुभयो "चाहना त हाम्रो पनि होइन कि ससस्त्र संघर्षमा जाने तर मधेशीहरुको आधिकारको लागि  मधेशीहरुको जनचाहना बमोजिम नै यो युद्ध सुरु हुन आटेको छ र यसमा सम्पूर्ण मदेशी हरुको समर्थन छ | त्यसैले यो जायज नै छ |" 

माओबादीको  १० बर्षे  कथित जनयुद्धको  चपेटाबाट उम्केको केहि समयमै अर्थात् पुरानो चोट निको नहुदै मधेशी मोर्चाको यस्तो निर्णय सार्वजनिक भएपछी हामीले प्रधानमन्त्रि डा. बाबुराम भटराईसंग प्रश्न गर्दा अब हतियार उठाएर ससस्त्र संघर्षमा जना कठिन रहेको र कसैले घुर्क्यौदैमा डराउनु पर्ने स्थिति नरहेको पनि स्पष्ट पार्नु भयो | 
त्यस्तै गरि राष्ट्रपति रामबरण यादवले देश टुक्र्याउन नपाएको आवेशमा युध गर्न नहुने र यद्ध गरे पनि सफल नहुने आफ्नो ठम्याई रहेको बताउनु भएको छ | 
यसै गरि उपप्रधानमन्त्री गच्छदारसंगको कुराकानीमा "मधेशी मोर्चा सफल वा असफल के होला यो त समयले बताउने छ तर अहिलेलाई मधेशी मोर्चा ससस्त्र संघर्षको तयारीमा छ र अब संघर्ष सुरु हुदै छ !" उपप्रधानमन्त्रि गच्छदारले भन्नुभयो | 

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |