कति दिन बिते, कति रातहरु – २
समय संगै कहाँ छुटे हातहरु
रुन्छ हृदय धेरै, बर्सन्छन आँसु
टुक्रेको मुटु लिइ, कोहि त भनि देउ
कसरि म हाँसु??
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि
सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा , त्यहीं नै रचिन्छ कि
हुँदैन किन, मान्छेले सोचेको
पाइदैन किन, जीवन साथि रोजेको
कति दिन बिते, कति रातहरु – २
(कति दिन बिते, कति रातहरु )
हुँदैन किन, मान्छेले सोचेको
पाइदैन किन, जीवनसाथि रोजेको
कति दिन बिते, कति रातहरु – २
समयसंगै कहाँ छुटे हातहरु
रुन्छ हृदय धेरै, बर्संछन आँसु
टुक्रेको मुटु लिइ, कोहि त भनिदेउ
कसरि म हाँसु ??
"सायद सम्बन्ध स्वर्गमै बन्छ कि
जोडी हुने धर्तिमा, त्यहीं नै रचिन्छ कि"
सुगम पोखरेलको यो गीत कुनै जमानामा खुबै हिट थियो | धेरैले यसलाई रुचाएका थिए | सायद तपाइले पनि सुन्नुभएकै होला यो गीत | सायदै उनले यो सोचेका थिए हल कि यो गीत बास्तविक रुपमै कुनै समयमा कुनै जोडीको लागि सत्य साबित हुनेछ | तर आज आएर यो गीत पाइलट सोफिया सिंह र पाइलट सचिन्द्र श्रेष्ठको जोडीमा लागु भएको छ | बृस्तृत बुझ्न कान्तिपुर पत्रिकाको अनलाइन संस्करणबाट लिएको भित्रको लेख पढ्नुस |