Saturday, October 30, 2010

पैसा भएपछी जे गर्न पनि तयार Celebrities

हुन त पैसा देखिपछी महादेवको त त्रिनेत्र भन्छन मानिस त एउटा तुच्छ प्राणी मात्रै हो पैसा देखिपछी नलठ्ठीने त कुरै भएन | त्यै भएर होला अहिले आएर नेपालका सेलेब्रिटीहरु पैसाकै निमित्त र चर्चामा आउनकै निमित्त मात्रै पनि जस्ता सुकै तुच्छ / निच र जस्तो सुकै घृणित कार्य गर्न पछी पर्दैनन् | चाहे त्यो श्रिसा कार्कीको नग्न तस्विरको काण्ड होस् या त केहि समय अघिसम्म चल्तीमा रहेका नायिकाद्वय नम्रता श्रेष्ठ र पुजा लामाको यौन कार्यको भिडियो होस् | सबै चर्चामा आउन वा पैसाकै निमित्त गरिएको भन्ने ठहर यो पंक्तिकारको छ | यस्तै पैसाकै लागि घृणित कार्य गर्नेको लिस्टमा अर्को एउटा सेलेब्रिटीनामले पनि दर्ज पाएको छ | ति महान हस्ती हामीले हेर्ने नेपाली चलचित्रमा लगभग बिस बर्षदेखि एकछत्र राज गर्दै आएका र  महानायक कहलिएका राजेश हमाल हुन् | हजुर केहि समय अघि मात्रै डाबरको रियल जुसमा किरा, लेदो लगायत अखाध्य पदार्थ भेटिएको भनेर त्यत्तिका समाचार माध्यममा आइरहँदा पनि नायक राजेश हमालले भने हरेक समाचार होस् वा नेपाली सिरियलमा १०/१५ मिनेटको फरकमा आएर रियलको गुणगान गाइरहन्छन |

अब तपाईहरुले भन्नुहोला त्यसो त करिश्मा मानन्धर पनि नेपाली कलाकार हो अनि उसले पनि त रियलको विज्ञापनमा रियललाई उत्कृष्ठ र नेपालकै नं. १ जुस भनेकी थिएँ भनेर | तर यहाँ कुरो फरक छ किनकि करिश्मा त अमेरिकामा बस्छिन अनि नेपालको र नेपालीको उनलाई बालै हुदैन नि न त हामीलाई नै उनको बाल मतलब हुन्छ | तर महानायक कहलिएका राजेश हमालको यो अभिनय एउटा साधारण कलाकारको अभिनय भन्दा फरक दृस्टीकोणले हेरिन्छ तर यो कुरा डाबरलाई थाहा हुँदा राजेश हमाल लाई थाहा भएन होला र ?

पैसा लिएर वा नलिएर बिज्ञापनमा  खेल्न पाउने कलाकारको अधिकार हो तर तेसो भन्दैमा कलाकारले अलिक विचार नपुर्याईदिंदा जनमानसमा नकारात्मक असर पर्न जना सक्ने कुरालाई नकार्न सकिन्न | विज्ञापन भनेको आफ्नो व्यापार बढाउने माध्यम मात्र नभएर यो आमसञ्चारको एउटा सशक्त माध्यम पनि  हो। संगसंगै विज्ञापनमा अभिनय गर्ने कलाकार होस् या जो सुकै व्यक्ति उसले उक्त कम्पनि वा उत्पादनको सत्य तथ्य बुझेर अभिनय गरिदिए कति राम्रो हुनेथियो | प्रसङ्ग फेरी महानायककै महानायक राजेश हमाललाई पक्कै पनि थाहा भएको थियो होला कि रियल जुसमा लेदो र किराजस्ता अखाध्य पदार्थ भेटिएको छ भनेर | अनि महानायकको छवी त्यै हो त | महानायक जस्तो मान्छेले आफुले अभिनय गरेको बिज्ञापनले जनमानसमा के कस्तो असर पार्ला भनेर अलिकति सोच्नु पर्दैन ? अब समय भएको छ आफुलाई राष्ट्रकै गहना भनेर छाती फुलाउनेहरुले गम्भीर रुपमा सोच्ने |


कलाकार भनेका निस्पक्ष हुनुपर्छ अनि पैसाकै लागि बिकाउ पनि हुनुहुदैन अनि उनीहरुले कुनै कम गर्नु भन्दा पहिले दुस पटक सोच्नुपर्छ कि उनीहरुको कार्यले सार्वजनिक रुपमा कस्तो असर पार्छ भनेर भन्ने यो पंक्तिकारको सोच छ | त्यसैले राष्ट्रका गहना हौँ हामी भन्नेले कुनै काम गर्दा समाजमा त्यसको प्रभाव पनि सोच्नु जरुरि छ भन्ने यो पंक्तिकारको ठहर छ | 

1 comments:

Unknown said...
May 19, 2011 at 10:50 AM

please select the proper word yar.. sabai ko aafnai word hunchha ke sammanit bakti lai bhanne word pharak hunchha aapradh garne manis lai bhanne word pharak hunchha. ok rest all is good yar.. yesari nai ho hamile samaj lai contribute garne..

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |