Friday, April 13, 2012

नव बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना !!! Happy New Year 2069 !!


नयाँ बर्ष २०६९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयाँ बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् ।

तपाइ कसरि मनाउंदै हुनु हुन्छ त यो नयाँ बर्षलाइ ?

Monday, April 9, 2012

कस्तो लेख्छन नेपाली मीडिया ?

"पहिला साप्ताहिक हेर्थे साप्ताहिक परिवारसंग हेर्ने नमिल्ने आउन थाले पछी कान्तिपुर लिन थालेको यो पनि हटाउनु पर्लाजस्तो छ ! यो पनि साप्ताहिक जस्तै हुन थालिसक्यो !" यो भनाइ हो एक महिला पाठकको जो अन्दाजी ३५-४० बर्षकी जस्ती देखिन्थिन ।

हामी पत्रिका किन पढ्छौं ?
हजुर पक्कै पनि नयाँ कुरा थाहा पाउन र देश बिदेशका घटना थाहा पाउन ! तर माथिको वाक्यले के संकेत गर्छ ? 

यो त एउटा उदाहरण मात्रै हो ?? साप्ताहिक त युवालाई नै लक्षित गरेर निकालिएको पत्रिका भएकोले त्यति असर नपर्ला । तर पनि साप्ताहिक परिवारसंग बसेर पढ्न भने सकिदैन नै । साप्ताहिक मात्रै होइन साप्ताहिककै प्रतिस्पर्धी शुक्रबार त झन् खतरा पो छ त । एक जना पाठक जो शुक्रबारका नियमित पाठक हुन् भन्छन "साप्ताहिक देखाउन देखाउन खोज्छ तर शुक्रबारले त देखाई नै दिन्छ ।" यी त भए साप्ताहिक प्रकाशन साप्ताहिक र शुक्रबारका कुरा ! तर कुरो अलि अर्कै हो यद्यपी सम्बन्धित नै भएकोले यी प्रसङ्गहरु पनि यहाँ जोडिएको हो ।

Sunday, April 8, 2012

आँखामा समस्या छ तर चस्मा लगाउन मन छैन ! तिलगंगा आँखा अस्पतालमा जानुस ।

चस्माबिना नदेख्ने वा कम देख्नेले अब अत्याधुनिक प्रविधियुक्त शल्यक्रियाबाट पावरवाला चस्मा नलगाई राम्ररी देख्नसक्ने भएका छन्। आँखाको नानीभित्र 'रेटिना' छेक्ने पत्र हटाएर दृष्टि सन्तुलित पार्ने 'लेजर सर्जरी' तिलगंगा आँखा प्रतिष्ठानले नेपालमै पहिलोचोटि सुरु गरेको हो। यसको निम्ति जम्मा तीन एमएमको प्वाल पारेर रेटिना छेक्ने पत्र हटाइन्छ। यसलाई 'स्माइल' प्रविधि भनिन्छ। यसअघि ब्लेडले २० एमएमको आकारमा काट्नुपर्ने हुँदा शल्यक्रिया निकै महँगो र जोखिमपूर्ण थियो।

'ठूलो घाउ बनाउनुपर्दा समस्या हुन्थ्यो,' तिलगंगाका लेजर शल्यचिकित्सक डा. किशोर प्रधानले भने, 'लेजर सर्जरीमा ब्लेडसमेत प्रयोग गर्नुपर्दैन। अप्रेसन गरेको दस मिनेटमै आँखाले सजिलै हेर्न सकिन्छ।'

युवायुवतीहरू लेजर शल्यक्रिया गर्न ठूलो संख्यामा भारत र थाइल्यान्ड जान्छन्। भारतमा झन्डै अढाइ लाख भारू खर्च लाग्छ। अन्य देशमा पनि २ देखि ८ लाख रुपैयाँ पर्छ। तिलगंगाले करिब ४५ हजारमा यो सेवा दिँदैछ। विपन्नले निशुल्क सेवा पाउनेछन्। यसलाई अस्पतालले 'दृष्टिदोष मानवीय सेवा' नाम दिएको छ। सेवाको औपचारिक सुरुवात शनिबार भए पनि हालसम्म १ सय २० जनाको शल्यक्रिया भइसकेको छ। त्यसमध्ये आधाको निशुल्क गरिएको अस्पतालले जनाएको छ। यति सुलभ मूल्यमा यस्तो शल्यक्रिया गर्ने नेपाल पहिलो देश भएको प्रतिष्ठानका निर्देशक डा. सन्दुक रुइतले बताए।

Sunday, April 1, 2012

मधेशी मोर्चाद्वारा ससस्त्र संघर्षमा जाने घोषणा, देश फेरी पनि गृहयुद्धको चपेटामा

Updated: बास्तवमा यो समाचार अप्रिलफूलको दिन राखिएको अप्रिल फूल बिशेष भएकाले यसमा कुनै पनि सत्यता नभएको जानकारी गराईन्छ । (मेरो विचार-सम्पादक/Administrator)
सरकारले मधेशी मोर्चासंग गरेका सम्झौताहरु पुरा नगरेको तथा संघियतामा जाने कुरामा नेताहरुको दुइमत देखिएको भन्दै सरकारको प्रमुख घटक मध्येको मधेशी मोर्चा ससस्त्र संघर्षमा उत्रने चेतावनी सहित हतियार उठाउने घोषणा गरेको छ | 
हिजो  राति  १२ बजेसम्म बसेको मधेशी दलहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको  मधेशी जनाधिकार फोरमका नेता उपेन्द्र यादवले बताउनु भयो | आफुहरुले  नचाहँदा नचाहँदै  पनि सरकार लगायत ठुला दलहरुको कारणले यो सब हुन गैरहेको पनि उहाँले आरोप लगाउनु भयो | 
एउटा गृहयुद्धको  चोट निको नहुदै फेरी अर्को गृहयुद्ध गर्नु राम्रो हो त भन्ने प्रश्नमा  नेता यादवले भन्नुभयो "चाहना त हाम्रो पनि होइन कि ससस्त्र संघर्षमा जाने तर मधेशीहरुको आधिकारको लागि  मधेशीहरुको जनचाहना बमोजिम नै यो युद्ध सुरु हुन आटेको छ र यसमा सम्पूर्ण मदेशी हरुको समर्थन छ | त्यसैले यो जायज नै छ |"