सफलताको शिखरमा पुगे पनि केही मानिस बारम्बार आलोचित भइरहन्छन् । त्यति मात्र होइन, केही मानिस त आलोचित हुँदाहुँदै मृत्युको सिकार पनि बन्न पुग्छन् । यसमा दुईथरी दृष्टिकोण पाउन सकिन्छ । एकथरि मान्छे भन्छन्, अर्को मान्छेको सफलता हेर्न नसक्ने भएकाले इगो तथा ईष्र्याका कारण सो मानिसको मृत्यु भएको हो । अर्काथरी मान्छे भने ती सफल मान्छेको बारेमा धेरै नकारात्मक टिप्पणी गर्दै उनीहरूका विभिन्न कमजोरी फेला पार्छन् र उनीहरूलाई मृत्युदण्डको सजाय दिनु ठीकै हो भन्ने धारणा राख्छन् । तर, जे भए पनि हाम्रो समाजमा त्यस्ता केही मानिस छन्, जो अर्काको प्रगति देख्न सक्दैनन् । उनीहरूलाई आफ्नो असफलताले थिचिरहेको हुन्छ । यसैको फलस्वरूप विभिन्न सांगठनिक रूपमा उनीहरू आपराधिक कामतर्फ उन्मुख हुन्छन् । कहिलेकाहीँ उनीहरूको सिकार हुन्छन्, समाजमा स्थापित भएका र नाम कमाएका मानिस ।
विश्व इतिहासमा यस्ता कैयौँ उदाहरण छन् । विशेषगरी राजनीति वा अन्य सामाजिक क्षेत्रमा सफद्दल भएका व्यक्तिको हत्याले विश्व हल्लाएको छ । अलग राजनीतिक विचार भएर मात्र उनीहरूको हत्या भएको भने नहुन सक्छ । विशेषतः हत्या गरिनुको खास कारण पनि खुल्न सकेको छैन । विश्वचर्चित केही मानिसको हत्याका कारण नै थाहा नभए पनि ती हत्याले भने विश्व हल्लाउन सफल भए ।
सन् १९७७ मा भएको एक हत्याले विश्वमा ठूलो हलचल ल्याएको थियो । अमेरिकाका हत्यारा एन्ड्रयु कुनाननले गरेको सो हत्याका सिकार थिए जिआनी भर्सेस । विश्वकै प्रसिद्ध फेसन हाउस भर्सेसका संस्थापक जिआनीलाई गोली हानेर हत्या गरिएको थियो । उनलाई दुई गोली लागेको थियो, एउटा घाँटीमा र अर्को अनुहारको बीच भागमा । उनको हत्या भएको केही समयपछि कुनाननले आफूलाई पनि सोही पेस्तोलले गोली हानेका थिए । भर्सेसको हत्या गर्नेबित्तिकै आफ्नो पनि हत्या गरेका कुनाननले किन भर्सेसको हत्या गरियो भन्नेबारे केही भन्न सकेनन् । यसका कारण १५ जुलाई १९७७ मा भएको भर्सेसको हत्या आजसम्म पनि रहस्यको गर्भमा नै छ ।
विश्वमा धेरै चर्चा गरिएका हत्यामध्ये बेनजिर भुट्टोको हत्या पनि एक हो । पाकिस्तानमा प्रजातन्त्र ल्याउनका लागि ठूलै योगदान दिएकी बेनजिरको हत्या २७ डिसेम्बर २००७ मा भएको थियो । पाकिस्तान पिपुल्स पार्टीको आमसभामा कार्यकर्तालाई सम्बोधन गर्दागर्दै उनलाई एक विद्रोही समूहले गोली हानेको थियो । लिक्वायट नेसनल बाघमा बम पनि पड्काइएको थियो । गोली लागेपछि बेनजिरलाई अस्पताल त दौडाइयो तर उनलाई डाक्टरले मृत घोषित गरे ।
भारतलाई बिटि्रसको उपनिवेशबाट स्वतन्त्रता दिलाउने भारतका महान् नेता मोहनदास करमचन्द गान्धी पनि हत्याको सिकार भएका थिए । ३० जनवरी १९४८ मा नाथुराम गोड्सेले उनको हत्या गरेका थिए । स्वचालित पेस्तोलको सहयोगले नाथुरामले गान्धीलाई तीनपटक गोली हानेका थिए । गान्धी एउटा प्रार्थनासभामा भाग लिन जाँदै गर्दा उनीमाथि २-३ फिटको दूरीबाट गोली बर्साइएको थियो ।
हत्या गरिएका अर्का चर्चित व्यक्ति हुन् जोन लेनन । द बिटल्स ब्यान्डका सहसंस्थापक जोन लेननलाई मार्क डेभिडले ८ डिसेम्बर १९८० मा हत्या गरेका थिए । जोनलाई उनको घरअगाडि गाडीमा हत्या गरिएको थियो । उनलाई मार्कले पाँच गोली हानेका थिए । जोन लेनन विश्वप्रसिद्ध रक गायक हुन् । उनलाई म्याग्नेटिक सिंगर भनेर पनि चिनिन्छ । संगीतमा विश्वचर्चित बनेका जोन लेननको हत्या भएको झन्डै चार वर्षपछि ३१ अक्टोबर १९८४ मा अर्को एक हत्याले विश्वमा सनसनी फैलायो ।
विश्वमै सफल प्रधानमन्त्रीमध्ये मानिएकी भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको भने उनकै अंगरक्षकले गोली हानेर हत्या गरेका थिए । उनलाई आफ्नै दुई अंगरक्षकले पाँच गोलीले हानी हत्या गरेका थिए । गोली लागेको पाँच घन्टासम्म जीवित उनको दिल्लीको एम्स अस्पतालमा मृत्यु भएको थियो ।
विश्वका अर्का चर्चित नेता मार्टिन लुथर किङ जुनियरको पनि १९६८ मा हत्या भएको थियो । अफ्रीकामा जातीय भेदभावविरुद्ध लडेका मार्टिन नोबेल पुरस्कारद्वारा सम्मानित पनि थिए । उनको हत्या जेम्स इर्ल रेले गरेका थिए । मार्टिन सेन्ट जोसेफ अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको थियो ।
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याले पनि २२ नोभेम्बर १९६३ मा विश्वमा सनसनी फैलायो । उनलाई लि हार्वे ओसवाल्डले 'सुट' गरेका थिए । डल्लासमा कारगेटमा रहेका वेला जोन एफ केनेडीको हत्या गरिएको थियो । केनेडीको शरीरको पछाडि एउटा मात्र गोली लागेको थियो । त्यही एउटा गोली नै केनेडीको जीवनयात्रा रोक्न सफल भयो ।

तर, केनेडी नै हत्या गरिएका पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् । १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको हत्या भएको थियो । तर, उनको हत्या गर्ने मान्छे पनि एक अमेरिकी सेलिब्रेटी नै थिए । लिंकन हत्या भएको क्षण 'आओर अमेरिकन कजन' हेरिरहेका थिए । उनलाई टाउकोपछाडि गोली लागेको थियो । सिकिस्त घाइते भएका लिंकनको भोलिपल्ट बिहान उपचारकै क्रममा मृत्यु भयो ।
तर, विश्वको चर्चित हत्यामध्येको एक जुलियस सिजरको हत्या भने ईसापूर्व ४४ मार्च १५ मा भएको थियो । सिजर थियटरमा नाटक हेरिरहेका वेला मारिएका थिए । उनको पेटमा २३ पटक छुरी रोपिएको थियो । छुरी रोपेको केही समयपश्चात् उनको मृत्यु भयो ।
विश्व इतिहासमा यस्ता कैयौँ उदाहरण छन् । विशेषगरी राजनीति वा अन्य सामाजिक क्षेत्रमा सफद्दल भएका व्यक्तिको हत्याले विश्व हल्लाएको छ । अलग राजनीतिक विचार भएर मात्र उनीहरूको हत्या भएको भने नहुन सक्छ । विशेषतः हत्या गरिनुको खास कारण पनि खुल्न सकेको छैन । विश्वचर्चित केही मानिसको हत्याका कारण नै थाहा नभए पनि ती हत्याले भने विश्व हल्लाउन सफल भए ।
सन् १९७७ मा भएको एक हत्याले विश्वमा ठूलो हलचल ल्याएको थियो । अमेरिकाका हत्यारा एन्ड्रयु कुनाननले गरेको सो हत्याका सिकार थिए जिआनी भर्सेस । विश्वकै प्रसिद्ध फेसन हाउस भर्सेसका संस्थापक जिआनीलाई गोली हानेर हत्या गरिएको थियो । उनलाई दुई गोली लागेको थियो, एउटा घाँटीमा र अर्को अनुहारको बीच भागमा । उनको हत्या भएको केही समयपछि कुनाननले आफूलाई पनि सोही पेस्तोलले गोली हानेका थिए । भर्सेसको हत्या गर्नेबित्तिकै आफ्नो पनि हत्या गरेका कुनाननले किन भर्सेसको हत्या गरियो भन्नेबारे केही भन्न सकेनन् । यसका कारण १५ जुलाई १९७७ मा भएको भर्सेसको हत्या आजसम्म पनि रहस्यको गर्भमा नै छ ।
विश्वमा धेरै चर्चा गरिएका हत्यामध्ये बेनजिर भुट्टोको हत्या पनि एक हो । पाकिस्तानमा प्रजातन्त्र ल्याउनका लागि ठूलै योगदान दिएकी बेनजिरको हत्या २७ डिसेम्बर २००७ मा भएको थियो । पाकिस्तान पिपुल्स पार्टीको आमसभामा कार्यकर्तालाई सम्बोधन गर्दागर्दै उनलाई एक विद्रोही समूहले गोली हानेको थियो । लिक्वायट नेसनल बाघमा बम पनि पड्काइएको थियो । गोली लागेपछि बेनजिरलाई अस्पताल त दौडाइयो तर उनलाई डाक्टरले मृत घोषित गरे ।
भारतलाई बिटि्रसको उपनिवेशबाट स्वतन्त्रता दिलाउने भारतका महान् नेता मोहनदास करमचन्द गान्धी पनि हत्याको सिकार भएका थिए । ३० जनवरी १९४८ मा नाथुराम गोड्सेले उनको हत्या गरेका थिए । स्वचालित पेस्तोलको सहयोगले नाथुरामले गान्धीलाई तीनपटक गोली हानेका थिए । गान्धी एउटा प्रार्थनासभामा भाग लिन जाँदै गर्दा उनीमाथि २-३ फिटको दूरीबाट गोली बर्साइएको थियो ।
हत्या गरिएका अर्का चर्चित व्यक्ति हुन् जोन लेनन । द बिटल्स ब्यान्डका सहसंस्थापक जोन लेननलाई मार्क डेभिडले ८ डिसेम्बर १९८० मा हत्या गरेका थिए । जोनलाई उनको घरअगाडि गाडीमा हत्या गरिएको थियो । उनलाई मार्कले पाँच गोली हानेका थिए । जोन लेनन विश्वप्रसिद्ध रक गायक हुन् । उनलाई म्याग्नेटिक सिंगर भनेर पनि चिनिन्छ । संगीतमा विश्वचर्चित बनेका जोन लेननको हत्या भएको झन्डै चार वर्षपछि ३१ अक्टोबर १९८४ मा अर्को एक हत्याले विश्वमा सनसनी फैलायो ।
विश्वमै सफल प्रधानमन्त्रीमध्ये मानिएकी भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको भने उनकै अंगरक्षकले गोली हानेर हत्या गरेका थिए । उनलाई आफ्नै दुई अंगरक्षकले पाँच गोलीले हानी हत्या गरेका थिए । गोली लागेको पाँच घन्टासम्म जीवित उनको दिल्लीको एम्स अस्पतालमा मृत्यु भएको थियो ।विश्वका अर्का चर्चित नेता मार्टिन लुथर किङ जुनियरको पनि १९६८ मा हत्या भएको थियो । अफ्रीकामा जातीय भेदभावविरुद्ध लडेका मार्टिन नोबेल पुरस्कारद्वारा सम्मानित पनि थिए । उनको हत्या जेम्स इर्ल रेले गरेका थिए । मार्टिन सेन्ट जोसेफ अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको थियो ।
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याले पनि २२ नोभेम्बर १९६३ मा विश्वमा सनसनी फैलायो । उनलाई लि हार्वे ओसवाल्डले 'सुट' गरेका थिए । डल्लासमा कारगेटमा रहेका वेला जोन एफ केनेडीको हत्या गरिएको थियो । केनेडीको शरीरको पछाडि एउटा मात्र गोली लागेको थियो । त्यही एउटा गोली नै केनेडीको जीवनयात्रा रोक्न सफल भयो ।

तर, केनेडी नै हत्या गरिएका पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् । १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको हत्या भएको थियो । तर, उनको हत्या गर्ने मान्छे पनि एक अमेरिकी सेलिब्रेटी नै थिए । लिंकन हत्या भएको क्षण 'आओर अमेरिकन कजन' हेरिरहेका थिए । उनलाई टाउकोपछाडि गोली लागेको थियो । सिकिस्त घाइते भएका लिंकनको भोलिपल्ट बिहान उपचारकै क्रममा मृत्यु भयो ।
तर, विश्वको चर्चित हत्यामध्येको एक जुलियस सिजरको हत्या भने ईसापूर्व ४४ मार्च १५ मा भएको थियो । सिजर थियटरमा नाटक हेरिरहेका वेला मारिएका थिए । उनको पेटमा २३ पटक छुरी रोपिएको थियो । छुरी रोपेको केही समयपश्चात् उनको मृत्यु भयो ।
प्रस्तुति : शिखर घिमिरे
Source : nayapatrika.com








तत्कालीन
सांसद मिर्जा दिलसाद वेग निजी गाडीमा चालकसहित कान्छी श्रीमती भेट्न जाँदै
गर्दा एक्कासि उनीमाथि गोली प्रहार भयो। उनी हुत्तिएर ४० फिट पश्चिम पुगेर
ढले। बा.अ.ञ ७६५९ नम्बरको सेतो रङको टोयोटा कोरोलामा चालक भुवन कार्कीको
समेत हत्या भयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् तथा पूर्वमन्त्री
वेग ०४८ सालको आमनिर्वाचनमा नेपाल सद्भावना पार्टीबाट सांसद् निर्वाचित
भएका थिए। ०५१ सालमा राप्रपा प्रवेश गरेका उनी फेरि सांसद् हुँदै मन्त्री
पनि बनेका थिए। उनको हत्यामा भारतीय अन्डरवर्ल्डका नाइके छोटा राजन र बब्लु
श्रीवास्तवको नाम जोडियो। हत्यामा संलग्न नेपाली नागरिकमात्रै पक्राउ परे।
स्थान : मध्यबानेश्वर
मिति : २०६६ पुस ९
मिति : २०६६, माघ २४
मिति : २०६८, असोज ९
भारतीय
नोट कारोबारमा संलग्न र खैरो हेरोइनको कारोबारसमेत गरेको अभियोगमा
सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएका युनुसमाथि बन्दी भेटघाट कक्षमै
पुगेर गोली हानेका थिए, भारतीय नागरिक मनमित सिंह भाटियाले। सिंहले
कारागारको सुरक्षा छिचोल्दै बन्दी भेटघाट कक्षसम्म हतियार पुर्याए र
अन्सारीमाथि गोली हाने। धन्न गोलीले कुम छोएर गयो र युनुस बाँचे। यो पहिलो
आक्रमण थिएन उनीमाथि। यसअघि पनि पटक-पटक हत्या प्रयास भइसकेको थियो। प्रहरी
अनुसन्धानले सबै आक्रमणमा भारतीय अपराधीकै संलग्नता देखायो। बाहिर रहेका
भए सायद जमिमअघि नै उनी मारिने थिए। त्यसअघि नै अन्सारीलाई मार्ने योजना
बनेको अनुसन्धानले देखायो। योजना कार्यान्वयन हुन नपाउँदै युनुस २५ लाख
जाली भारु र साढे तीन किलो खैरो हेरोइनसहित पक्राउ परेर थुनामा परेकाले
जोगिए।





