Wednesday, March 7, 2012

होलीको शुभकामना


प्रत्येक बर्षको फागुन पुर्णिमामा पर्ने फागु अर्थात् होलिलाई परापुर्व कालदेखि नै रंगहरु, खुसि, उल्लास, विजय र उमंगको चाडको रुपमा मनाइन्छ | यहाँहरु सबैलाई रंगहरुको चाड होली (फागु पुर्णिमा) कोशुभकाना, होली का रंगहरु ले यहाँहरुकोजिवन मा उल्लास र खुशी को वर्षा गरिदियोस् ।

होलि पछाडिका कथनहरु
हुन त होलि सम्बन्धि फरक फरक कथनहरु चलनचल्तीमा छन् जसमध्ये केहि यहाँ प्रस्तुत गरिन्छ |

भगवान कृष्ण र गोपिनीहरु
भगवान कृष्ण सधै जसो आफ्नी आमासंग सिकायत गर्दथे कि उनका सबै संगीनिहरु उनलाई काले भनेर जिस्क्याउछन् | जब मेरा सबै संगिनीहरु/राधा सहितका गोपिनीहरु गोरा छन् त मा चाही किन कालो छु ? भनेर प्रश्न गर्न थालेपछि यसोधाले विभिन्न रंगहरु दिदै गोपिनीहरुको अनुहारमा लगाइदिन भनिन ता कि गोपिनीहरुको पनि अनुहार कालो (अँध्यारो) देखियोस | कृष्णले पनि आमाले भने जस्तै गरे | कृष्णको प्रेममा मुग्ध गोपिनिहरु पनि रंगहरुको खेलमा रमाए या त्यसै बेला देखि होलिलाई प्रेम, हर्ष र उल्लाशाको पर्वको रुपमा मनाउन थालिएको हो भन्ने कथन रहेको छ |
होलिकाको मृत्यु
आफुलाई त्रिलोकको एकै मात्र भगवान सम्झने राक्षस, हिरण्यकश्यपूका छोरा प्रल्हाद भगवान विष्णुका भक्त भए जबकी हिरण्यकश्यपू सबैले आफुलाई नै भगवान मानेको र आफुलाई मात्रै पूजेको हेर्न चाहन्थे | उनले पटक पटक फरक फरक तरिकाले छोरा प्रल्हादलाई फकाउने कोशिस गरे पनि उनि असफल भए | प्रल्हादले कहिल्यै पनि बिष्णुको पूजा गर्न छोडेनन् |
तब हिरण्यकश्यपूले आफ्नो पाँच बर्षीय छोरालाई मार्ने योजना बनाए | उनले आफ्नी बहिनि होलिका, जो आगोको प्रभाव नपर्ने कपडाको बरदान पाएकी थिइन, लाई आज्ञा दिए कि प्रल्हादलाई जलेर खरानी गराउनु | तब होलिका प्रल्हादलाई बोकेर आगोको लप्का भित्र पसिन | तर प्रल्हाद्को बिष्णुभक्तिका कारण होलिका जलिन भने प्रल्हाद बचे |
होलिका मरेको दिनलाई होलिका दहन अर्थात् होलीकाको अन्त्यको रुपमा मनाउन थालियो र यस पर्वमा रंगहरु छ्यापेर एकापसमा बिजयोत्सव मनाइयो | त्यसै बेलादेखि फागुन पुर्णिमाको दिनलाई होलि अर्थात् फागु पुर्णिमाको रुपमा मनाइन्छ |


कृष्ण र द्रौपदीको चिरहरण
भनिन्छ कि होलिलाई कृष्णको द्रौपदीप्रतिको प्रेम र सम्मानको सम्झनाको रुपमा पनि मनाइन्छ | जब कौरवहरुले द्रौपदीको चिरहरण गर्दै थिए तब कृष्णले उनलाई बचेका थिए | जब कौरवहरुले उनको सारी तान्न थाले तब कृष्णले उनको सारीलाई अन्त्यहीन बनाएर उनको इज्जत बचाइदिएका थिए त्यसै बेला देखि होलि मान्न थालेको भन्ने किम्बदन्ती पनि कतै कतै पाइन्छ |


ढुन्डी र केटाहरु
कुनै बेला पृथुको राज्यमा ढुन्डी नाम गरेकी एउटा डरलाग्दो राक्षस्नीले बच्चाहरुलाई दुख दिन थाली | उसले भगवान शिवबाट बरदान प्राप्त गरेकी थिइ कि उ कुनै पनि भगवान वा मानिसबाट मारिने वा घायल परिने छैन न त चिसो, तातो, हिउ वा बर्षाले नै उसलाई असर गर्ने छ | एक किसिमले उसलाई अजेय(जित्न नसकिने) बनिएको थियो यद्यपी भगवान शिवको एउटा श्रापले गर्दा भने उ जवान केटाहरुको गाली अथवा मजाकको प्रतिरक्षा गर्न नसक्ने थिइ | राजा रघुले केहि युवाहरु जम्मा गरेर त्यो राक्षस्नीलाई पराजित गर्ने व्यबस्था मिलाए | योजना अनुसार नै केटाहरुले फागुन पुर्णिमाको दिन भांग खेर ढुन्डीलाई जिस्क्याउन र गाली गर्न थाले जबसम्म ढुन्डीले त्यो राज्य छोडिन तबसम्म केटाहरुले ठुला ठुला आवाज निकाल्ने तथा ड्रमहरु बजाउने गरेर उसलाई सताउन थाले | अन्तत: उ बाध्य भएर त्यो ठाउँ छोडेर गइ | यसै बेला देखि फागुन पुर्णिमाको दिन होलि मनाउना थालियो भन्ने बिश्वास पनि रहिआएको छ |

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |