Thursday, March 24, 2011

जय लोडशेडिंग! जय S.L.C.!

यो लोडशेडिंगले आफ्नो ब्लगलाई सहिद बनाउनै लागेको बेलामा फेरी S.L.C. आएछ त्यै भएर लोडशेडिंग पनि दुइ घण्टा घट्यो रे !! हेर त कति जानेका अपराधीकरणका अधिकारी (अपराधि)हरुले पनि बहाना त!! साला हाम्रो देशमा २ घण्टा त अनाबश्यक लोडशेडिंग भैरहेको र'छ नि त नत्र त अपराधीकरणले दुइ घण्टा लोडशेडिंग घटाउन भुत्राको सक्नु !! अझ गफचाही उनीहरुकै ठुलो भन्छन विद्यार्थीको भविष्यलाई मध्यनजर गरेका रे !! यो नेपालको प्राधिकरण त अपराधीकरण नै हो हामीले S.L.C. दिंदा दिनको १६ घण्टा लोडशेडिंग हुन्थ्यो त्यो बेलामा चाही नसकेर नघटेको भन्दै १६ घण्टा लोडशेडिंग गरायो | सब विद्यार्थीलाई मैनबत्ती र टुकी बत्ति बालेर पढ्न लगायो बिहान परीक्षा दिन जाँदा नाकभरि कालो अनि कस्तो हुन्थ्यो होला हामी विद्यार्थीको हालत?? अहिले चाही नाटक गर्छ प्राधिकरण |

तर जे भए पनि यै निहुँमा अलिकति भए नि बढी समय बत्ति देख्न पाइने भो कहिले कहिँ ब्लग update पनि गर्न पाइन्छ | अनि Facebook र च्याट पनि खुबै चलाउन त पाइन्छ | त्यै भएर S.L.C. चाही बर्षमा ४/५ पटक आइदिने भए कति राम्रो हुन्थ्यो होला भन्ने हामीलाई लाई'राछ ! तर आउदैन के गर्नु ! जे भए पनि यो बर्षको एकचोटी आउने S.L.C. को पनि जय होस् अनि यै अवसरमा यसो फाट्टफुट्ट बत्ति बलेको देख्न पाउने हामी जनतालाई चाहिं बधाई छ | जय लोडशेडिंग! जय S.L.C.!

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |