Tuesday, March 29, 2011

S .L.C., चिट, अनि विध्यार्थी सभासद अनि भ्रष्टाचारी नेता तथा मन्त्रिज्यूहरु !!


२/४ दिन अघिसम्म एउटा खबरले मार्केट निकै तातेको पाइयो | खबर थियो लौ अब  S .L.C. आयो रे ! अनि यसपालिको S .L.C.मा चाही चिट चोर्न नदिन र नक्कली परीक्षार्थीलाई परीक्षा दिन बाट बन्चित गराउन निकै कडाई गरिएको छ रे भन्ने हल्ला खुब सुनियो | फेरी हिजो अस्ति भर्खर नयाँ हल्ला सुनियो कुनी कुन पार्टी बाट सभासद बनेकी बिध्यार्थी माननीयज्यूले आफ्नै छोरीलाई परीक्षा दिन लगाइरहेको अवस्थामा फेला पारियो त्यस्तै विदेश गएका बाउको परीक्षा दिंदा दिंदै छोरालाई पक्राउ गरियो | त्यस्तै ठुलो परिमाणमा चिटहरु परिक्षा केन्द्रहरु बाट बरामद गरियो | यति हुँदा हुँदै पनि खै कसलाई गरियो कारबाही न बिध्यार्थी सभासद जो छोरीलाई परीक्षा दिन लगाउछिन लाई कारबाही गरियो न उनकी छोरीलाई नै | अनि न त खुल्लम खुल्ला चिट चोराउने केन्द्राध्यक्षलाई नै कारबाही भएको खबर आएको छ | यो कसको कमजोरी त सरकारको, प.नी.का.को वा S .L.C. पास नगरी सभासद बनाउने पार्टीको या अरु कसैको ?? जवाफ को संग छ ?

नयाँ नेपाल !नयाँ संबिधान !
शान्ति, सुरक्षा, अमन चैन, कानुनी राज्य !
यी सबै नेताहरुलाई भत्ता पचाउन सजिलो होस् भनेर निर्माण गरिएका शब्दहरु हुन् भन्ने यो पंक्तिकारको ठहर छ | नत्र देशमा भ्रष्टाचार मौलाउने र नेता बौलाउने थिएनन होला | प्रसङ्ग भर्खरै डिल्लीबजार जेल पुगेका पुर्वमन्त्रि चिरन्जीवी वाग्लेको ! वाग्ले मन्त्री हुँदा अकुत सम्पति कमाएको आरोपमा जेलमा छन् | र  भर्खरै जेल परेका वाग्ले संगै अन्य नेताज्यूहरुको पनि पालो आइरहेको छ जेल जाने त्यसैले त खुमबहादुर खड्का हरुको भ्रष्टाचारी केस पुन: बिउझदैछ | वाग्लेले पदमा बहाल छँदा कमाएको अबैध सम्पतिहरुलाई जति नै गरेपनि बैध गराउन सकेनन र नै उनि जेल परे त्यस्तै लाइनमा रहेका नेताज्यूहरु मध्ये खुमबहादुर खड्का को त कुनी कति(१२ भने जस्तो लाग्छ) प्रतिशत पो सम्पतिको श्रोत नखुलेको रे अनि यति नखुल्नु त सामान्य हो भन्दै बिशेष अदालतले छोडीदिएको पो रहेछ | आम्मै त्यस्तो पनि हुँदो रहेछ  बाई नेपालमा | यस्तै भएर होला हालसालै मात्रै नक्कली भ्याट बिल बनाएर राष्ट्रको राजस्व छल्नेहरुसँग १ अर्ब ३५ करोड रुपैयाँ कर असुल्ने तयारी गरिरहँदा चौधरी ग्रुप सहितका व्यापारिक घरानाको दवाबमा परेर वर्तमान उपप्रधान तथा अर्थमन्त्रीज्यूले अर्थसचिव रामेश्वर खनाललाई पदबाट मुक्त गराउनुभएको | राष्ट्र लुट्ने व्यापारीलाई कारवाही हुनुपर्ने अडान राख्दै आएका अर्थसचिवले मंगलबार राजिनामा गरेका छन् । अर्थमन्त्रीज्यूलाई कारबाही कसले गर्ने हो त अब??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |