Thursday, February 3, 2011

नेता नै झल्लु देशको हालत के हुने होला?

आज भएको प्रधानमन्त्रीय निर्वाचनमा माओबादीको सहयोगमा ३६८ मत पाई बहुमतले बिजयी भएर झलनाथ खनाल"झल्लु" प्रधानमन्त्री भएका छन् | इंडियाले आफुलाई प्रधानमन्त्री बन्न नदिने पक्का हुदा हुदै पनि उम्मेद्वारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका प्रचण्ड आफ्नो पार्टीबाट बाबुराम प्रधानमन्त्री हुनुभन्दा एमालेबाट झल्लु प्रधानमन्त्री भए भने कौसीमा धोएर सुकाएको लुगासरि हल्लाउन सजिलो हुन्छ भन्ने सोच बोक्ने प्रकृतिका नेता हुन् भन्ने यो पंक्तिकारको ठहर छ | अनि आफ्नै पार्टीको नेतृत्वको सरकारलाई हटाएर आफु प्रधानमन्त्रि बन्ने झल्लु दाइको चाल पनि कम राम्रो त होइन, उता पुरानै गठबन्धन मात्रै भए पनि कायम राखेर कामचलाउ सरकारको आयु लम्ब्याएर अझै मोज गर्न साना दलहरु तथा  कामचलाउ मन्त्रीहरुले गरेको प्रयास पनि कम त कहाँ हो र?? यसो विचार गर्दा पहिले सबै नेता खतम लाग्थे अब त झन् प्रधानमन्त्रि नै झल्लु अनि देशको हालत के होला?? उसै त देशको ताल P3 कम्प्युटर जस्तो ह्यांग भैरा'को बेलामा झन् झल्लु दाईको करामत कस्तो हुने हो त्यो भने हेर्न बाकी नै छ र त्यो त समयले देखाउछ पनि | सधै इंडियाले मात्रै हल्लाउने प्रधानमन्त्रिलाई हल्लाउन केहि हद सम्म पुष्पकमल दाहाल पनि अब सफल हुनेछन् | तर झलनाथ खनाललाई भने हम्मे हम्मे पर्ने लगभग निश्चित भैसकेको यो पंक्तिकारको ठहर छ, किनकि अब कहिले प्रचण्डले यताबाट तर्साउने त कहिले उता दिल्लीबाट थ्रेट आउने अनि झलनाथ खनाल चाही इंडिया र चीनको बिचको नेपाल जस्तै हुने पक्का भैसकेको छ | 

सबै दलका प्रधानमन्त्रीको चाला देखिसकेका हामीलाई अब अनुमान लगाउन गार्हो पर्दैन कि यिनी पनि कान चिरेकै जोगी हुन् र यिनको नेतृत्वको सरकारले पनि आगामी जेठ १४ भित्रै संबिधान जारी गर्न सक्दैन | हामी नेपाली जनताहरुलाई थाहा भैसकेको कुरा हो कि कुनै दलको नेता पुर्व र कुनै दलका नेता पश्चिम फर्किदा देशमा अन्तरिम संबिधानमात्रै रहने भने पक्कै छ |

अब के हुन्छ ??

अब जे नहुनु पर्ने हो त्यै हुन्छ | संबिधान फेरी पनि बन्दैन र अन्तिम दिन अर्थात् २०६८ साल जेठ १४ गते रातको १२ बजेतिर  संबिधानसभाको म्याद थप्ने निर्णय हुन्छ र फेरी जनताको बलिदान र आशामाथि कुठाराघात हुन्छ | यी नेता नामका गिद्दहरु जनताको पसिना र रगतको आम्दानीमा मोज गर्न फेरी पनि लाज पचाएर त्यहिँ संबिधान सभा भवनमा टेबल ठट़ाउन उपस्थित हुन्छन | केहि समयपछि पुन आन्दोलन हुन पनि सक्छ र त्यसो भएमा फेरी केहि बच्चाहरु टुहुरा हुन्छन अनि केहि नारीहरुको सिउदो पुछिन्छ त केहि बृद्ध-बृद्धाहरुको सहारा खोसिन्छ |

कोहि छ अब यसो हुनबाट रोक्नसक्ने ??

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |