Thursday, January 13, 2011

धर्मको व्यापार - परिवर्तन गर्ने शक्ति

अचेल शहरमा प्रत्येक खम्बा परिवर्तन गर्ने शक्ति लेखेको ब्यानरले ढाकिएको छ, पहिले अरु विज्ञापन देखिने होर्डिंगबोर्डहरुमा परिवर्तन गर्ने शक्ति लेखिएको छ | त्यति मात्रै नभएर प्रत्येक टेलीभीजन च्यानलहरुमा समय समयमा यहि परिवर्तन गर्ने शक्तिको बिज्ञापन र कार्यक्रमहरु चल्छ | सुरुसुरुमा बेरोजगार नेपालीहरुमा यसप्रति निकै नै चासो बढेको थियो होला, मेरो पनि मनमा खुल्दुली लागेको थियो | यसो फोन नम्बर हेरेको त १६६००१३३३९९ Toll Free Number रहेछ | फोकटमा गर्न पाउने भएपछी मैलेपनि एक कल गरि हेर्ने बिचारले कल गरेको त कुरा गर्दै जादा उसले त क्रिस्चियन धर्ममा लागे सब ठिक हुने जस्तो कुरा गर्न थाल्यो बा !!!! ए बा !! छक्क पर्नु छ बा !!!! अनि अझ गम्भीर रुपमा बुझ्न उनीहरुको website हेरेको त ए बा! त्यहाँ त डाक्टरले नै डाक्टरले पनि उपचार गर्न नसकेको बिरामीलाई प्रभु येसुले ठिक गरिदिनु भयो भनेको रहेछ यस्ता अन्य भनाइहरु त कति हो कति मर्न लागेको बिरामीलाई धर्म परिवर्तन गरेर क्रिस्चियन हुने बित्तिकै निको भयो रे अनि अरु अरु के के हो के के ???

अझ गम्भीर रुपमा बुझ्न त्यो सम्बन्धि कार्यक्रम सुन्न र हेर्न थालेको त आफु हिन्दु भएर हो कि किन हो मेरो त पारो तात्यो | हैन उनीहरुको धर्म प्रचार गर्न हिन्दु र बौद्ध धर्मलाई नै नराम्रो खत्तम भन्न त मिल्दैन नि हौ !!! खाडी मुलुकमा भए हलाल गरिसक्थे यिनीहरुको | तर बिडम्बना हाम्रो देशका पत्रकार वा भनौ मिडियाहरु यिनीहरुकै बिज्ञापन गर्दै हिड्छन अनि के गर्नु यिनीहरुलाई मात्रै गाली गरेर पनि | हैन हामीले क्रिस्चियनलाइ त तेरो धर्मको यो खराब र त्यो खराब भनेर भनेका त छैनौ नि हो | पैसोको खोलो बगाएर आफ्नो धर्मको प्रचार गर्ने यो शैलीको अन्त्य कहिले हुने हो ??

अन्तत : नेपाल र नेपालीको प्रमुख धर्म भनेको हिन्दु र बौद्ध धर्म नै हो | यो क्रिस्चियन धर्म वा अन्य धर्म भनेका शरणार्थी धर्म हुन् | त्यसैले नेपालमा भनेको हिन्दु र बौद्ध धर्म मात्रै हुनुपर्छ भन्ने विचार यो पंक्तिकारको रहेको छ | चाहे क्रिस्चियन होस् वा अन्य धर्म कुनै पनि धर्मको प्रचार गर्न हिन्दु र बौद्ध धर्मलाई नराम्रो भन्ने र होच्याउने कार्य भएमा सम्पूर्ण हिन्दु र बौद्ध धर्मावलम्बीहरुको नै आस्था माथि तुसारापात हुन जान्छ भन्ने यो पंक्तिकारको ठहर रहेको छ |              

0 comments:

Facebook Blogger Plugin: Bloggerized by merothinking.blogspot.com Enhanced by merothinking.blogspot.com

Post a Comment

कृपया सल्लाह, सुझाव प्रदान गरेर सहयोग गरिदिनुहोला |