Tuesday, August 16, 2011

गुगलले मोटोरोला किन्ने


न्युयोर्क, साउन ३१ (रोयटर्स)- गुगल इन्कपोर्रेसनले मोटोरोला मोबिलिटी होल्डिङ्ग इन्कपोर्रेसनलाई १२ अर्ब ५० करोड डलरमा किन्ने भएको छ। गुगलले मोबाइल सफ्टवेयर एन्ड्रोइडको बजार प्रवर्द्धन गर्न र एप्पललगायतका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न यो निर्णय गरेको जनाएको छ।
गुगलले यसलाई हालसम्मकै ठूलो सम्झौता भनेको छ। यसका लागि गुगलले मोटोरोलालाई प्रतिकित्ता ४० डलर तिनेर्छ। यो मूल्य मोटोरोलाको शुक्रबार न्युयोर्क स्टक एक्सचेन्जमा कायम मूल्यभन्दा ६३ प्रतिशत बढी हो।

'यो सम्झौताबाट गुगलले हार्डवेयर सफ्टवेयर दुवै व्यवसायमा हात हाल्न खोजेको देखिन्छ,' बिजिपि पार्टनर्सका विश्लेषक कोलिन गिलिसले भने। समाचार सार्वजनिक भएपछि मोटोरोलाको सेयर मूल्य सोमबार ५९ प्रतिशत बढेको छ।

गुगलको मोबाइल सफ्टवेयर 'एन्ड्रोइड' ले विश्व स्मार्टफोन बजारको आधा हिस्सा लिएको छ। अनुसन्धान संस्था क्यानलिसले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार एसिया-प्रशान्त क्षेत्रमा यसको दबदबा छ। गुगलले २००५ मा खरिद गरेको 'एन्ड्रोइड'लाई २००८ मा स्मार्टफोनका लागि सार्वजनिक गरेको थियो।
अहिले एन्ड्रोइडको प्रयोग प्रायः सबै ठूला मोबाइल फोन निर्माताहरूले गरिरहेका छन्। जसमा एचटिसी, एलजी, मोटोरोला र सामसङ छन्। क्यानलिसले विभिन्न ५६ मुलुकको बजारलाई हेरेर प्रतिवेदन तयार पार्छ। त्यसमध्ये ३५ मुलुकमा 'एन्ड्रोइड' एक नम्बर स्मार्टफोन प्लेटफर्म रहेको उसले जनाएको छ। यसको बजारको हिस्सा ४८ प्रतिशत छ।

स्मार्टफोन बजारमा गुगलको सबैभन्दा नजिकको प्रतिस्पर्धी एप्पलको हिस्सा १९ प्रतिशतमात्र छ। एप्पलले पनि आफ्नो बजार हिस्सा बढाउन संसारको सबैभन्दा ठूलो मोबाइल निर्माता कम्पनी नोकियालाई पछाडि पारेको छ। स्मार्टफोनको मामलामा सामसङसमेत नोकियाको अगाडि आएको छ। क्यानलिसले नोकियाको कमजोरीको फाइदा उठाएर अघि बढ्न सामसङ अझै सक्षम नभएको विश्ले षण गरेको छ।

'नोकियाको कमजोरीको फाइदा उठाउँदै बजार विस्तार गर्ने सबैभन्दा ठूलो मौका सामसङले पाएको छ, तर अझैसम्म सामसङले विश्व बजारमा पकड जमाउन सकेको छैन, ' प्रतिवेदनमा छ। सामसङले यो वर्ष १ करोड ७० लाख वटा स्मार्टफोन बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ सय २१ प्रतिशतले बढी हो। कम्पनीले 'एन्ड्रोइड'बाहेक अन्य स्मार्टफोन पनि बिक्री गर्छ।

'एन्ड्रोइड' लोकप्रियताको घोडामा सवार भइरहेको छ, तर यसको बढ्दो लोकप्रियता गुगल र यसका निर्मातालाई टाउको दुखाइ पनि भएको छ। 'ओरेकल' कम्पनीले 'एन्ड्रोइड'विरुद्ध मुद्दा हालिदिएको छ। यो सफ्टवेयरमा मोबाइल ह्यान्डसेट निर्माता एप्पल र माइक्रोसफ्टले पनि दाबी गरेका छन्।

माइक्रोसफ्ट र एन्ड्रोइड ह्यान्डसेट बनाउने केही कम्पनीबीच भएको सम्झौताले गर्दा उसले केही रकम त पाइरहेको छ। तर माइक्रोसफ्टले धेरै रकम माग गरिरहेको छ। माइक्रोसफ्टले आफूसँग नोर्टल प्याटेन्ट लाइसेन्स भएको दाबी गर्दै आएको छ।

यही लाइसेन्सको बलमा गुगललाई पछार्न अघिल्लो महिना एप्पल, माइक्रोसफ्ट र ब्याल्कबेरी बनाउने रिसर्च इन मोसन(आरआइएम)ले गठजोड गरेका थिए। नोर्टलको प्याटेन्ट लाइसेन्सका कारण गुगललाई मोटो रकम कमाइ हुँदै आएको छ। अब यो गठजोडका कारण नयाँ कानुनी लडाइँ हुनसक्छ ।

Monday, August 15, 2011

नसुध्रने पागल प्रेमीहरु र नचेत्ने पागल प्रेमिकाहरु

प्रेम यस्तो सम्बन्ध हो जसलाई कसैले पनि अहिलेसम्म सबैलाई चित्तबुझ्दो गरि परिभाषित गर्न सायदै सकेका होलान | प्रेम भन्नाले कस्तो सम्बन्ध बुझिन्छ भनेर पनि परिभाषित गर्न सायदै सम्भव हुन्छ | अहिले प्रेमलाई बुझ्ने युवाजमातले खाली प्रेमी र प्रेमिका बिचको सम्पूर्ण खाले सम्बन्धलाई नै प्रेम मान्छ |

तर प्रेमको परिभाषा सिमित र परिभाषित गर्न सकिने खालको भने अवश्यै पनि छैन | प्रेम व्यक्तिगत र नितान्त व्यक्तिगत कुरा हो यद्यपी यदाकदा समाचारमा छाइरहने बिषय पनि हो यहि प्रेम | प्रेमलाई समाचारमा ल्याउन मुख्य भूमिका खेल्ने दुइ किसिमका पत्रहरु हुन्छन ति न कुनै सकारात्मक हुन्छन न त कुनै नकारात्मक नै ति हुन्छन त केवल पुलिंगी वा पुरुष(प्रेमी) र स्त्रिलिंगी वा महिला(प्रेमिका)|
Hatred ever kills, love never dies. Such is the vast difference between the two. What is obtained by love is retained for all time. What is obtained by hatred proves a burden in reality for it increases hatred.

प्रेमी र प्रेमिका बिचको असमझदारी, झगडा वा रिस र डाहाले नै प्रेमलाई प्राय: समाचारमा ल्याउन मुख्य भूमिका खेल्छ | जसको पछिल्लो उदाहरण बनेका छन् लण्डनमा बसोबास तथा पढाई गरेर आएका पागल प्रेमी सुवास उप्रेती | उनले पनि केहि पुराना अभियुक्त जस्तै युवतीको अपरहण पश्चात हत्या गरि फिरौतीको लागि बार्गेनिंग गरेका थिए |

तर फिरौती असुल्न भने उनि असफल भए | चाहे ख्याती प्रकरण होस् वा त रोजी प्रकरण वा अन्य कुनै प्रकरण समाजमा हुने अपराधमा पागल प्रेमी र पागल प्रेमिकाको कारणले समाजमा अपराध बढिरहेको यो पंक्तिकार ठहर गर्दछ |

तर अचम्म यो समाजमा समाचार सुन्ने वा पढ्ने र त्यसलाई मनन गरि आफूलगायत आफ्ना साथी वा दाजुभाई दिदीबहिनी छोराछोरीहरुलाई निगरानीमा राख्ने तथा सहि बाटोमा हिड्न उत्प्रेरित गर्ने मानिस छैनन् जस्तो छ | नत्र यस्तो घटना बारम्बार घट्दा घट्दै र समाचारमा आइरहदा रहदै किन प्रेमिकाहरु अन्धो भएर प्रेमिहरुसंग दिनरात नभनिकन लहसिएर हिड्छन, किन ख्याती वा रोजी आफु हुन सक्ने बारेमा सोच्दैनन्?

कुरा आजको हो जब मा कार्यालयबाट घर फर्कदै थिए तब दुइजना मस्त लड़किहरु दुइ जना ट्यापे पाराका केटाहरुसंग मस्केर बसिरहेका थिए | छनलाई त उनीहरु बसभित्र थिए तर उनीहरुको हर्कत देख्दा लाग्थ्यो कि उनीहरु पब्लिक बसमा होइनन कुनै क्याफे वा कुनै पार्क अथवा आफ्नै प्राइभेट कारभित्र थिए | उनीहरुलाई देख्दा लाग्थ्यो यिनीहरु पनि कुनै दिन रोजी वा ख्याती हुन बेर लाउदैनन |

अरे यार! अचेलका महिलाहरु पनि बुझिनसक्नुका छन् बा! उनीहरुको शरीर चाही देखाउने पर्ने त्यस्तो के रहेछ बरु मछिन्द्रनाथको भोटो ठुलो हुन्छ होला ति केटीहरुको कपडा त्यो भन्दा छोटो र सानो हुन्छ | हामीलाई सानातिना कट्टु लगाउदा पनि लाज लाग्छ तर यी महिलाहरुलाई भने पाए देखि अन्डरवयर मात्र लाउन पाए अझ खुसि होलान जस्तो पो छ त बा! खैर यी त भए केटीहरुका स्वभाव |

प्रेमको नाममा हुने विकृतिमा जति दोष पुरुषको हुन्छ उति दोष महिलाको हुन्छ, जति दोष प्रेमी-प्रेमिकाको हुन्छ उति नै दोष प्रेमी-प्रेमिकाका बाबु-आमाको पनि हुन्छ भन्ने यो पंक्तिकारको ठहर छ | यद्यपी प्रेम आफैमा पबित्र र व्यक्तिगत कुरा हो तर पनि कहिलेकहिँ रोजी महर्जनको अन्धो प्रेम र सुवास उप्रेतीको धोकालाई सम्झने हो भने त प्रेमदेखि नै घृणा लगेर आउँछ |

यद्यपी यसो भन्दैमा प्रेम नै नगर्नु भन्ने मेरो तर्क होइन तर प्रेम गर्दा र डेटिङ्ग जाँदा केहि कुरामा केहि ख्याल गर्ने हो भने रोजी महर्जन हुनबाट जोगिन केहि सम्भव हुन्छ भन्ने मात्रै मेरो मान्यता हो | प्रेम गर्दा र डेटिङ्ग जाँदा निम्न कुराहरुमा मात्रै ख्याल गरे पनि केहि हदसम्म राम्रो हुन्छ भन्ने पंक्तिकारको ठहर हो |

१. आफ्नो प्रेमी वा प्रेमिकाको आचरण कस्तो छ ? उसको पारिबारिक धरातल कस्तो छ र उ कस्तो पृष्ठभूमिको मान्छे हो?

२. आफुलाई उसले साच्चै प्रेम गर्छ/गर्छे वा समय कटाउने मेलो मात्रै बनिरहेको छ/छे!

३. उसले भेट्न बोलाउंदा कस्तो ठाउँमा बोलाउँछ/बोलाउंछे?? एकान्तमा भए सकेसम्म जाँदै नजानु वा जनै परेपनि साथी लिएर जानु राम्रो हुन्छ |

४. उसका समस्याहरुलाई सुनिदिने, समाधान गर्ने प्रयास गर्ने जस्ता कार्यहरुबाट पनि केहि सुधार हुनसक्छ |

५. अफुहरुमा बिचमा भएको Miss understandingलाई ठुलो Issue नबनाईकन सकेसम्म चांडो भन्दा चांडो समाधान गर्ने |

हरेक दिन समाचारमा आउने हत्या हिंसाको घटना भन्दा नितान्त फरक खालका यस्ता घटना फिल्मी झैँ लागे पनि साच्चै नै समाजमा घटना सक्छ भन्ने प्रशस्त उदाहरणहरु आँखाको अगाडी हुँदा हुँदै पनि पुतलीले बत्ति खोजे झैँ नसुध्रिने पागल प्रेमी खोज्दै Dating जाने, नचेत्ने पागल प्रेमिकाहरुलाई भीरबाट खस्न लागेको गाईलाई झैँ राम राम भन्नु बाहेक काँध थाप्न जान सकिदैन भन्ने यो पंक्तिकार ठहर गर्दछ | यदि प्रेमी प्रेमिकाहरुले आफ्नो आचरणमा सुधार गर्ने र आफ्नो लवाई-खवाईमा ध्यान दिने हो भने समाजमा घट्ने यस्ता घटनालाई न्यूनीकरण गर्न मद्दत पुग्छ भन्ने यो पंक्तिकारको ठहर छ |

Monday, August 8, 2011

विश्वकै सबैभन्दा ठुलो परिवार


Zionaका १८० सदस्यीअ परिवारका साथ Ziona


 विश्वकै ठुलो परिवार बस्ने ४ तले १०० कोठे घर
सामान्यतय: एउटा परिवारमा कति सदस्य हुन्छन?? हजुर हामी १०/१५ वा २०/२५ जनाको संख्यासम्मलाई हामी अनुमान लगाउन सक्छौ | तर के तपाई विश्वाश गर्नु हुन्छ कि कसैको ३९ जना श्रीमती र ९४ जना छोराछोरी छन् भन्दा | अवश्य पनि गर्नुहुन्न तर यो वास्तविक हो र यो वास्तविकताका पत्र हुन् Ziona Chana, जो आफ्नो परिवारका सदस्य तथा श्रीमतीको संख्या धेरै हुनुमा गर्व गर्दै आफुलाई भाग्यमानी भएको तथा भगवानको आशिर्वाद पाएको बिश्वास गर्छन | Chanaका परिवारमा श्रीमती र छोराछोरी बाहेक १४ जना ज्वाई र ३३ जना नातिनातिनाहरु छन् | उनको परिवारका सदस्यहरुको संख्यामात्रै गणना गर्ने हो भने पनि १८१ जना पुग्छन, जसलाई संसारकै सबै भन्दा ठुलो परिवारका रुपमा मान्यता दिएको छ |



नेपालीमा एउटा उखानै छ नि मर्दका ७ ओटी! तर यहाँ त Chanaले उखानलाई पनि माथ खुवाइदिएका छन् | उनका बारेमा केहि रोचक तथ्यहरु यसप्रकार छन् :

    Ziona Chana आफ्ना ३९ श्रीमतिहरुका साथ तस्विर खिचाउदै


  • Ziona Chana आफै पनि यस्तो समुहका नाइके हुन् जसले जति चाहन्छ उति बिहे गर्न पाउनुपर्ने मान्यता राख्छ |
  • उनले १ बर्षमा १० ओटा सम्म बिबाह गरेका थिए | हाल उनका ३९ श्रीमती छन तर पानी उनले अझै पनि नयाँ श्रीमती खोज्न छोडेका छैनन् |

  • Ziona Chana आफ्नो परिवारका सम्पूर्ण सदस्यहरुसंगै (१८० पारिवारिक सदस्य +आफु ) १०० कोठे घरमा बस्छन |

  • उनका ३९ जना श्रीमतीहरु उनीसंग संगै सुत्न तथा सहबास गर्न पालै-पालो प्रक्रिया (Rotation System)को प्रयोग गर्छन |

  • उनको एक छाकको खानामा ३० वटा सिङ्गै कुखुरा र २२० पाउण्ड चामलको प्रयोग हुन्छ र खान बनाउन उनकी जेठी श्रीमतीको नेतृत्वमा अन्य श्रीमतीहरुले सहयोग गर्छन |

Thursday, August 4, 2011

संसारकै सबैभन्दा महँगो पलंग

एउटा पलंगको मूल्य कति सम्म हुन सक्ला?? तपाई बिश्वास पनि गर्नुहुने छैन एउटा पलंग भर्खरै मात्र ४ मिलियन पाउन्डमा बिक्रीको लागि तयार पारिएको छ| जसमा केहि बुट्टाहरु पनि रहेको छ भने यस पलंगलाई विश्रामको लागि विश्वकै महँगो ठाउँको रुपमा उल्लेख गरिएको छ|

उक्त पलंगमा १०७ KG (२३६ पाउण्ड) २४ क्यारेट को सुन जडिनुका साथै चेरी लगायत विभिन्न प्रकारका बहुमुल्य काठहरुको प्रयोग पनि गरिएको छ|
यसलाई इटालियन रेशम र कपासको पर्दाको साथमा टाउको पट्टिको भागलाई अनकुल तवरले परिवर्तन गरि हिरा वा अन्य बहुमुल्य धातुहरु जडान गर्न सकिने किसिमले तयार पारिएको छ|
यो विलासी पलंग ब्रिटिश डिजाइनर Stuart Hughesले निर्माण गरेका हुन्, जो बस्तुहरुलाई आफ्नो डिजाइनमा ढालेर महंगा बनाउने कार्य, जस्तै आइ-फोनलाई सुन-लेपन गरेर उक्त आइ-फोनलाई £22,००० सम्ममा बिक्रि गर्ने कार्यमा खप्पिस छन्| उनि ब्रिटिश पत्रिकाहरुको हेडलाइनमा पनि छाएका थिए जब उनले आइ-फोन ४ लाई ६५ मिलियन बर्ष पुरानो T.rex दाँत र मिटोरिक ढुंगाको प्रयोग गरेर कस्टुमाइज गरेका थिए|
३९ बर्षीय लिभर्पुलियन, जसले इटालियन डिजाइन कम्पनी हेबानिनसंग उक्त पलंगको लागि कम गरेक अनुसार यो विश्वकै अविश्वसनीय तबरले निर्माण गरिएको छ|
उनले थपे "उक्त पलंग तथा यस्ता किसिमका बस्तुहरुलाई निकै धनि व्यक्तिहरु, जोसंग सबै कुराहरु छन् र युनिक उपहार दिनका लागि तयार रहन्छन|"
उनीहरुले हालसम्म दुइवटा पलंग बनाएका छन्, जसलाई बनाउन प्रत्येकलाई निर्माण गर्न ३ महिना लागेको थियो | जसमध्ये एउटालाई इटालियन ब्यापारीले बुक गरिसकेका छन्|

Wednesday, August 3, 2011

विश्वकै सबै भन्दा साना उमेरका धुमपानकर्ता

Tong Liangliang नामक ६ बर्षे चाइनिज बालक, जसले १८ महिनाको उमेरदेखि धुम्रपान गर्न सुरु गरेका थिए, अहिलेसम्म संसारकै सानो उमेरका धुम्रपानकर्ता ठहरिएका छन्|

संसारमा कुनचाही बाबुआमा यस्ता होलान जो आफ्नो छोरा-छोरीहरुलाई जानाजान कुलतमा फसाउलान? तर ६ बर्षे चिनिया Tong Liangliangलाई धुम्रपान गर्न सिकाउने अरु कोहि नभएर उनकै बाबु हुन् जो धुम्रपान गर्ने बानीले hernia को कारणले हुने दुखाई कम गर्न मद्दत पुग्छ भन्ने बिश्वास राख्छन|
अचेल Tong Liangliang, दिनको एक बट्टा चुरोट सिध्याउछन र यदि उनको दुखाई कम नभएमा रिसले आवेशमा आउछन |
चाइना रेडियोका अनुसार "उनका पिता उनले दैनिक पिउने सिगार बढाउदै लागेकोमा खासै वास्ता गर्दैनथे र यसले कस्तो परिणाम ल्याउछ भन्नेमा पनि उन(पिता)ले त्यति ध्यान दिएका थिएनन|"
Tong ले उनि १८ महिनाको उनको पहिलो सिगरेट herniaबाट प्राप्त असहजता घटाउनका लागि पाएका थिए किनकि त्यतिबेला उनको उमेर अपरेशनका लागि धेरै कम थियो, जसले गर्दा अपरेशन असम्भव थियो र अन्य कुनै उपाय थिएन|
२००५ मा एक ३७ बर्षे युवकले आफुले ३ बर्षको उमेरदेखि धुम्रपान गर्दै आएकोले आफु सबै भन्दा कान्छो धुम्रपनकर्ता हुँ भन्ने दावीका साथ Guinness Book of Records मा निवेदन पेश गरे|
तर उक्त रेकर्डले हानिकारक बानिहरुलाई प्रोत्साहन दिने भन्दै उक्त व्यक्तिको निवेदनलाई अश्विकार गरिएको थियो| यदि उक्त निवेदन सदर भएको भए अहिले Tong Liangliangको नाम पनि Guinness Book of Recordsमा सबै भन्दा साना उमेरका धुम्रपानकर्ताको रुपमा आउने थियो|